Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

खेलाडीमाथि निर्धात कुटपिट, दुई जना खेलाडी आईसियुमा

काठमाडौं । दशैं तिहारको समयमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेलको क्रममा झडप हुँदा मकवानपुर मनहरीमा नौ जना खेलाडी घाइते भएका छन् ।

घाइते मध्ये दुइ जनाको अवस्था चिन्ताजनक रहेकोछ । यही असोज २८ गते सोमबार मनहरी गाउँपापलिका वडा नं २ र ३ का फुटबल टोलीका बीचमा वडा नं ३ स्थित सिद्धकालीको चौरमा फुटबल खेल आयोजना गरिएको थियो । सो खेलको क्रममा विवाद उत्पन्न भएपछि वडा नं ३ (आयोजक) पक्षले विपक्षी टोलीमाथि निर्धात कुटपिट गरेको हो ।

कुटपिटमा नौ जना घाइते भएका छन् । घाइते मध्ये २१ बर्षिय सुरेन्द्र घलान र १९ बर्षिय सुजन जिम्माको हेटौडास्थित चुरेहिल अस्पतालको आईसियुमा उपचार भइरहेको छ । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ ।

घटनामा कुटाई खाएका खेलाडी पाल्टेन मोक्तानका अनुसार स्थानीय गाउँहरुले वडा नं २ का खेलाडीहरुलाई एक घण्टासम्म लखेटी–लखेटी कुटपिट गरेका थिए । दोहोरो झडप सुरुमा सामान्य भएपनि पछि सिंगो गाउँले उठाएर खेलाडीमाथि कुटपिट गरेका थिए ।

घटनामा निखिल गौंङ्वा, विराज गौङ्वा, आकाश मोक्तान (क), आकाश मोत्तान (ख), रञ्जित थिङ, सोनम मोक्तान, पाल्टेन मोक्तानसहित ९ जना घाइते भएका छन् । अन्यको जनरल वार्डमा उपचार भइरहेको छ ।

 

घटनाको सुरुमा कांग्रेस नेता बलराम चेपाङका छोरा अरुण चेपाङ र सरोज चेपाङसँग विवाद भएको थियो । लगत्तै उनका बुवा बलरामले गाउँले उठाएर कुटपिट गरेको पीडितहरुको आरोप छ ।

घाइते खेलाडीका अनुसार बलराम चेपाङका दुई जना छोराहरु अरुण चेपाङ तथा सरोज चेपाङ, स्थानीय रोहित गौंङ्वा, रविन घलान, जोखे चेपाङ्, भिमसेन चेपाङ्, धने गौंङ्वा, दोर्जे गौंङ्वा नाम गरेका युवाहरुले हतियारसहित आक्रमण गरेका थिए ।

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं ३ का स्थानीय कांग्रेस नेता बलराम चेपाङको नेतृत्वमा स्थानीय गाउँले उठाएर विपक्षी खेलाडीमाथि निर्धात कुटपिट गरेको घटना अहिले मिलाउन प्रहरीलाई सेटिङ हानिरहेका छन् ।

यतिठूलो घटनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले खासै चासो नदिएको पीडितहरुको गुनासो छ ।

 

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण विधेयक प्रतिनिधि सभामा पेस

सामान्य प्रशासनमन्त्री गुप्ताको सफलता : संविधानपछिको महत्वपूर्ण...

वि.सं.२०८२ असार ३ मंगलवार २३:१५

  काठमाडौं । संविधानपछि सबैभन्दा महत्त्वपूर्ण मानिएको 'सङ्घीय निजामती सेवाको...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल बाँडफाँड सम्पन्न, कुन कुन ब्राण्ड सहभागि हुँदैछन ?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को स्टल...

वि.सं.२०८२ असार ३ मंगलवार ०९:२०

  काठमाडौं । नाइमा नेपाल मोलिटि एक्स्पो २०२५ आगामी साउन...

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति

कर्मचारीतन्त्रले नागरिकको मन जित्न सकेमात्र लोकतन्त्र दरिलो...

वि.सं.२०८२ असार १ आइतवार १६:२३

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी...

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ :...

वि.सं.२०८२ असार १ आइतवार १६:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा...

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र...

वि.सं.२०८२ असार १ आइतवार १६:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ...

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न समिति गठन

हेवा खोलाको पुल भाँचिएको घटनाबार छानविन गर्न...

वि.सं.२०८२ असार १ आइतवार १४:५९

  काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४...