CG Electronics
IME Life
NIMB

खेलाडीमाथि निर्धात कुटपिट, दुई जना खेलाडी आईसियुमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । दशैं तिहारको समयमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेलको क्रममा झडप हुँदा मकवानपुर मनहरीमा नौ जना खेलाडी घाइते भएका छन् ।

घाइते मध्ये दुइ जनाको अवस्था चिन्ताजनक रहेकोछ । यही असोज २८ गते सोमबार मनहरी गाउँपापलिका वडा नं २ र ३ का फुटबल टोलीका बीचमा वडा नं ३ स्थित सिद्धकालीको चौरमा फुटबल खेल आयोजना गरिएको थियो । सो खेलको क्रममा विवाद उत्पन्न भएपछि वडा नं ३ (आयोजक) पक्षले विपक्षी टोलीमाथि निर्धात कुटपिट गरेको हो ।

कुटपिटमा नौ जना घाइते भएका छन् । घाइते मध्ये २१ बर्षिय सुरेन्द्र घलान र १९ बर्षिय सुजन जिम्माको हेटौडास्थित चुरेहिल अस्पतालको आईसियुमा उपचार भइरहेको छ । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको छ ।

घटनामा कुटाई खाएका खेलाडी पाल्टेन मोक्तानका अनुसार स्थानीय गाउँहरुले वडा नं २ का खेलाडीहरुलाई एक घण्टासम्म लखेटी–लखेटी कुटपिट गरेका थिए । दोहोरो झडप सुरुमा सामान्य भएपनि पछि सिंगो गाउँले उठाएर खेलाडीमाथि कुटपिट गरेका थिए ।

घटनामा निखिल गौंङ्वा, विराज गौङ्वा, आकाश मोक्तान (क), आकाश मोत्तान (ख), रञ्जित थिङ, सोनम मोक्तान, पाल्टेन मोक्तानसहित ९ जना घाइते भएका छन् । अन्यको जनरल वार्डमा उपचार भइरहेको छ ।

 

घटनाको सुरुमा कांग्रेस नेता बलराम चेपाङका छोरा अरुण चेपाङ र सरोज चेपाङसँग विवाद भएको थियो । लगत्तै उनका बुवा बलरामले गाउँले उठाएर कुटपिट गरेको पीडितहरुको आरोप छ ।

घाइते खेलाडीका अनुसार बलराम चेपाङका दुई जना छोराहरु अरुण चेपाङ तथा सरोज चेपाङ, स्थानीय रोहित गौंङ्वा, रविन घलान, जोखे चेपाङ्, भिमसेन चेपाङ्, धने गौंङ्वा, दोर्जे गौंङ्वा नाम गरेका युवाहरुले हतियारसहित आक्रमण गरेका थिए ।

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं ३ का स्थानीय कांग्रेस नेता बलराम चेपाङको नेतृत्वमा स्थानीय गाउँले उठाएर विपक्षी खेलाडीमाथि निर्धात कुटपिट गरेको घटना अहिले मिलाउन प्रहरीलाई सेटिङ हानिरहेका छन् ।

यतिठूलो घटनामा जिल्ला प्रहरी कार्यालय मकवानपुरले खासै चासो नदिएको पीडितहरुको गुनासो छ ।

 

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...