Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं । समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज(मंगलबार)देखि काठमाडौमा शुरु भएको छ ।

नेपाल बीमा प्राधिकरण, नेपाल बीमक संघ, जीवन बीमक संघ र नेपाल माइक्रोइन्स्योरेन्स एसोसिएसनद्वारा म्युनिख रे फाउण्डेशन तथा माइक्रोइन्स्योरेन्स नेटवर्कसँगको सहकार्यमा आयोजना गरिएको सम्मेलनको २०औं संस्करण आजदेखि सुरु भएको हो ।

कात्तिक ९ गतेसम्म हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवारहरु तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्ने लगायतका विषयमा विस्तृत छलफल हुने बताइएको छ ।

यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा डिजिटल प्रविधि अवलम्बन र समावेशी बीमाका क्षेत्रका आइपर्ने अवरोधहरु हटाउने सम्बन्धी रणनीतिहरु लगायतका विषयमा सहभागीहरुबीच छलफल केन्द्रित हुने बताइएको छ ।

सम्मेलनका विभिन्न सत्रहरुमा जलवायु परिवर्तन र प्रकोप जोखिम वित्त व्यवस्थापन, बीमा क्षेत्रका चुनौती तथा अवसरहरु, बीमाको अन्तर र बीमाको पहुँच विस्तारमा डिजिटल प्रविधिको विकास एवम् अवलम्बन जस्ता मुख्य विषयहरूमा विभिन्न कार्यपत्र प्रस्तुतीका साथै कार्यपत्रहरुमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

सम्मेलनमा नेपाल लगायत विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, विभिन्न निकाय, विकास साझेदारा गैरसरकारी संस्था, र बीमा क्षेत्रका विज्ञहरु गरी चारसयभन्दा बढीको सहभागिता रहेको आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

समाजमा आर्थिकरुपमा पछाडि परेका बर्ग र लघु, साना तथा मझौला उद्योगहरुको वित्तीय जोखिम न्युनीकरणका लागि समावेशी वीमालाई अगाडि बढाउने सम्बन्धमा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...