CG Electronics
IME Life
NIMB

एनआरएन ग्लोबल कन्क्लेभको तयारी पूरा, अर्को पक्षले गर्यो वहिष्कारको अपिल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)ले एनआरएन ग्लोबल कन्क्लेभ २०२४ र वार्षिक साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

भोलि कात्तिक ११ र १२ गते होटल सोल्टीमा हुन लागेको कार्यक्रमको तयारी सकिएको प्रवक्ता फणिन्द्र पन्तले विज्ञप्तिमार्फत जनाएका छन् । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ मूल नारासहित मनाउन लागिएको गैरआवासीय नेपाली दिवस, गैरआवासीय नेपालीको विविध सरोकारका विषयमा केन्द्रित रहि छलफल गरिने उनले जनाएका छन् ।

 

‘गैरआवासीय नेपालीहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिताको पूर्ण कार्यान्वयनका साथै नेपाली नागरिकताको निरन्तरताको बहस, नेपालमा आर्थिक रुपान्तर तथा लगानीको वातावरण, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनओ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षा, नेपाल पर्यटन र एनआरएनएको भूमिका लगायतका विषयमा एनआरएन ग्लोबल कन्क्लेभमा छलफल हुने जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

उक्त कार्यक्रमको उदघाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको प्रचार गरिएपछि आरके शर्मा पक्षले व्यापक विरोध जनाएको छ । शर्मा पक्षका उपाध्यक्ष एवम उपाध्यक्ष गंगाधर गौतमले साधारण सभा बहिस्कार गर्न सार्वजनिक अपिल गरेका छन् ।

गौतमले एनआरएनएको केन्द्रीय कार्यालय कब्जा गरी संघको कोष दुरुपयोग गरेको भन्दै काठमाडौँमा यही अक्टोबर २७ र २८ मा आयोजना गर्न लागिएको भनिएको साधारण सभालाई बहिष्कार गर्न अपिल गरेका हुन् ।

सर्वोच्च अदालतको आदेशको गलत व्याख्या गर्दै समूहले काठमाडौँमा अनधिकृत साधारण सभा आयोजना गर्न लागेको दाबी गर्दै उनले यस कार्यक्रमप्रति असहमति व्यक्त गरेका हुन् ।

गौतमका अनुसार, एनआरएनएको १० औँ महाधिवेशनपछि उत्पन्न असहज परिस्थितीलाई एकीकृत गर्न ११ औँ महाधिवेशन गर्ने दायित्व संघमा थियो, जसका लागि मिहिन अध्ययनपछि एकीकृत र निष्पक्ष निर्वाचनको पक्षमा उभिएको बताइएको छ। तर तत्कालीन समयमा सहमति कार्यान्वयन नगरेर बद्री केसी समूहले अनलाइन भोटिङ प्रणालीमा कब्जा गर्दै संघलाई तीन खेमामा विभाजन गरेको उनले आरोप लगाए ।

गौतमले भने,‘हाल एनआरएनएको आवश्यकता भनेको सर्वोच्च अदालतको आदेश र परराष्ट्र मन्त्रालयको निर्देशानुसार महाधिवेशन सम्पन्न गर्नु हो । त्यसको विपरीत बद्री केसी पक्षधरले काठमाडौँमा अनधिकृत कार्यक्रम आयोजना गर्दै गैरआवासीय नेपालीद्वारा संकलित रकमको दुरुपयोग गरी पाचँतारे होटलमा ककटेल पार्टी र डिनरको आयोजना गर्ने काम गरिरहेको छ ।’

गौतमले यस्ता गतिविधि संघको सचिवालयले सहयोग गरे संघले त्यस्ता गतिविधिलाई प्रतिरोध गरिने पनि चेतावनी दिएका छन् । साथै, उनले गैरआवासीय नेपालीहरुको एकता कायम गर्न सबैलाई आग्रह गर्दै नेपालका मुख्य दलहरूलाई पनि यस विवाद समाधानमा पहल गर्न अपिल गरेका छन् ।

प्रधानमन्त्री र अन्य उच्च पदाधिकारीलाई उक्त अनधिकृत कार्यक्रममा सहभागी नहुन समेत अनुरोध गर्दै गौतमले, ‘प्रधानमन्त्रीज्यूले परराष्ट्र मन्त्रालय समेतको निर्देशनको अपहेलना हुनेगरी सहभागी भएमा हाम्रो असहमति र विरोध हुनेछ,’ भनेका छन्।
गौतमले पाँच वर्षदेखि विवादग्रस्त रहेको एनआरएनएको एकता कायम गर्ने अवसरलाई नेपालको प्रमुख राजनीतिक दलहरूले समर्थन गर्नुपर्ने आवश्यकता रहेको समेत जोड दिएका छन् ।

 

 

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...