CG Electronics
IME Life
Ncell NPL

उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्रीबीच भेटवार्ता

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ, २१ कात्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युत मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । भारतको भ्रमणमा रहनुभएका मन्त्री खड्काले मङ्गलबार राती नयाँदिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भेट गर्नुभएको हो ।

भेटमा नेपाल–भारतबीचको विद्युत आयत÷निर्यात, बङ्गलादेशसँगको विद्युत व्यापार, अन्तरदेशीय ४०० केभी प्रसारण लाईन निर्माणलगायतका विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका उर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, भेटका क्रममा मन्त्री खड्काले अरुण करिडोरको ट्रान्समिसन लाईन चाँडो निर्माण गर्न र पञ्चेरश्वर परियोजनालाई अगाडि बढाउन भारतसमक्ष प्रस्ताव राख्नुभएको थियो । भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालका ठूला विद्युत आयोजना निर्माणमा भारतको साथ र सहयोग रहेको बताउनुभएको थियो ।

बैठकमा नेपालका उर्जा मन्त्रालयका उर्जा विज्ञ अधिकारी र भारतीय विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालले दुई मन्त्रीले उठाएको विषयलाई व्याख्या गर्नुभएको थियो । भेटमा भारतका मन्त्रीसँगै विद्युत मन्त्रालयका सचिव अग्रवाल, केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनीयर बीएस वैरवालगायत भारतीय उच्च अधिकारीहरुको सहभागीता रहेको थियो ।

यस्तै, नेपालको तर्फबाट मन्त्री खड्कासँगै मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ अधिकारी, विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, उर्जामन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठसँगै नयाँदिल्लीस्थित नेपाली राजदूताबासका प्रतिनिधीको सहभागीता रहेको थियो ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

वि.सं.२०८३ वैशाख १९ शनिवार १६:०४

विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...