Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्रीबीच भेटवार्ता

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

काठमाडौँ, २१ कात्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युत मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । भारतको भ्रमणमा रहनुभएका मन्त्री खड्काले मङ्गलबार राती नयाँदिल्लीमा भारतका विद्युतमन्त्री खट्टरसँग भेट गर्नुभएको हो ।

भेटमा नेपाल–भारतबीचको विद्युत आयत÷निर्यात, बङ्गलादेशसँगको विद्युत व्यापार, अन्तरदेशीय ४०० केभी प्रसारण लाईन निर्माणलगायतका विषयमा छलफल भएको भेटमा सहभागी मन्त्रालयका उर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिनुभयो ।

यस्तै, भेटका क्रममा मन्त्री खड्काले अरुण करिडोरको ट्रान्समिसन लाईन चाँडो निर्माण गर्न र पञ्चेरश्वर परियोजनालाई अगाडि बढाउन भारतसमक्ष प्रस्ताव राख्नुभएको थियो । भेटमा भारतका विद्युतमन्त्री खट्टरले नेपालका ठूला विद्युत आयोजना निर्माणमा भारतको साथ र सहयोग रहेको बताउनुभएको थियो ।

बैठकमा नेपालका उर्जा मन्त्रालयका उर्जा विज्ञ अधिकारी र भारतीय विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालले दुई मन्त्रीले उठाएको विषयलाई व्याख्या गर्नुभएको थियो । भेटमा भारतका मन्त्रीसँगै विद्युत मन्त्रालयका सचिव अग्रवाल, केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनीयर बीएस वैरवालगायत भारतीय उच्च अधिकारीहरुको सहभागीता रहेको थियो ।

यस्तै, नेपालको तर्फबाट मन्त्री खड्कासँगै मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ अधिकारी, विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, उर्जामन्त्रीका आर्थिक सल्लाहकार अमित श्रेष्ठसँगै नयाँदिल्लीस्थित नेपाली राजदूताबासका प्रतिनिधीको सहभागीता रहेको थियो ।

पाकिस्तानी संस्थाबाट स्नातक नेपाली पूर्वविद्यार्थीको भव्य भेला काठमाडौंमा सम्पन्न

पाकिस्तानी संस्थाबाट स्नातक नेपाली पूर्वविद्यार्थीको भव्य भेला...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १७:४१

  काठमाडौं । पाकिस्तानका शैक्षिक संस्थाबाट शिक्षा हासिल गरेका नेपाली...

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात गर्नुपर्ने अवस्था आयो : मन्त्री पौडेल

देशको माटोले दिएको बिउ चिन्न नसक्दा आयात...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:२५

  काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन...

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि...

वि.सं.२०८२ कात्तिक २९ शनिवार १३:१५

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर...

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति बनेको छ, समस्या हुँदैन् : अर्थमन्त्री

सबैको सुझाव अनुसार मौद्रिक र वित्तिय नीति...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २३:२२

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक...

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने : ‘जिम्मेवारी पूरा गर्छु’

दज्र्यानी चिन्ह ग्रहणपछि आइजीपी कार्कीले भने :...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २२:०४

  काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक(आइजीपी) दानबहादुर कार्कीले...

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने, तयारी पूरा भएको आयोजकको दाबी

कात्तिक २९ गते अन्तर्राष्ट्रिय रेस्लिङ गेम हुने,...

वि.सं.२०८२ कात्तिक २६ बुधवार १५:०५

काठमाडौं । आउँदो २०८२ साल कात्तिक २९ गते हुने अन्तर्राष्ट्रिय...