Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

२१ वर्षअघि चक्रे मिलनको हात छिनालेको घटनामा जेल गए मनाङे

Machhapuchchhre Bank Limited

काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई अदालतमा उपस्थित गराइएको छ । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका मनाङेलाई अदालतमा उपस्थित गराइएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सादा पोशाकको टोलीले मनाङेलाई बिहान स्वयम्भू, सानोभ¥याङस्थित कम्फोर्ट हाउजिङबाट पक्राउ गरेको थियो । पक्राउ पछि उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो ।

कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मगलबार गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने फैसला सुनाएको थियो । सर्वोच्च अदालतले सोही फैसलालाई सदर गरेको हो । विसं २०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो ।

 

 

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:५१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार...

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४८

  काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित...

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन : सञ्चालनमा

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुन :...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:४३

  हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट...

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको छ : संस्थापक अध्यक्ष शाक्य

सरकारी नीतिकै अभावमा सुनचाँदी व्यवसायमा विकृती मौलाएको...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:३३

        माणिकरत्न शाक्य संस्थापक अध्यक्ष नेपाल सुनचाँदी...

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २ दिन मात्रै बाँकी

नेशनल आइसिटी अवार्डमा आवेदन दिने समय २...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०४

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना...

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक : मुख्य सचिव

कर्मचारीतन्त्र बलियो बनाउन निजामती ऐनमा सुधार आवश्यक...

वि.सं.२०८२ वैशाख ६ शनिवार १०:०१

  काठमाडौँ। सरकारका मुख्य सचिव एकनारायण अर्यालले निजामती ऐन भावनामा...