CG Electronics
IME Life
NIMB

बलेफी खोला जलविद्युतको सुरुङ निर्माण तीब्र, पहिलो व्लाष्टिङ सफलतापूर्वक सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडद्धारा प्रबर्धित साझा पावर कम्पनी लिमिटेड मार्फत निर्माणाधिन २२.५ मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम अन्तरगत पहिलो व्लाष्टिङ सफलता पूर्वक सम्पन्न भएको छ । मुख्य सुरुङको आउटलेट तर्फको सुरुङमा पहिलो व्याष्टिङ भएको हो । तल्लो बलेफी खोला जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा अवस्थित रहेको छ । यो जलविद्युत आयोजना काठमाडौंबाट ७२ किलोमिटर दुरीमा रहेको छ ।

 

 

यस जलविद्युत आयोजनाको बाँधस्थल बलेफिको जलवीरेमा छ भने विद्युतगृह सोही गाउँपालिकाको आँपबोटेमा रहेको छ । यस आयोजनामा ५.५ किलोमिट लम्बाई र ४.६ मिटर व्यास भएको सुरुङ्ग निर्माण हुनेछ । उक्त सुरुङ निर्माण कार्यको इन्लेट प्रोटलको काम जम्बला कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले गरिहेको छ । त्यसै गरी अडिटतर्फ देवकोटा निर्माण सेवा प्राइभेट लिमिटेडले निर्माण कार्य गरिरहेको छ भने आउटलेटतर्फ त्रिवेणी व्रम्हायणी जे.भि. ले गरिरहेको छ । आयोजनाको हेड वक्र्स कोकाम बन्दना भगवती पोखरेली जे.भि. ले काम गरिरहेको छ भने विद्युत गृह निर्माण तर्फको काम ककनी देवी निर्माण सेवा प्राइभेट लिमिटेडले गरिरहेको छ ।

 

यो आयोजना निर्माण गर्न ४४५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये २९५ करोड रुपैयाँ बैंकको ऋण र बाँकी रकम स्वःलगानीबाट जुटाइने प्रबन्ध मिलाइएको छ । यस आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संयुक्त लगानी रहेको छ ।

 

यो आयोजना २०८२ मशान्त भित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । यस आयोजनामा रिडी पावर कम्पनीको ५५ प्रतिशत लगानी रहेको छ, स्थानीय तथा सर्वसाधारणको ३० प्रतिशत र अन्य शेयरधनहिरुको १५ प्रतिशत शेयर लगानी रहेको छ । रिडी पावर कम्पनी लिमिटेडले शेयर लगानी गर्न हकप्रद सेयरबाट रकम जम्मा गरी सो लगानी जुटाइ सकेको छ ।
कम्पनीले आयोजना गरेको पहिलो वष्टिङ समारोहमा सेनाको वाहीनीपति, स्थानीय प्रहरी प्रमुख, कम्पनीका अध्यक्ष, संचालकहरु लगायत कर्मचारीहरु, ठेकेदार कम्पनीका प्रतिनिधिहरु, स्थानीय लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...