Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने

 

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा स्थानीय बासिन्दाको बस्तीको समस्या समाधान गरेर औद्योगिक क्षेत्रको काम अगाडि बढाइने बताउनुभएको छ ।

बाँकेका जनप्रतिनिधि र गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको मन्त्रालयमा आज भएको छलफलमा उहाँले स्थानीय बासिन्दाको बस्तीको जग्गा विवादको छिट्टै समस्या समाधान गरेर औद्योगिक क्षेत्रको समस्या समाधान गरिने बताउनुभयो ।

नौवस्ता औद्योगिक क्षेत्र सञ्चालनका लागि नेपाल सरकारको स्वामित्वमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ३३८ बिघा क्षेत्रफल जग्गा रहेको र सोमध्ये ५५ दशमलव छ बिघा जग्गामा बस्ती रहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा रहेको जग्गामा २०२८ सालदेखि बस्ती रहेकाले सो बस्ती रहेको जग्गा बाहेकमा चाँडोभन्दा चाँडो औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढाउन सो प्रतिनिधिमण्डलले मन्त्री भण्डारी समक्ष माग गरेको छ ।

जनप्रतिनिधि तथा सर्वदलिय प्रतिनिधिले स्थानीयको चलनभोगमा रहेको जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वबाट नेपाल सरकारको नाममा ल्याएर ततपश्चात भूमि आयोगमार्फत स्थानीय बासिन्दाको नाममा ल्याउने पहलका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए । बस्ती क्षेत्रमा सडक, बत्ती, पानी, खेलमैदान र विद्यालय लगायतका पुर्वाधारको निर्माण गरिएकाले अन्यत्र सार्दा स्थानीयलाई मर्का पर्ने जनाइएको छ ।

स्थानीयस्तरमा उद्योगधन्दाको विकास गरी रोजगारी सिर्जनाका लागि स्थानीय जनताहरुको सहयोग अपरिहार्य रहेको हुँदा उक्त स्थानमा रहेका जनताको घरवासलाई उठाइ औद्योगिक क्षेत्र निर्माण हुनसक्ने अवस्था नरहेको हुँदा स्थानीयका घरवासलाई असर नपर्ने गरी नक्सा बमोजिमको बाँकी जमिनमा औद्योगिक क्षेत्र निर्माणमा स्थानीयको कुनै अवरोध नरहने र निर्माणमा सहयोगसमेत हुने उक्त प्रतिनिधिमण्डलले प्रतिबद्धता जनाएको छ ।

मन्त्री भण्डारीले बस्तीलाई असर नगर्ने गरेर औद्योगिक क्षेत्रको निर्माण कार्यमा सघाउन सो प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बस्ती उठाउने हाम्रो मनसाय छैन, बस्तीबाहेकको जग्गामा काम गर्न सहयोग गर्नुस्, उद्योग मन्त्रालयले सरकारबाट प्राप्त जग्गा फेरी सरकारलाई नै फिर्ता गर्न कानुनी जटिलता छन्, उद्योग मन्त्रालयले चाहेर मात्र नहुने भएकाले भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको मुख्य भूमिका रहने भएकाले दुई मन्त्रालयको समन्वयमा सहजिकरण गर्न उद्योग मन्त्रालय प्रतिबद्ध छ ।”

सो प्रतिनिधिमण्डलले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समस्या समाधानका लागि ध्यानाकर्षण गराउने जनाएको छ । मन्त्री भण्डारीले भन्नुभयो, “सम्माननिय प्रधानमन्त्री ज्यूलाई यो विषयमा जानकारी नै छ, उहाँले दिएको निर्देशन बमोजिम नौवस्ता औद्योगिक क्षेत्रको बस्तीको समस्या समाधानमा दुई वटै मन्त्रालयको समन्वयमा हामी समस्या समाधान गर्छौं ।”

सो टोलीमा प्रतिनिधिसभा सदस्य दिपा शर्मा, आशा विक, लुम्बिीनी प्रदेशसभा सदस्य रत्न खत्री, वादशाह कुर्मी, गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, नेपाली कांग्रेसका गाउँपालिका सभापति देवबहादुर केसी, नेकपा(एमाले)का गाउँपालिका अध्यक्ष मनबहादुर खड्का, रास्वपाका प्रेमबहादुर खड्कालगायत सहभागी हुनुहुन्थ्यो ।

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो...

वि.सं.२०८२ असार ३० सोमवार १७:०७

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन ‘क्वालिटीको मामिलामा नो...

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

नेपाली बजारमा भित्रियो खड्लज ब्रान्डका उत्कृष्ट परफ्यूम

वि.सं.२०८२ असार ३० सोमवार १६:५०

काठमाडौं । विश्वव्यापी रूपमा परिचित खड्लज परफ्यूम आधिकारिक रूपमा नेपाली...