CG Electronics
IME Life
NIMB

स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने

NIMB
Himalayan Bank

 

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा स्थानीय बासिन्दाको बस्तीको समस्या समाधान गरेर औद्योगिक क्षेत्रको काम अगाडि बढाइने बताउनुभएको छ ।

बाँकेका जनप्रतिनिधि र गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको मन्त्रालयमा आज भएको छलफलमा उहाँले स्थानीय बासिन्दाको बस्तीको जग्गा विवादको छिट्टै समस्या समाधान गरेर औद्योगिक क्षेत्रको समस्या समाधान गरिने बताउनुभयो ।

नौवस्ता औद्योगिक क्षेत्र सञ्चालनका लागि नेपाल सरकारको स्वामित्वमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ३३८ बिघा क्षेत्रफल जग्गा रहेको र सोमध्ये ५५ दशमलव छ बिघा जग्गामा बस्ती रहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा रहेको जग्गामा २०२८ सालदेखि बस्ती रहेकाले सो बस्ती रहेको जग्गा बाहेकमा चाँडोभन्दा चाँडो औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढाउन सो प्रतिनिधिमण्डलले मन्त्री भण्डारी समक्ष माग गरेको छ ।

जनप्रतिनिधि तथा सर्वदलिय प्रतिनिधिले स्थानीयको चलनभोगमा रहेको जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्वामित्वबाट नेपाल सरकारको नाममा ल्याएर ततपश्चात भूमि आयोगमार्फत स्थानीय बासिन्दाको नाममा ल्याउने पहलका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए । बस्ती क्षेत्रमा सडक, बत्ती, पानी, खेलमैदान र विद्यालय लगायतका पुर्वाधारको निर्माण गरिएकाले अन्यत्र सार्दा स्थानीयलाई मर्का पर्ने जनाइएको छ ।

स्थानीयस्तरमा उद्योगधन्दाको विकास गरी रोजगारी सिर्जनाका लागि स्थानीय जनताहरुको सहयोग अपरिहार्य रहेको हुँदा उक्त स्थानमा रहेका जनताको घरवासलाई उठाइ औद्योगिक क्षेत्र निर्माण हुनसक्ने अवस्था नरहेको हुँदा स्थानीयका घरवासलाई असर नपर्ने गरी नक्सा बमोजिमको बाँकी जमिनमा औद्योगिक क्षेत्र निर्माणमा स्थानीयको कुनै अवरोध नरहने र निर्माणमा सहयोगसमेत हुने उक्त प्रतिनिधिमण्डलले प्रतिबद्धता जनाएको छ ।

मन्त्री भण्डारीले बस्तीलाई असर नगर्ने गरेर औद्योगिक क्षेत्रको निर्माण कार्यमा सघाउन सो प्रतिनिधिमण्डललाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बस्ती उठाउने हाम्रो मनसाय छैन, बस्तीबाहेकको जग्गामा काम गर्न सहयोग गर्नुस्, उद्योग मन्त्रालयले सरकारबाट प्राप्त जग्गा फेरी सरकारलाई नै फिर्ता गर्न कानुनी जटिलता छन्, उद्योग मन्त्रालयले चाहेर मात्र नहुने भएकाले भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको मुख्य भूमिका रहने भएकाले दुई मन्त्रालयको समन्वयमा सहजिकरण गर्न उद्योग मन्त्रालय प्रतिबद्ध छ ।”

सो प्रतिनिधिमण्डलले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समस्या समाधानका लागि ध्यानाकर्षण गराउने जनाएको छ । मन्त्री भण्डारीले भन्नुभयो, “सम्माननिय प्रधानमन्त्री ज्यूलाई यो विषयमा जानकारी नै छ, उहाँले दिएको निर्देशन बमोजिम नौवस्ता औद्योगिक क्षेत्रको बस्तीको समस्या समाधानमा दुई वटै मन्त्रालयको समन्वयमा हामी समस्या समाधान गर्छौं ।”

सो टोलीमा प्रतिनिधिसभा सदस्य दिपा शर्मा, आशा विक, लुम्बिीनी प्रदेशसभा सदस्य रत्न खत्री, वादशाह कुर्मी, गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, नेपाली कांग्रेसका गाउँपालिका सभापति देवबहादुर केसी, नेकपा(एमाले)का गाउँपालिका अध्यक्ष मनबहादुर खड्का, रास्वपाका प्रेमबहादुर खड्कालगायत सहभागी हुनुहुन्थ्यो ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...