CG Electronics
IME Life
NIMB

नेपाल लोडसेडिङको खतरामा नै छ : अध्यक्ष कार्की

NIMB
Himalayan Bank

नेपाल लोडसेडिङको खतरामा नै छ । किनभने,यो भन्दा अघिल्लो वर्ष पनि भारतबाटै विजुली ल्याएर लोडसेडिङ मुक्त गरेका थियौं । यस वर्ष पनि भारतबाट विजुली ल्याउँछौं । तर, तामाकोशी जस्तो ठूलो प्रोजेक्ट बन्द भइदियो भने नेपालमा विद्युत ठप्प हुनसक्छ ।

गणेश कार्की
अध्यक्ष
स्वतन्त्र उर्जा उत्पादनकहरुको संस्था,नेपाल(इप्पान)

काठमाडौं ।  नेपालमा उर्जा क्षेत्रले ठूलो सम्भावना बोकेको भए पनि यसको विकास र आत्मानिर्भरताका लागि आवश्यक कदमहरु उठाउन ढिलाइ भइरहेको छ । यही सन्दर्भमा, नेपाल न्यूज बैंककी सुश्मिता वानियाले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीसँग नेपाल विद्युत् उत्पादनको वर्तमान अवस्था तथा भविष्यका सम्भावनाबारे पाँच महत्वपूर्ण प्रश्न गरेकी छन् । प्रस्तुत छ, सो संवाद जस्ताको त्यस्तै :

नेपालमा उर्जामा लगानी गर्नसक्ने अवस्था छ ?

संसारभरी नेपाल सरकारले नेपालमा लगानी गर्ने वातावरण छ है भनिरहेको छ । तर, यति भनेको भरमा विदेशबाट लगानी आउँछ भन्ने लाग्दैन । सरकारले सबैभन्दा पहिला लगानी गर्न प्रोत्साहन गर्न पर्यो । नेपालमा भएका थुप्रै नितीगत सुधारहरु गर्नुपर्यो । अनि मात्रै नेपालमा लगानी गर्न सम्भव छ । किनभने अहिले भारतबाट विद्युत आएन, तामाकोसी बन्द भयो भन्दा लोडसेडिङ हुन्छ भनेर भन्दै जाँदा हामी विद्युतमा आत्मानिर्भर कहिले हुने त ? लगानी गर भन्नलाई पहिला आत्मानिर्भर हुनपर्यो । त्यसैले लगानी गर भन्नु भन्दा पहिला उत्पादनलाई जोड दिन आवश्यक छ । उत्पादनलाई जोड दिँदादिँदै ट्रान्मिशन लाइनलाई जोड दिनपर्छ । यदी, सरकारले मात्रै विद्युत व्यापार गर्न सक्दैन भने निजी क्षेत्रलाई, हामीलाई दिनुपर्छ । हामी सरकारलाई सघाउँछौं ।

लगानीका लागि प्रोत्साहन गर्न सरकारले गर्नुपर्ने कामहरु के के हुन् ?

लगानी गर्नका लागि प्रतिफल निश्चित गरेर कुनै एउटा सेक्टर छुट्याउनुपर्यो । नीतिगत समस्याहरुलाई व्यवहारिक रुपमा फुकाउनुपर्यो । लगानीको प्रक्रिया सरल बनाउनु पर्यो । विद्युत विधेयक लगानीमैत्री बनाउन पर्यो । विधेयकको नाममा बाँध्न खोज्नु भएन । पीपीएहरु खोल्नुपर्यो । बैंकहरुलाई चलायमान बनाउनुपर्यो ।

यतिबेला नेपालले विद्युत बेच्न सक्ने अवस्थामा छ ?

आजको दिनमा विजुली बेच्नुपर्ने स्थिती छैन् । किनभने, हामी १३ हजार ५ सय मेगावट विद्युत २०३५ सम्म खपत गर्छौं भनेर लागिरहेका छौं । खपत गर्नलाई प्रोत्साहन गर्नुपर्यो । कुनैदिन घरमा ६ बजेदेखि ८ बजेसम्म विजुली काटिन्छ भनेर समाचार सुन्न अब धेरै दिन कुर्नु पर्दैन । विजुली बेच्नका लागि पहिला उत्पादन गर्नुपर्यो । उत्पादन भएको विजुली देशमा खपत गर्न प्रोत्साहन गर्नुपर्छ । तब मात्रै हामी विजुली बेच्न सक्छौं । किनभने अहिले चार महिना आफ्नै विजुली खपत गर्छौ र आठ महिना भारतबाट विजुली खरिद गरिरहेको अवस्था छ । त्यसैले, नेपालमा लोडसेडिङको कुरा सुनिन् थालेको हो ।

के नेपाल फेरि लोडसेडिङको खतरामा जान थालेको हो ?

नेपाल लोडसेडिङको खतरामा नै छ । किनभने, यो भन्दा अघिल्लो वर्ष पनि भारतबाटै विजुली ल्याएर लोडसेडिङ मुक्त गरेका थियौं । यो वर्ष पनि भारतबाट विजुली ल्याउँछौं । तर, तामाकोशी जस्तो ठुलो प्रोजेक्ट बन्द भइदियो भने नेपालमा विद्युत ठप्प हुनसक्छ । त्यसैले, बर्खामा र हिउँदमा आवश्यक पर्ने विद्युत कति हो थाहा पाएर काम गर्न सकियो भनेसुरक्षित हुन सक्छौं । होइन भने हामी समस्यामा पर्न धेरै समय लाग्दैन ।

नेपाल विद्युतमा आत्मानिर्भर हुनसक्ने सम्भावना कतिको छ ?

आठ महिना भारतबाट विजुली किन्नुपर्ने अवस्था रहिरह्यो भने अबको १० वर्ष होइन अर्को दश वर्षमा पनि विजुलीमा आत्मनिर्भर हुन सक्दैनौं । भारतबाट विजुली किन्नैपर्ने हुन्छ । हामी मात्र आत्मानिर्भर हुने हो भने सरकारले २०२५ सम्म १३ हजार मेगावट विद्युत उत्पादन भयोभने पुग्छ भनेर भनिरहेको बेलामा १३ हजार मेगावट विद्युत त १२ महिना पुग्ने विजुली हामीसँग हुनुपर्यो नि ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...