Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

सवारी साधनको प्रदूषण जाँच अभियान प्रभावकारी भएन्, ट्राफिकलाई यन्त्रको अभाव

Machhapuchchhre Bank Limited

 

काठमाडौं । काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै अग्र स्थानको प्रदूषित सहरका रुपमा सूचीकृत भइसकेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको तथ्यांकहरुले देखाउँछ ।

२०७४ सालदेखि काठमाडौं उपत्यकाको प्रदुषण नियन्त्रण गर्ने उद्देश्यका साथ वातावरण मन्त्रालय, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र गुडने सवारी साधनको प्रदूषण जाँच गरेर अभियान सुरु गरेका थिए । जस अन्तर्गत वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले तोकेको प्रदूषण परीक्षणमा उत्तीर्ण भएपछि मात्र गाडीमा हरियो स्टिकर लगाउने मापदण्ड बनाइएको थियो । परीक्षणमा असफल हुने सवारी साधनमा रातो स्टिकर र रातो स्टिकर भएका सवारी साधनलाई उत्सर्जन मापदण्ड पूरा गर्न ट्युन गर्नुपर्ने व्यवस्था छ ।

 

तर वायु प्रदूषणका कारण यस्तो भयानक अवस्थाबाट गुज्रिरहेको काठमाडौंमा ग्रिन स्टिकर टाँसेर पनि अत्याधिक मात्रामा धुँवा फालेर गुडिरहेका गाडिहरु छ्याप छ्याप्ति देख्न पाइन्छ । सरकारले सुरु गरेको उक्त नियम कार्यान्वयनमा कमजोर देखिएको छ ।

 

अहिले शहरको प्रत्येक प्रमुख स्थानहरुमा उच्चतम प्रदूषणको रेकर्डको साथ जाँचका लागि बसेपनि अत्याधिक धुँवा फालेर गुडिरहेका सवारीलाई कुनै कारबाही गरिसकेको पाइँदैन । सम्बन्धित निकायले पनि सवारी साधन चेकजाँच गर्ने र नियम पालना नगर्नेलाई कारवाही नगरेको गुनासोहरु आउने गरेका छन् । प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ सुरु भएको यो अभियान नै असफल भएको विश्लेषण गरिएको छ ।

सवारीसाधन प्रदूषण ऐन, ०५४ ले राजधानीमा धेरै प्रदूषण गर्ने सवारीसाधनलाई सिंहदरबारदेखि पुतलीसडक चोक हुँदै कमलादी चोकसम्म, एयरर्पोट–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दरबारमार्ग र नारायणहिटी दरबार क्षेत्र, महानगरपालिका, ललितपुर र भक्तपुर दरबार क्षेत्रमा अत्यधिक धुँवा निकाल्ने सवारीलाई प्रवेशमा रोक लगाइएको छ तर राजधानी भित्रिने हजारौँ सवारीसाधनमा भने प्रदूषण जाँच हुँदैन । त्यसैले पनि सरकारले सवारीसाधनको प्रदूषण जाँचलाई प्रभावकारी बनाउन नसकेको यात्रुहरु बताउने गर्छन् ।

 

तर प्रदूषण जाँच केही समय बन्द भएपनि महिना मंसिरदेखि हप्तामा दुई दिन प्रदूषण जाँच र कारबाही थालिएको ट्राफिक प्रहरीले जनाइएको छ ।काठमाडौंमा उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरिक्षक(डिएसपी) रविन कार्कीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा निश्चित सडक वा मार्गहरुमा दिनमा २० देखि ५० वटा गाडि चेकजाँज गर्नेक्रममा र १० देखि १२ वटा गाडिहरु प्रदूषण फेल भएको भेटिएको जानकारी गराए ।

उनले भने,‘मंसिर महिनादेखि हप्तामा दुई दिन प्रदूषण जाँच र कारबाही हुन्छ । निश्चित बाटो वा सडकका स्थानमा बसेर चेकजाँच गर्छौं । दिनमा २० देखि ५० वटा गाडिहरु चेकजाँज गरिन्छ । जसमा १० देखि १२ वटा गाडिहरु प्रदूषण फेल भएको भेटिएको थियो ।’

 

वातावरण विभाग र ट्राफिक प्रहरीबीचको समन्वयमा जाँच गर्ने व्यवस्था भएतापनि ट्राफिकलाई छुट्टै प्रदूषण जाँच गर्ने मेसिन सरकारले उपलब्ध गराएको छैन् । आवश्यक उपकरण वा यन्त्रको अभावमा प्रदूषण चेकजाँच प्रभावकारी रुपमा संचालन गर्न नसकेको ट्राफिक प्रहरीहरुले स्वीकार्ने गरेका छन् । विभागले जहाँ भन्छ त्यहाँ मात्र ट्राफिक जानुपर्ने अवस्थामा रहेको र यसमा विभागको सक्रिय सहभागितम नहुँदा सवारी प्रदूषण जाँचलाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको उनको गुनासो छ ।

उनले भने,‘यसको प्रतिनिधित्व गर्ने वातावरण विभागले नै हो । हामीले उहाँहरुको समन्वयमा चेकजाँच गरिएको छौं । केही समयदेखि चेकजाँक रोकिएको अवस्थामा थियो । यसमा वातावरण विभागको सहभागिता हुनैपर्छ । हामीसँग टेस्ट गर्ने मेसिन नै छैन् । त्यो वातावरण विभागसँग मात्रै छ । हामीले चाहेर मात्र जाँच गर्न जान सक्ने अवस्था नै छैन् । विभाग नै सक्रिय हुनुपर्ने हो तर तर त्यो खासै देखिदैन् ।’

तर वातावरण विभागमा निरीक्षक गोबिन्द प्रसाद लामिछानेले भने ट्राफिक र विभागबीचको समन्वयमा सवारी प्रदूषण जाँचलाई प्रभावकारी रुपमा अगाडि बढाएको दाबी गरे । उनले भने,‘हामीले राम्रोसँग ट्राफिकसँगको समन्वयमा नै ठाउँ ठाउँमा चेक जाँच गररिराखेको छौं । प्रभावकारी रुपमा नै अनुगमन र चेकजाँजको काम गरिरहेको छौं । त्यहि स्टिकर टाँसेको तर अत्याधिक धुँवा फालिरहेको गाडिहरुको हकमा पनि हामीले नियन्त्रण गरिरहेको छौं । उपकरण कै कारणले कुनै त्यस्तो समस्या छैन् ।’

 

उनले डिजेल सवारी साधनको हकमा घनत्व ६५ एचएसओ मापदण्ड रहेको भन्दै त्यो भन्दा बढि धुँवाहरु फाल्ने गाडि चाँही जाँचमा फेल हुने जानकारी दिए । साथै, पेट्रोलबाट चल्ने सवारीको हकमा कार्बन मनोअक्साईड र हाईड्रो कार्बनको मापदण्ड रहेकोमा अहिले विभागले डिजेललाई नै फोकस गरेको पनि बताए ।

उनले भने,‘डिजेल सवारी साधनको हकमा घनत्व ६५ एचएसओ छ । मापदण्ड त्यो भन्दा बढि धुँवाहरु फाल्ने गाडि चाँही फेल हुन्छ । हामी छड्के जाँच गरिरहेका छौं । पेट्रोलबाट चल्ने सवारीको हकमा कार्बन मनोअक्साईड र हाईड्रो कार्बनको मापदण्ड छ । अहिले हामीले डिजेललाई नै फोकस गरेको छौं ।’

प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ सरकारले सवारी प्रदुषण जाँचको अभियान सञ्चालन गरेको भएतापनि नागरिक आफैं सचेत हुनुपर्ने उनी बताउँछन् । उनले भने,‘हरियो स्टिकर टाँसेको र त्यसको मिति पनि छ र तर अत्याधिक मात्रामा धुँवा फालेको छ भने त्यस्तो अवस्थामा भेटायौं भने सम्बन्धित यातायात व्यवस्था कार्यालयमा पठाउने अथवा लापरवाहीको कारवाही गरिरहेका छौं ।

ग्रीन स्टिकर टाँसेर पनि धुँवा अत्याधिक फालिरहेको छ । गाडिले भने त्यो त नागरिक नै सचेत हुनुपर्ने हो नि ट्राफिकले जाँच गरेन भने पनि ग्रिन स्टिकर छ भनेर चुप लागेर हिड्ने त सचेत नागरिक नै भएन नि ।’

 

 

 

 

 

 

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू, सयौं पदमा आवेदन खुला

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू,...

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:१४

  काठमाडौं, फागुन २ गते। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार...

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा रहेका परिवारलाई फाइदा

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०७

  काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल...

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०२

  यान्त्रिकरणको माध्यमबाट अगाडि जान सके कृषि नै व्यवसायीक समृद्धिको...

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

वि.सं.२०८१ फागुन १ बिहीवार १४:२८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम,...

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को मधेश प्रदेश स्तरीय कमिटी गठन

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को...

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३६

धनुषा, २०७८ पौष ७ – नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन...

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध छ : मन्त्री शाही

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि...

वि.सं.२०८१ माघ ३० बुधवार २३:२३

    काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर...