CG Electronics
IME Life
NIMB

एमएडब्लु वृद्धिद्वारा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु

NIMB
Himalayan Bank

 

काठमाडौँ । नेपालका लागि दिपल ब्राण्डका फ्युचरिस्टिक तथा इन्टेलिजेन्ट विद्युतीय सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु वृद्धि ले नयाँ २०२६ दिपल एस०५ प्लस को बिक्री सुरु गरेको छ ।

कम्पनीका अनुसार पर्फर्मेन्स, डिजाइन, प्रविधि र सुरक्षामा कुनै सम्झौता गर्न नचाहने ग्राहकलाई लक्षित गर्दै एस०५ प्लसलाई कम्प्लिट स्मार्ट लक्जरी इलेक्ट्रिक एसयुभीका रूपमा बजारमा ल्याइएको हो ।

नयाँ एस०५ प्लसमा रियर ह्विल ड्राइभ प्रणाली दिइएको छ, जसले यसलाई आफ्नै सेग्मेन्टको सबैभन्दा पर्फर्मेन्स केन्द्रित विद्युतीय सवारीमध्ये एक बनाएको कम्पनीको दाबी छ । यसमा ९९ किलोवाट क्षमताको मोटर रहेको छ, जसले ३२० एनएम टर्क उत्पादन गर्छ । गाडीले डब्लुएलटिपी मापदण्डअनुसार ४०५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

साथै, यसमा १५१.५ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध रहेको छ, जसले १५ मिनेटमै ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने बताइएको छ । कम्पनीका अनुसार यो सुविधा यस सेग्मेन्टमै सबैभन्दा छिटो चार्जिङ क्षमतामध्ये एक हो ।

गाडीमा ६ किलोवाट क्षमताको भेहिकल टु लोड प्रणाली पनि दिइएको छ, जसमार्फत गाडीबाटै बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ ।

विश्वप्रसिद्ध ‘आईएफ डिजाइन अवार्ड २०२५’ जितेको एस०५ प्लसमा आकर्षक डिजाइन, सिग्नेचर फ्रेमलेस डोर तथा फ्लस ह्यान्डल जस्ता विशेषता समावेश छन्, जसले यसको रोड प्रेजेन्सलाई थप आकर्षक बनाउने कम्पनीको भनाइ छ ।

यसको इन्टेरियरमा १५.४ इन्चको फुल एचडी टचस्क्रिन, ८ वटा सोनी स्पिकर, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो तथा ६४ रङको एम्बियन्ट लाइटिङ जस्ता प्रिमियम सुविधा दिइएको छ ।

त्यसैगरी, १५९ लिटर क्षमताको फ्रंक र सेग्मेन्टमै पहिलो पटक प्रयोग गरिएको ‘रिमोट इन एन्ड आउट’ प्रणालीले स्मार्ट पार्किङलाई सहज बनाएको कम्पनीले जनाएको छ । साथै, गाडीमा ४जी र ५जी कनेक्टिभिटी सुविधा उपलब्ध भएकाले चालक सधैँ इन्टरनेटसँग जोडिन सक्नेछन् ।

सुरक्षाका हिसाबले पनि एस०५ प्लसलाई उच्च प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ । गाडीले विश्वप्रसिद्ध ५ स्टार युरो एनक्याप रेटिङ प्राप्त गरेको छ, जसलाई कम्पनीले सुरक्षा सुनिश्चितताको ग्यारेन्टीका रूपमा व्याख्या गरेको छ ।

नेपाली बजारमा २०२६ दिपल एस०५ प्लसको मूल्य ५३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीका अनुसार गाडी बुकिङ तथा खरिदका लागि उपलब्ध भइसकेको छ ।

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी रिकल अभियान

होण्डाद्वारा पुराना मोडेलका कारमा निःशुल्क एयरब्याग सेफ्टी...

वि.सं.२०८३ साउन ३ आइतवार २२:०१

  काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार...

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज र लामो ऋण अवधि

बजाजको नयाँ अफर: कम ईएमआई, कम ब्याज...

वि.सं.२०८३ साउन ३ आइतवार २१:४७

  काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले...

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...