Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सिद्धार्थ बैंकले साढे ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने

 

काठमाडौं । सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ दरका ३ अर्ब ५० करोड रुपैयाँको ‘एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने भएको हो ।

अग्राधिकार सेयर जारी भएपश्चात् बैंकको पुँजी वृद्धि गर्नुपर्ने भएकोले हाल अधिकृत पूँजी १६ अर्ब रुपैयाँलाई वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्याइनेछ । जारी तथा चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँलाई वृद्धि गरी १७ अर्ब ५८ करोड ९९ लाख ८० हजार रुपैयाँ पुर्याइनेछ ।

उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौँमा २३औँ वार्षिक साधारण सभा बिहान साढे १० बजे बोलाएको छ । बैंकको सभाले चुक्ता पूँजीको करसहित ४ प्रतिशतका दरले ५६ करोड ३५ लाख ९९ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सञ्चालक समितिको २३औ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी सिद्धार्थ स्थापिटलको वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ ।

आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ । बहालवाला लेखापरीक्षक एसएआर एसोसिएट्स, चार्टड एकाउण्टेण्ट्स पुनः नियुक्त हुन योग्य रहेको बैंकले जनाएको छ ।

आगामी ४ वर्षे कार्यकालको लागि बैंकको संस्थापक सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने २ जना गरी जम्मा ५ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्नेछ ।

बैंकले गत वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनले निर्धारण गरेको सीमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्नेछ ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सिमा बृद्धि

नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न...

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब...

वि.सं.२०८२ असार २७ शुक्रवार १५:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका आश्रितलाई  ११ लाख ४४ हजार आर्थिक सहयोग

दुःखद घडीमा साथ : बीमा दाबीअन्तर्गत मृतकका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:१७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखाले...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...