Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने

Machhapuchchhre Bank Limited

काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । बैंकको कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्न प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने भएको हो । २०८० पुस २९ गते सम्पन्न बैंकको ३१औँ वार्षिक साधारण सभाले एफपीओ जारी प्रस्ताव पारित गरिसकेको र नियामकीय स्वीकृतिको प्रक्रियामा रहेको जनाएको छ ।

बैंकको गत असोज २० गते बसेको संचालक समितिको बैठकले संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न सेयर प्रिमियम सहित ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको हो । साथै, उक्त निर्णय नेपाल राष्ट्र बैंकमा असोज १५ गते निवेदन पेश भई आवश्यक अनुमति प्राप्तिको प्रक्रियामा रहेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाट अनुमति प्राप्त भएलगत्तै धितोपत्र वोर्ड लगायतका अन्य नियामक निकायको स्वीकृति पश्चात एफपीओ जारी हुने बैंकको भनाइ छ । एफपीओ जारीपश्चात जारी तथा चुक्ता पुँजीमा वृद्धि हुने भएकोले सोही बमोजिम कायम गर्ने र साधारण सेयरधनी समूहको स्वामित्व प्रतिशत वृद्धि हुने र संस्थागत सेयरधनी समूहको स्वामित्व प्रतिशत घट्ने भएकोले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन पारित गर्ने र आवश्यक थप कार्य गर्न सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्नेछ ।

बैंकले उक्त प्रस्ताव पारित गर्न पुस २९ गते ३२औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको सभाले गत वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण लगायत विभिन्न सामाजिक कार्यहरू र विभिन्न संघ संस्थाहरूलाई प्रदान गरेको कुल रकम रु. १ करोड ३० लाख ४० हजार रुपैयाँ अनुमोदन गर्नेछ ।

बैंकको सभाले संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त र निजको परिश्रमिक तोक्नेछ । यस्तै, जैसमीन हाडा बज्राचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको निर्णय जानकारी गराउनेछ ।

 

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

नेपालमा सामसङ ग्यालेक्सी एस२५ सिरिजको भव्य सुरुवात

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:३८

काठमाडौं, फाल्गुन २ - सामसङ नेपालले आफ्नो ग्यालेक्सी एस२५ सिरिज...

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

इनड्राइभ नेपालका प्रयोगकर्ताहरुको दुर्घटना बीमा सुरक्षित

वि.सं.२०८१ फागुन १ बिहीवार २१:०२

    काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म...

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार २२:५६

  काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक...

नेपाल पर्वतारोहण संघले स्रोत सदस्यहरूका लागि ट्रेकिङ बीमा योजना सुरु

नेपाल पर्वतारोहण संघले स्रोत सदस्यहरूका लागि ट्रेकिङ...

वि.सं.२०८१ माघ ३० बुधवार २२:२७

  काठमाडौं, नेपाल पर्वतारोहण संघ (NMA) र सगरमाथा इन्स्योरेन्स कम्पनी...

सातौं नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो शुक्रबारदेखि

सातौं नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल...

वि.सं.२०८१ माघ ३० बुधवार २२:१२

  काठमाडौँ, २०८१ फाल्गुन २ - नेपालको कृषि क्षेत्रलाई अगाडि...

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

वि.सं.२०८१ माघ ३० बुधवार २२:०२

  काठमाडौँ । दिनेश अधिकारीको शब्द, नातिकाजीको संगीत र तारादेवीले...