CG Electronics
IME Life
NIMB

हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने

NIMB
Himalayan Bank

काठमाडौं । हिमालयन बैंकले प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । बैंकको कुल सेयर पुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्न प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने भएको हो । २०८० पुस २९ गते सम्पन्न बैंकको ३१औँ वार्षिक साधारण सभाले एफपीओ जारी प्रस्ताव पारित गरिसकेको र नियामकीय स्वीकृतिको प्रक्रियामा रहेको जनाएको छ ।

बैंकको गत असोज २० गते बसेको संचालक समितिको बैठकले संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० कायम गर्न सेयर प्रिमियम सहित ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको हो । साथै, उक्त निर्णय नेपाल राष्ट्र बैंकमा असोज १५ गते निवेदन पेश भई आवश्यक अनुमति प्राप्तिको प्रक्रियामा रहेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाट अनुमति प्राप्त भएलगत्तै धितोपत्र वोर्ड लगायतका अन्य नियामक निकायको स्वीकृति पश्चात एफपीओ जारी हुने बैंकको भनाइ छ । एफपीओ जारीपश्चात जारी तथा चुक्ता पुँजीमा वृद्धि हुने भएकोले सोही बमोजिम कायम गर्ने र साधारण सेयरधनी समूहको स्वामित्व प्रतिशत वृद्धि हुने र संस्थागत सेयरधनी समूहको स्वामित्व प्रतिशत घट्ने भएकोले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन पारित गर्ने र आवश्यक थप कार्य गर्न सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्नेछ ।

बैंकले उक्त प्रस्ताव पारित गर्न पुस २९ गते ३२औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको सभाले गत वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण लगायत विभिन्न सामाजिक कार्यहरू र विभिन्न संघ संस्थाहरूलाई प्रदान गरेको कुल रकम रु. १ करोड ३० लाख ४० हजार रुपैयाँ अनुमोदन गर्नेछ ।

बैंकको सभाले संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त र निजको परिश्रमिक तोक्नेछ । यस्तै, जैसमीन हाडा बज्राचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको निर्णय जानकारी गराउनेछ ।

 

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...