Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सन नेपाल लाइफको मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम सम्पन्न

Machhapuchchhre Bank Limited

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको हेटौंडा शाखा द्धारा आयोजित भदौ ६ गते हेटौंडा स्थित रोयल प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बार्षिक तथा उत्कृष्ट बीमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराई आगामि दिनमा धेरै भन्दा धेरै लक्ष्य पुरा गराउने उदेश्यको साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल ले पानसमा द्धिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

 

 

सो अवसरमा उपस्थित करिब ५० जना उत्कृष्ट अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी बार्षिक लक्ष्य पुरा गराउने उदेश्यका साथै यस कम्पनीका बागमती प्रदेश प्रमुख समेत रहेका चुडामणी सुबेदीले तालिम प्रदान गरेका थिए ।

समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको जानकारी गराएका थिए । अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता संजाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृद्धि विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता अनुसार यो कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

 

कार्यक्रममा सहभागि अभिकर्ताहरुले अभिकर्ताको व्यवसायिक दक्षता अभिवृद्धि गर्न आजको तालिम सार्थक रहेको प्रतिक्रिया व्यक्त गरेका थिए । कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले आफ्नै थलोमा आई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।

कार्यक्रम कम्पनीको हेटौडा शाखाका शाखा प्रबन्धक पवन थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन...

वि.सं.२०८२ वैशाख १० बुधवार २३:४३

  काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल...

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:०९

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा सीमा ८० बाट ६० प्रतिशतमा घटाएपछि व्यवसायी चिन्तित

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:३०

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग प्रारम्भ ट्रली बसमार्फत...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको...

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२३

  काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल...