Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

यामाहा एरोक्सको नयाँ संस्करण सार्बजनिक

 

काठमाडौं । यामाहाले इन्डोनेसियामा एरोक्सको नयाँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीले स्पोर्टी स्टाइलिङ ट्वीक्स र नयाँ सुविधा थपेर अल्फा एडिसन लन्च गरेको हो ।

सो नयाँ स्कुटरमा स्ट्यान्डर्ड भर्सनको तुलनामा थप आक्रामक डिजाइन दिइएको छ । यसमा एकीकृत टर्न सिग्नल सहितको डुअल एलईडी हेडल्याम्प राखिएकोछ भने नयाँ एलईडी टेल लाइट सहितको रियर एन्ड रिवर्क गरिएको छ । म्याक्सी स्कुटर सात आकर्षक रंग संयोजनमा उपलब्ध छ ।

एरोक्स अल्फा ब्लुटुथ कनेक्टिभिटी र टर्न–वाई–टर्न नेभिगेसन, ट्रयाक्सन कन्ट्रोल र आपतकालीन रोक संकेत सहितको टिएफटी इन्स्ट्रयुमेन्ट कन्सोलले सुसज्जित छ ।

१५५ सिसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको स्कुटरले १५ बिएपची पावर र १४ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई इलेक्ट्रिक सिभिटी ट्रान्समिसनमा जोडिएको छ, जसले दुई राइडिङ मोड र तीन एक्सेलेरेशन मोडहरू प्रदान गर्दछ ।

एरोक्स अल्फाको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि डुअल शक एब्जर्बर छन् । आकर्षक एलोई ह्विल उपलब्ध गराइएको स्कुटरको दुबै चक्कामा डिस्क ब्रेक राखिएको छ ।

एरोक्स नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको प्रिमियम स्कुटर हो । नेपाली बजारमा यसको रेगुलर भर्सनमात्रै उपलब्ध छ । जसको मूल्य ५ लाख रुपैँया निर्धारण गरिएको छ ।

 

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता

दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको...

वि.सं.२०८२ असार ९ सोमवार २३:४०

काठमाडौं । विजयराम कशजु र अवशेष प्रसाद ओझाले कर्भ ईभी...

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्धनमा जोड

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी...

वि.सं.२०८२ असार ७ शनिवार २१:४२

काठमाडौं । व्यावसायिक सवारी साधनको क्षेत्रमा क्रियाशील शशीला मोटर्सले आफ्नो...

ईभीको आयातमा तीव्र वृद्धि : ३३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

ईभीको आयातमा तीव्र वृद्धि : ३३ अर्ब...

वि.सं.२०८२ असार ७ शनिवार १९:२२

  काठमाडौं । पछिल्लो ११ महिनामा नेपालमा ३३ अर्ब रुपैयाँका...

नाडा अटो शो २०२५ भदौ ३ देखि, उद्घाटन अर्थमन्त्रीबाट

नाडा अटो शो २०२५ भदौ ३ देखि,...

वि.सं.२०८२ असार ४ बुधवार २०:३५

काठमाडौं। नाडाले आगामी भदौ ३ देखी ८ गतेसम्म काठमाण्डौको भृकुटी...