CG Electronics
IME Life
NIMB

२५ वर्षपछि ‘मध्यपुर महोत्सव’, अपेक्षा गरेभन्दा बढी आम्दानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले शुक्रबारबाट सुरु गरेको ‘मध्यपुर महोत्सव’ आइतबार सम्पन्न भएको छ । महोत्सवबाट अपेक्षा गरेभन्दा बढी आम्दानी भएको बताइएको छ ।

मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले ‘मध्यपुर महोत्सव’ आइतबार महोत्सव सम्पन्न गरिएको बताएका छन् ।

‘मध्यपुरलाई पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउनका लागि २५ वर्षपछि गरिएको यो महोत्सव आइतबार सम्पन्न गर्यौं । महोत्सवमा नगरका स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवद्र्धन भएको छ,’ उनले भने, ‘१०५ ठाउँमा घरेलु उत्पादनका सामानहरु राखिएको थियो ।’

प्रमुख श्रेष्ठका अनुसार सोचे भन्दा बढी आम्दानी भएको छ । उनले भने,‘महोत्सवभरलाई तयार गरिएको परिकार महोत्सवको दोस्रो दिन नै सकिएको खबर पाएका थियौं । सबै तथ्यांक आइसकेको छैन तर औसतमा महोत्सवको दोस्रो दिन दुई करोड बढीको ब्यापार भएको छ ।’

मेयर श्रेष्ठका अनुसार महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ रहेको छ । उनले भने,‘महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ हो । त्यसमा पालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रचारप्रसारका लागि नेपाल पर्यटन बार्डले सात लाख रुपैयाँ दिएको छ । भने, अरु सबै रकम स्थानीय विद्यालय, सहकारीलगायतको प्रायोजन हो ।’

योमरी, बारा, चटामरी, नेवारी खाजालगायत स्थानीय परिकारका राखिएका स्टलमा अवलोकनकर्ताको बढी भीड लागेको थियो । महोत्सवमा आकर्षण अ‍ैँला, छ्याङका साथै नेवारी परिकारका खानाका स्टलमा बढी देखिएको थियो ।

महोत्सव अवधिभर नगरको ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व र सम्पदाको प्रदर्शन, स्थानीय मौलिक खाना, पेसा र उत्पादनको प्रवद्र्धन गर्दै मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रूपमा परिचित गराइएको थियो ।

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...