Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

२५ वर्षपछि ‘मध्यपुर महोत्सव’, अपेक्षा गरेभन्दा बढी आम्दानी

kumari  bank

 

काठमाडौ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले शुक्रबारबाट सुरु गरेको ‘मध्यपुर महोत्सव’ आइतबार सम्पन्न भएको छ । महोत्सवबाट अपेक्षा गरेभन्दा बढी आम्दानी भएको बताइएको छ ।

मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले ‘मध्यपुर महोत्सव’ आइतबार महोत्सव सम्पन्न गरिएको बताएका छन् ।

‘मध्यपुरलाई पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउनका लागि २५ वर्षपछि गरिएको यो महोत्सव आइतबार सम्पन्न गर्यौं । महोत्सवमा नगरका स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवद्र्धन भएको छ,’ उनले भने, ‘१०५ ठाउँमा घरेलु उत्पादनका सामानहरु राखिएको थियो ।’

प्रमुख श्रेष्ठका अनुसार सोचे भन्दा बढी आम्दानी भएको छ । उनले भने,‘महोत्सवभरलाई तयार गरिएको परिकार महोत्सवको दोस्रो दिन नै सकिएको खबर पाएका थियौं । सबै तथ्यांक आइसकेको छैन तर औसतमा महोत्सवको दोस्रो दिन दुई करोड बढीको ब्यापार भएको छ ।’

मेयर श्रेष्ठका अनुसार महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ रहेको छ । उनले भने,‘महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ हो । त्यसमा पालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रचारप्रसारका लागि नेपाल पर्यटन बार्डले सात लाख रुपैयाँ दिएको छ । भने, अरु सबै रकम स्थानीय विद्यालय, सहकारीलगायतको प्रायोजन हो ।’

योमरी, बारा, चटामरी, नेवारी खाजालगायत स्थानीय परिकारका राखिएका स्टलमा अवलोकनकर्ताको बढी भीड लागेको थियो । महोत्सवमा आकर्षण अ‍ैँला, छ्याङका साथै नेवारी परिकारका खानाका स्टलमा बढी देखिएको थियो ।

महोत्सव अवधिभर नगरको ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व र सम्पदाको प्रदर्शन, स्थानीय मौलिक खाना, पेसा र उत्पादनको प्रवद्र्धन गर्दै मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रूपमा परिचित गराइएको थियो ।

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन...

वि.सं.२०८२ वैशाख २९ सोमवार ११:२९

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा...