Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

चीनमा विदेशी लगानीको विस्तार तीव्र, बहुराष्ट्रिय कम्पनीहरूको प्रतिबद्धता कायमै

Machhapuchchhre Bank Limited

 

चीन । चीनको अर्थतन्त्रमा विदेशी लगानी वृद्धि झनै हुन थालेको छ । विदेशी कम्पनीहरूले चीनप्रति आफ्नो प्रतिबद्धता नवीकरण गर्दै देशभित्र आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् ।

डेनमार्कको पम्प निर्माता ग्रुनफोस ग्रुपले चीनमा ठूलो लगानी गर्दै आफ्नो व्यापारिक गतिविधि तीव्र पारेको छ । ग्रुनफोस ग्रुपले चालू वर्षको मार्चमा पूर्वी चीनको जियाङ्सु प्रान्तमा १० करोड अमेरिकी डलरको लागतमा निर्माण परियोजना सुरु गरेको थियो ।

सन् १९९५ देखि चीनसँगको सम्बन्ध कायम गर्दै आएको यस कम्पनीले हालसम्म चीनका ४० भन्दा बढी ठूला तथा मध्यम विमानस्थलहरूमा पम्प उपलब्ध गराइसकेको छ ।

ग्रुनफोस चीनका अध्यक्ष जोन मार्कम्यानले सियान विमानस्थलमा ऊर्जा दक्षतामा योगदान पुर्याएको बताएका छन् । उनले भने, ‘सियान विमानस्थलको तेस्रो चरणको परियोजनामा, ग्रुनफोसले ४७ सेट बुद्धिमान पम्प स्किड्स र ८० भन्दा बढी पम्प र नियन्त्रण समाधानहरू प्रदान ग¥यो जसले ऊर्जा दक्षतालाई अनुकूल बनाउँदै सञ्चालनका लागि आवश्यक ऊर्जा खपतलाई उल्लेखनीय रूपमा घटाएको छ ।’

फ्रान्सको औषधि कम्पनी सानोफीले बेइजिङमा नयाँ उत्पादन आधार निर्माण गर्न १ अर्ब यूरोको लगानी गर्ने घोषणा गरेको छ । यो चीनमा कम्पनीले गरेको सबैभन्दा ठूलो एकल लगानी हुुनुको साथै चीनको जैव–औषधि कच्चा पदार्थ उत्पादन उद्योगमा कुनै पनि बहुराष्ट्रिय औषधि कम्पनीको पहिलो उपस्थिति हो । सानोफीका सीईओ पल हडसनले भने, ‘चीनमा लगानी गर्नु हाम्रो लागि ठूला अवसरहरू ल्याउने छ । यो लगानी सही निर्णय हो, र चीन सरकारको सहयोगले यसलाई सम्भव बनाएको छ ।’

चीन सरकारले आउँदो वर्षमा विदेशी कम्पनीहरूको लागि अर्थतन्त्र अझै खुला बनाउने प्रयासहरूलाई तीव्र बनाउने योजना सहित आफ्नो व्यापार अभ्यासहरूलाई अन्तर्राष्ट्रिय व्यापार नियमहरूसँग मिलाउन जोड दिने जनाएको छ ।

सीसीटीभी प्लसको सहयोगमा

 

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री तामाङ र निर्देशक घिसिङको कम्पनी छनौटको तयारी

मोदी जल विद्युत परियोजनामा करोडौँको चलखेल राजमन्त्री...

वि.सं.२०८१ चैत ११ सोमवार १२:१०

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर...

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५७

  काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने...

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित वितरण आवश्यक : मन्त्री खड्का

उत्पादन र श्रोतको प्रयोग हुँदै गर्दा न्यायोचित...

वि.सं.२०८१ चैत ११ सोमवार ०८:५१

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले...

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

आज केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०७

  काठमाडौं । हाल कोशी तथा मधेश प्रदेशलगायत देशको पहाडी...

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ : मन्त्री पाण्डे

चलचित्रका माध्यमबाट पर्यटन क्षेत्रले लाभ लिनसक्छ :...

वि.सं.२०८१ चैत १० आइतवार ०८:०२

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गुणस्तरीय चलचित्र...