CG Electronics
Ncell NPL
NIMB

आर्थिक समृद्धि हासिल गर्न नीजि क्षेत्रलाई काम गर्ने वातावरण चाहिन्छ : अध्यक्ष ढकाल

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक समृद्धि हासिल गर्नको लागि नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैठौं श्रम संसद समारोहमा उनले नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्नको लागि सबै ठाँउबाट वातावरण मिलाउन सक्नुपर्ने बताए ।

उनले भने, ‘आर्थिक समृद्धि हासिल गर्नको लागि नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्न सक्यो भने र त्यसको लागि सबै ठाँउबाट वातावरण मिलाउन सकियो भने मात्र सम्भव हुन्छ भन्ने नीजि क्षेत्रको धारणा छ ।’

यस्तै, उनले नेपालमा केही सम्भावना छैन् भन्ने नकारात्मक भाष्य चिर्नको लागि नेपाल डेभ्लब्मेन्ट पब्लिक लिमिटेड कम्पनी मार्फत व्यवसायीहरुलाई इक्यिूटी दिने काम सुरु गरेको बताए ।
उनले भने, ‘नकारात्मक रुपमा नेपालमा केही सम्भावना छैन्, भन्ने जुन भाष्य तयार गरिएको छ त्यस्तो होइन ।

नेपालमा साच्चै सम्भावना छ, धेरै कामहरु गर्न सक्ने ठाँउहरु छ भन्ने हिसाबमा महासंघको पहलमा महासंघ अन्तरगतका व्यवसायीलगायत अन्य सबै व्यवसायीहरुलाई इक्यिूटी चाहिएको छ भने त्यो कम्पनीमार्फत इक्यिूटी दिने हिसाबले नेपाल डेभ्लब्मेन्ट पब्लिक लिमिटेड कम्पनी भनेर अगाडि बढाएका छौ ।’ देशमा उद्योग व्यवसायको लागि राम्रो वातावरण बन्ने हो भने मात्र राज्यले गरेको अपेक्षा पूरा हुनसक्ने बताए ।

उनले भने, ‘महासंघको तर्फबाट सहकार्य गरेर अगाडि बढ्ने विश्वास पनि दिलाउन चाहन्छु । देशमा उद्योग व्यवसायहरु भयोभने उद्योग व्यवसायको वातावरण बन्यो भने र आर्थिक गतिविधि बढ्यो भने ट्रेड युनियन, मजदुर साथीहरु, व्यवसायी र राज्यले गरेको अपेक्षा पूरा हुनसक्छ भन्ने हामी सबै बुझाई छ । आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने काम भयो भने देशमा आर्थिक समृद्धि आउनसक्छ ।’

सोही क्रममा रोजगार परिषद्का अध्यक्ष ध्र्रुवराज रिजालले आर्थिक गतिविधिको अवस्था अहिलेको धेरै विग्रिएको भन्दै अहिले मजदुर र साउ भनेर होइन सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘आजको अवस्थामा श्रमजीविहरुसँग मिलेर काम गर्न सकिएन भने अहिलेको परिस्थितीको सम्बोधन हुन सक्दैन् ।

आजको आर्थिक अवस्था निर्माणमा को मालिक हो, को मजदुर हो छुट्याउन सक्ने अवस्था नै छैन् । यो आफ्नो स्टन्डको लागि ल्याएको एउटा नीति होला तर आर्थिक गतिविधिलाई चलायमान बनाउने अवस्था अहिलेको जस्तो विग्रिएको कहिले पनि थिएन होला ।’राज्यप्रति सबैको विश्वास हटेर सबैजना बाहिर जाने अवस्था सिर्जना भएको भन्दै यसमा सम्यम हुनुपर्ने पनि उनको भनाइ छ ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा जारी छैठौं श्रम संसदको बन्द सत्रबाट आगामी सन् २०२५ का लागि अध्यक्ष र महासचिब चयन गर्ने कार्यक्रम रहेको नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले जानकारी दिए ।

‘हाम्रो बन्द सत्रमा सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरिनेछ । साथै सन् २०२५ का लागि अध्यक्ष र महासचिव चयन गरिनेछ,’ उनले भने ।

जारी श्रम संसदमा १० वटा महासंघबाट स्ट्रेन्थका आधारमा १ सय ३४ जना प्रतिनिधि सहभागी भएको महासचिव राईले जानकारी दिए । त्यस्तै ७० जना पर्यवेक्षक पनि सहभागी रहेको उनले बताए । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरुले उदघाटन सत्रमा धारणा राखेका छन् ।

 

 

CG Electronics
देशभर ‘घण्टी’को लहर: राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाईतर्फ

देशभर ‘घण्टी’को लहर: राष्ट्रिय स्वतन्त्र पार्टी दुई...

वि.सं.२०८२ फागुन २३ शनिवार १४:३५

  काठमाडौं । भ्रष्टाचारको अन्त्य, आर्थिक समृद्धि र सुशासनको नारा...

निर्वाचन २०८२: राष्ट्रिय स्वतन्त्र पार्टी १०१ सिटमा अग्रता, अन्य दल पछाडि

निर्वाचन २०८२: राष्ट्रिय स्वतन्त्र पार्टी १०१ सिटमा...

वि.सं.२०८२ फागुन २३ शनिवार ०९:४३

    काठमाडौं । २०८२ सालको निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रिय...

झापा क्षेत्र नम्बर ५ मा बालेन शाह अघि, केपी ओली पछि

झापा क्षेत्र नम्बर ५ मा बालेन शाह...

वि.सं.२०८२ फागुन २३ शनिवार ०९:१६

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)...

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

वि.सं.२०८२ फागुन २३ शनिवार ०८:४८

  काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का...

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

वि.सं.२०८२ फागुन २२ शुक्रवार २०:१५

काठमाडौं । शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी...

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

वि.सं.२०८२ फागुन २२ शुक्रवार १९:४७

काठमाडौं। काठमाडौं ८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ...