Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियान: देशव्यापी डिजिटल संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न

Machhapuchchhre Bank Limited

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो छैटौं वार्षिक #DigitalDecember अभियान अन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरू बारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

यस कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई थप जोड दिएको छ।

सो कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारीता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासहरू बारे विविध समूहका सहभागीहरूलाई जानकारी दिन प्यानल छलफलहरू आयोजना गरिएको थियो। यी छलफलहरू देशका सातैवटा प्रदेशका प्रमुख सहरहरूमा निम्न मितिहरूमा सम्पन्न गरिएका थिए।

सातै प्रदेशमा कार्यक्रम

डिजिटल संवाद कार्यक्रम देशभरका सातै प्रदेशका प्रमुख शहरहरूमा निम्न मितिहरूमा सम्पन्न गरियो

  • पोखरा, गण्डकी प्रदेश: ११ डिसेम्बर २०२४
  • सुर्खेत, कर्णाली प्रदेश: १३ डिसेम्बर २०२४
  • इटहरी, कोशी प्रदेश: १८ डिसेम्बर २०२४
  • जनकपुर, मधेश प्रदेश: २० डिसेम्बर २०२४
  • हेटौंडा, बागमती प्रदेश: २३ डिसेम्बर २०२४
  • धनगढी, सुदूरपश्चिम प्रदेश: २४ डिसेम्बर २०२४
  • भैरहवा, लुम्बिनी प्रदेश: २७ डिसेम्बर २०२४
  • काठमाडौं उपत्यका: २९ डिसेम्बर २०२४

सहभागीहरूको विविधता कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरू, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यवसायिक क्षेत्रका अगुवा, अपाङ्ग समुदायका प्रतिनिधि, प्राज्ञिक व्यक्तित्व, उच्च कारोबार गर्ने व्यापारी तथा विद्यार्थी, युवा, र स्थानीय समुदायका प्रतिनिधिहरू गरी ५०० भन्दा बढी सहभागी उपस्थित थिए।

छलफलका मुख्य विषयवस्तु

कार्यक्रमले विविध विषयलाई समेट्दै सहभागीहरूलाई साक्षर बनाउने उद्देश्य राखेको थियो। प्रमुख विषयहरूमा :

 

  • वित्तीय डिजिटल साक्षरता।
  • डिजिटल बैंकिङले जीवनस्तरमा गर्ने सुधार।
  • अर्थतन्त्रमा डिजिटल बैंकिङको योगदान।
  • नेपालमा सेवा क्षेत्रको डिजिटाइजेशन।
  • डिजिटल बैंकिङको चुनौतीहरू (सुरक्षा, जोखिम, ठगी)।
  • नेपालमा डिजिटल भविष्यको सम्भावना।

प्रविधि, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा ध्यान केन्द्रित गर्दै यस अभियानले व्यक्ति तथा व्यवसायीहरूलाई डिजिटल बैंकिङको प्रयोग गर्न विश्वस्त बनाउने प्रयास गरेको छ। विभिन्न सरोकारवालाहरू लाई सहभागी बनाई चुनौतीहरूको समाधान गर्दै लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रमले डिजिटल रूपमा साक्षर सशक्त नेपाल निर्माण गर्ने आधारको थालनी गरेको छ।

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५६

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं...

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:५२

  काठमाडौँ । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै...

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:३३

  काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २१:२४

काठमाडौं । एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १००...

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक

फोनपे र टपअप गरौं, आइफोन १६ जितौं...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार २०:४९

    काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२...

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक सहमतिपछि निर्णयमा पुगे

गभर्नर दौडमा डा. गुणाकर भट्टको राजीनामा, राजनीतिक...

वि.सं.२०८२ वैशाख ५ शुक्रवार १७:२४

  काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको तयारी अन्तिम...