CG Electronics
IME Life
NIMB

लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियान: देशव्यापी डिजिटल संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो छैटौं वार्षिक #DigitalDecember अभियान अन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणहरू बारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

यस कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई थप जोड दिएको छ।

सो कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारीता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासहरू बारे विविध समूहका सहभागीहरूलाई जानकारी दिन प्यानल छलफलहरू आयोजना गरिएको थियो। यी छलफलहरू देशका सातैवटा प्रदेशका प्रमुख सहरहरूमा निम्न मितिहरूमा सम्पन्न गरिएका थिए।

सातै प्रदेशमा कार्यक्रम

डिजिटल संवाद कार्यक्रम देशभरका सातै प्रदेशका प्रमुख शहरहरूमा निम्न मितिहरूमा सम्पन्न गरियो

  • पोखरा, गण्डकी प्रदेश: ११ डिसेम्बर २०२४
  • सुर्खेत, कर्णाली प्रदेश: १३ डिसेम्बर २०२४
  • इटहरी, कोशी प्रदेश: १८ डिसेम्बर २०२४
  • जनकपुर, मधेश प्रदेश: २० डिसेम्बर २०२४
  • हेटौंडा, बागमती प्रदेश: २३ डिसेम्बर २०२४
  • धनगढी, सुदूरपश्चिम प्रदेश: २४ डिसेम्बर २०२४
  • भैरहवा, लुम्बिनी प्रदेश: २७ डिसेम्बर २०२४
  • काठमाडौं उपत्यका: २९ डिसेम्बर २०२४

सहभागीहरूको विविधता कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरू, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यवसायिक क्षेत्रका अगुवा, अपाङ्ग समुदायका प्रतिनिधि, प्राज्ञिक व्यक्तित्व, उच्च कारोबार गर्ने व्यापारी तथा विद्यार्थी, युवा, र स्थानीय समुदायका प्रतिनिधिहरू गरी ५०० भन्दा बढी सहभागी उपस्थित थिए।

छलफलका मुख्य विषयवस्तु

कार्यक्रमले विविध विषयलाई समेट्दै सहभागीहरूलाई साक्षर बनाउने उद्देश्य राखेको थियो। प्रमुख विषयहरूमा :

 

  • वित्तीय डिजिटल साक्षरता।
  • डिजिटल बैंकिङले जीवनस्तरमा गर्ने सुधार।
  • अर्थतन्त्रमा डिजिटल बैंकिङको योगदान।
  • नेपालमा सेवा क्षेत्रको डिजिटाइजेशन।
  • डिजिटल बैंकिङको चुनौतीहरू (सुरक्षा, जोखिम, ठगी)।
  • नेपालमा डिजिटल भविष्यको सम्भावना।

प्रविधि, जोखिम व्यवस्थापन र संस्थागत सुशासनमा ध्यान केन्द्रित गर्दै यस अभियानले व्यक्ति तथा व्यवसायीहरूलाई डिजिटल बैंकिङको प्रयोग गर्न विश्वस्त बनाउने प्रयास गरेको छ। विभिन्न सरोकारवालाहरू लाई सहभागी बनाई चुनौतीहरूको समाधान गर्दै लक्ष्मी सनराइज बैंकको डिजिटल संवाद कार्यक्रमले डिजिटल रूपमा साक्षर सशक्त नेपाल निर्माण गर्ने आधारको थालनी गरेको छ।

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

लामिनारद्वारा काठमाडौँ उपत्यकाभित्र थप दुईवटा ‘एम्पोरियो’शोरुम सञ्चालनमा

वि.सं.२०८३ असार २९ सोमवार १२:२०

  काठमाडौं । नेपालको अग्रणी फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनार...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा, कजारिया रमेश टायल्सको बजार विस्तार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ सञ्चालनमा,...

वि.सं.२०८३ असार २९ सोमवार १२:१६

  मोरङ। कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार...

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को सन्देशसहित गोदरेज रेफ्रिजरेटर

नेपाली परिवारका लागि ‘घरको शान्ति, मनको शान्ति’को...

वि.सं.२०८३ असार २९ सोमवार १२:१२

  काठमाडौं। सीजी इलेक्ट्रोनिक्सले गोदरेज एप्लायन्सेसका रेफ्रिजरेटरमार्फत नेपाली उपभोक्तामाझ ‘घरको...

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ फेसलिफ्टेड कुशाक सार्वजनिक

स्कोडा नेपालले ‘रियल ड्राइभर्स वान्टेड’ नारासहित नयाँ...

वि.सं.२०८३ असार २९ सोमवार १२:०२

काठमाडौं। स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई...