NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

यति इन्टरनेशनल कलेजद्वारा थाइल्याण्डको एसपियुको कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न गरी नयाँ इतिहास कायम

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं, नेपाल । यति इन्टरनेशनल कलेजले आफ्नो ब्याचलर अफ आट्र्स (होटल एण्ड माइस् म्यानेजमेन्ट  – BA–HMM) सन् २०२१ ब्याचको दीक्षान्त समारोह सफलता पूर्वक सम्पन्न गरेको छ । यो दिक्षान्त समारोह नेपालमा यति इन्टरनेशनल कलेजद्वारा सञ्चालित थाइल्याण्डको श्रीपातुम विश्वविद्यालय (क्एग्)को शैक्षिक कार्यक्रमको पहिलो दीक्षान्त समारोह हो । यस महत्वपूर्ण उपलब्धिले ४५ जना स्नातक विद्यार्थीहरूको सफलतालाई सम्मान गरेका छन् । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट मान्यता प्राप्त यस अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्ने कार्यक्रममा स्नातक विद्यार्थीहरू, उनीहरूका परिवार, प्राध्यापकहरू र प्रतिष्ठित अतिथिहरूको उपस्थिति रहेको थियो ।

यस ऐतिहासिक अवसरमा सम्बोधन गर्दै कलेजका कार्यकारी अध्यक्ष श्री सञ्जय कुमार झाले स्नातकहरूलाई बधाई दिँदै विश्वव्यापी आतिथ्य र माइस् (ःक्ष्ऋभ्) उद्योगमा प्रवेश गर्दा व्यावसायिकता, निष्ठा र आजीवन सिकाइलाई आत्मसाथ गर्न आग्रह गर्नुभयो । सफलताको यसै दृष्टिकोणलाई थप प्रस्ट्याउँदै, कलेजका निर्देशक श्री अण राज सिलवालले अभिभावक प्रति कृतज्ञता व्यक्त गर्नुभयो र विश्वव्यापी अवसरहरू खोल्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त शिक्षा प्रदान गर्ने कलेजको प्रतिबद्धतालाई थ स्पष्ट पार्नु भयो भने कलेजका प्राचार्य श्री राम दिनेश मिश्रले विद्यार्थीहरूको धैर्यताको प्रशंसा गर्दै दीक्षान्त समारोह अन्त्य नभई जिम्मेवारी र विश्वव्यापी अवसरहरूले भरिएको नयाँ यात्राको शुरुवात भएको कुरामा जोड दिनुभयो ।

संस्थागत विचारहरूमा व्यक्तिगत दृष्टिकोण थप्दै, दिक्षित हुने विद्यार्थीहरु मध्ये श्री सरगम परियारले आफु लगाएत दिक्षित हुने विद्यार्थीहरूको ४ वर्षे शैक्षिक यात्राका अविस्मरणीय पलहरूलाई समेट्दै मन्तव्य राख्नु भयो । त्यसै गरी प्राध्यापक पदम प्रसाद घिमिरेले परम्परागत रूपमा व्यवस्थापन डिग्री कार्यक्रमहरूद्वारा बाहुल्यता रहेको बिषयगत क्षेत्रमा यस्तो मानबिकीशास्त्रको शैक्षिक पाठ्यक्रमको महत्व र उपादेयताका बारेमा थप स्पष्ट पार्दै होटल एण्ड माइस् म्यानेजमेन्ट जस्तो विशेष क्षेत्रमा ब्याचलर अफ आट्र्स डिग्री प्राप्त गर्नुको विशिष्ट महत्व र सुन्दरता माथि प्रकाश पार्नु भयो । अन्ततः, सांस्कृतिक प्रस्तुति, विद्यार्थीहरूको अनुभव र प्रमाणपत्र वितरणका साथ कार्यक्रम सम्पन्न भयो, जसले विद्यार्थी र कलेज दुवैका लागि एउटा ठूलो कोसेढुङ्गा कायम भएको छ ।

यस कार्यक्रमले काठमाडौंको बुद्धनगरमा स्थित अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त उच्च शिक्षा प्रदान गर्दै आएको यति इन्टरनेशनल कलेजको व्यापक उदेश्यलाई प्रतिविम्बित गर्दछ । थाइल्याण्डको श्रीपातुम विश्वविद्यालय (क्एग्) सँगको सहकार्यमा यति इन्टरनेशनल कलेजले उद्योगमैत्री स्नातक तहमा द्यब्–ज्ःः, द्यब्–ब्द्यः, द्यक्अ–क्ष्त् र स्नातकोत्तर तहमा ःद्यब् कार्यक्रमहरू संञ्चालन गर्दै आएको छ । यी विविध शैक्षिक कार्यक्रमहरु विशेष गरी आजको प्रतिस्पर्धात्मक बजारमा सफल हुन आवश्यक व्यावहारिक सीप र विश्वव्यापी योग्यताले विद्यार्थीहरूलाई सुसज्जित पार्न डिजाइन गरिएका हुन् ।

यति इन्टरनेशनल कलेज र कलेजका कार्यक्रमहरुका बारेमा अन्य आवश्यक जानकारी फोन नं. ९८५१०३७४८२मा सम्पर्क गरी हासिल गर्न सकिन्छ ।

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई सहज बनाएको छ : नाडा अध्यक्ष

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१२

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी...

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन २७ बुधवार २२:२६

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको...