IME Life
NIMB

अप्पर मर्स्याङ्दी-१ जलविद्युत परियोजनामा २१.४० अर्बको लगानी, लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सम्झौता

NIMB
Himalayan Bank

काठमाडौं । अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले मर्स्याङ्दी नदीमा १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी-१ जलविद्युत आयोजना निर्माण गर्न लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सहवित्तियकरण सम्झौता सम्पन्न गरेको छ।

कुल लागत रू २१.४० अर्ब रहेको यस आयोजनामा ७४.७७ प्रतिशत बैंकहरूको लगानी र बाँकी २५.२३ प्रतिशत कम्पनीका प्रवर्द्धक तथा संस्थापकको लगानी हुनेछ। लक्ष्मी सन्राईज बैंकले ७ अर्बको टर्म लोन प्रदान गर्नेछ भने सह–अगुवा ग्लोबल आइएमई बैंकले ६ अर्ब र प्रभु बैंकले ३ अर्ब लगानी गर्नेछन्।

यस परियोजनाले वार्षिक ५८३.०३ गिगावाट आवर विद्युत उत्पादन गर्नेछ, जसले नेपालको ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। निर्माण कार्य २०२९ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

अप्पर मर्स्याङ्दी हाइड्रोपावर-१ लाई के.सी. ग्रुप र क्याल ग्रुपले प्रवर्द्धन गरेका हुन्। परियोजनाका लागि कम्पनीले २०७५ साल पौष १० मा विद्युत उत्पादनको अनुमति प्राप्त गरेको थियो भने पौष ९, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग खरिद–बिक्री सम्झौता गरेको छ।

यो सम्झौताले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ।

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”...

वि.सं.२०८३ साउन २५ सोमवार २१:५५

  गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन...

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा...

वि.सं.२०८३ साउन २४ आइतवार १९:५३

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६...