Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

अप्पर मर्स्याङ्दी-१ जलविद्युत परियोजनामा २१.४० अर्बको लगानी, लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सम्झौता

काठमाडौं । अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले मर्स्याङ्दी नदीमा १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी-१ जलविद्युत आयोजना निर्माण गर्न लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सहवित्तियकरण सम्झौता सम्पन्न गरेको छ।

कुल लागत रू २१.४० अर्ब रहेको यस आयोजनामा ७४.७७ प्रतिशत बैंकहरूको लगानी र बाँकी २५.२३ प्रतिशत कम्पनीका प्रवर्द्धक तथा संस्थापकको लगानी हुनेछ। लक्ष्मी सन्राईज बैंकले ७ अर्बको टर्म लोन प्रदान गर्नेछ भने सह–अगुवा ग्लोबल आइएमई बैंकले ६ अर्ब र प्रभु बैंकले ३ अर्ब लगानी गर्नेछन्।

यस परियोजनाले वार्षिक ५८३.०३ गिगावाट आवर विद्युत उत्पादन गर्नेछ, जसले नेपालको ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। निर्माण कार्य २०२९ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

अप्पर मर्स्याङ्दी हाइड्रोपावर-१ लाई के.सी. ग्रुप र क्याल ग्रुपले प्रवर्द्धन गरेका हुन्। परियोजनाका लागि कम्पनीले २०७५ साल पौष १० मा विद्युत उत्पादनको अनुमति प्राप्त गरेको थियो भने पौष ९, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग खरिद–बिक्री सम्झौता गरेको छ।

यो सम्झौताले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ।

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी...

वि.सं.२०८२ असार २३ सोमवार २३:४१

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

वि.सं.२०८२ असार २३ सोमवार २३:२५

काठमाडौं । विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण...

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम भने घट्यो

नेप्से २७ सय बिन्दुमै स्थीर कारोबार रकम...

वि.सं.२०८२ असार २२ आइतवार २१:४१

काठमाडौं । कारोबार रकम घटेपनि साताको पहिलो कारोबार दिन आईतबार...

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमः विश्व बैंक

नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

वि.सं.२०८२ असार २२ आइतवार २१:३५

  काठमाडौं । नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो...

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब...

वि.सं.२०८२ असार २२ आइतवार ०९:२३

  काठमाडौं । बुद्ध एयरले छ महिनामै ७ अर्ब ४१...

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’ अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच ‘अलीपे प्लस’...

वि.सं.२०८२ असार २० शुक्रवार १५:०६

काठमाडौं । एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ...