CG Electronics
IME Life
NIMB

नेपाल राष्ट्र बैंक र मुद्रा विप्रेषक संघको सहकार्यमा एक दिने कार्यशाला सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्द्र बैंकको सहकार्यमा International Day of Family Remittance को अवसरमा आयोजित १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा आर्न्या बुटिक होटल काठमाण्डौमा असार २ गते सम्पन्न भएको हो।

उक्त १ दिने कार्यशाला गोष्ठिको प्रमुख अतिथीमा नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाको उपस्थिती रहेको थियो भने नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यबस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धर विशेष अतिथीको रुपमा उपस्थित भएका थिए ।

रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरु समेतको सहभागितामा आयोजना गरिएको उक्त कार्यक्रममा रेमिट्यान्स क्षेत्रसँग सम्वन्धित विविध विषयहरुलाई समेटेर कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रमुख अतिथी कार्यवाहक गभर्नर डा। निलम ढुङ्गाना तिम्सिनाले आफ्नो मन्तव्य राख्दै नेपालमा रेमिट्यान्स आप्रवाह बढिरहेको र नेपाल र नेपालीको अर्थतन्त्र सुधार्न आप्रवाह रेमिट्यान्सले महत्वपूर्ण भुमिका खेलेको स्मरण गराए ।

बैधानिक तबरले रेमिट्यान्स भित्र्याउन नेपाल राष्ट्र बैंक, नेपाल मुद्रा विप्रेषक संघसँग मिलेर सहकार्य गर्न सदैव तयार रहेको पनि उनले बताए । यसैगरी अतिथीद्धय नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यबस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरले पनि रेमिट्यान्सको समसामयिक विषयमा रहेर आफ्ना भनाईहरु राखेका थिए ।

नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुले स्वस्थ प्रतिस्पर्धा गर्नसके रेमिट्यान्समा वृद्धि हुन गई विदेशी मुद्रा सञ्चितीमा बढोत्तरी हुने, रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुको आम्दानीमा वृद्धि हुन गर्ई राजश्व योगदानमा समेत उल्लेखनीय वृद्धि हुने भन्दै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराएका थिए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमन पोखरेल, उपाध्यक्ष रितेश मित्तल तथा महासचिव सञ्जय सिग्देलले आ–आफ्नो भनाई राखेका थिए ।

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई वरिष्ठ अधिकारी पदोन्नति

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई...

वि.सं.२०८३ साउन ५ मंगलवार १०:११

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ...

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र प्राविधिक यथार्थ महत्वपूर्ण : विज्ञ

सिन्धु जल सन्धिमा राजनीतिक बयानबाजीभन्दा कानुनी र...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५७

  काठमाडौं । जलविज्ञान तथा जलस्रोतका एक विज्ञले सिन्धु जल...

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन, १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन,...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५२

  चितवन। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि...

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार बनाउने प्रतिबद्धता व्यक्त

प्रधानमन्त्रीले पुँजी बजारलाई आर्थिक विकासको प्रमुख आधार...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:४४

  काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले...

वि.सं.२०८३ साउन ४ सोमवार २२:५४

  काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा...