Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

नेपाल राष्ट्र बैंक र मुद्रा विप्रेषक संघको सहकार्यमा एक दिने कार्यशाला सम्पन्न

Machhapuchchhre Bank Limited

काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्द्र बैंकको सहकार्यमा International Day of Family Remittance को अवसरमा आयोजित १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठी नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनको अध्यक्षतामा आर्न्या बुटिक होटल काठमाण्डौमा असार २ गते सम्पन्न भएको हो।

उक्त १ दिने कार्यशाला गोष्ठिको प्रमुख अतिथीमा नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाको उपस्थिती रहेको थियो भने नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यबस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धर विशेष अतिथीको रुपमा उपस्थित भएका थिए ।

रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरु समेतको सहभागितामा आयोजना गरिएको उक्त कार्यक्रममा रेमिट्यान्स क्षेत्रसँग सम्वन्धित विविध विषयहरुलाई समेटेर कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रमुख अतिथी कार्यवाहक गभर्नर डा। निलम ढुङ्गाना तिम्सिनाले आफ्नो मन्तव्य राख्दै नेपालमा रेमिट्यान्स आप्रवाह बढिरहेको र नेपाल र नेपालीको अर्थतन्त्र सुधार्न आप्रवाह रेमिट्यान्सले महत्वपूर्ण भुमिका खेलेको स्मरण गराए ।

बैधानिक तबरले रेमिट्यान्स भित्र्याउन नेपाल राष्ट्र बैंक, नेपाल मुद्रा विप्रेषक संघसँग मिलेर सहकार्य गर्न सदैव तयार रहेको पनि उनले बताए । यसैगरी अतिथीद्धय नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यबस्थापन विभागका कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे र नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक राम बहादुर मानन्धरले पनि रेमिट्यान्सको समसामयिक विषयमा रहेर आफ्ना भनाईहरु राखेका थिए ।

नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुले स्वस्थ प्रतिस्पर्धा गर्नसके रेमिट्यान्समा वृद्धि हुन गई विदेशी मुद्रा सञ्चितीमा बढोत्तरी हुने, रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुको आम्दानीमा वृद्धि हुन गर्ई राजश्व योगदानमा समेत उल्लेखनीय वृद्धि हुने भन्दै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराएका थिए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमन पोखरेल, उपाध्यक्ष रितेश मित्तल तथा महासचिव सञ्जय सिग्देलले आ–आफ्नो भनाई राखेका थिए ।

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए...

वि.सं.२०८१ चैत ११ सोमवार ०९:०१

  काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी...

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई व्यवस्थित बनाउन सहकार्यको आह्वान

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाले बीमा क्षेत्रलाई...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:३३

  ललितपुर । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा...

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री कलेज विधामा पुरस्कार

लर्ड बुद्ध एजुकेशन फाउण्डेशनलाई पायोनियर इन्टरनेशनल डिग्री...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२२

  काठमाडौँ। सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन...

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२०

  काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित...

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा दिगो प्रतिबद्धता बलियो बनाउदै

एड्भान्स्ड ब्याट्री रिसाइक्लिङमा बीवाईडी, ग्लोबल रिसाइक्लिङ डेको...

वि.सं.२०८१ चैत ९ शनिवार ०६:१८

  काठमाडौं ।  ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले...

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ चैत ८ शुक्रवार ०८:५६

  काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं...