CG Electronics
IME Life
Ncell NPL

नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी माघ ४ देखि काठमाण्डौमा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा.लि. र इ.टि.एस.आइ.पि.एल.को संयुक्त आयोजनामा १०औं नेपाल उड इन्टरनेशनल एक्स्पो, ५औं नेपाल इन्टरनेशनल फर्निचर एक्स्पो र नेपाल होमटेक्स एण्ड होम डेकोर इन्टरनेशनल एक्स्पो यही माघ ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको छ।

यस प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहने छन्, जसमा स्वदेशी र विदेशी प्रतिष्ठित ब्रान्डका फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी र औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा अन्य सम्बन्धित उत्पादनहरू प्रदर्शन गरिनेछ।

यो प्रदर्शनी विगत ९ वर्षदेखि काष्ठ व्यवसायको क्षेत्रमा कोसेढुंगा सावित हुँदै आएको छ। यस पटक पनि, फर्निचर, प्लाइउड र काष्ठ औजारका कम्पनीहरू, डिलर, सब-डिलर र विक्रेताहरूले नयाँ प्रविधिहरूको बारेमा जानकारी गराउनेछन्। यसले साना र ठूला उद्योगलाई प्रयोग भइरहेका मेसिनहरूलाई स्तरोन्नति गर्दै अझ प्रभावकारी बनाउनेछ।

१०औं संस्करणमा धेरै नयाँ प्रविधिहरू, सामग्री र उपकरणहरूको प्रदर्शनी हुनेछ।
अवलोकनकर्ताहरूले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादनहरू अवलोकन गर्न पाउनेछन्। प्रदर्शनीस्थलमा जानकारीमूलक सेमिनार, अन्तरक्रियात्मक कार्यशाला र प्रत्यक्ष प्रस्तुतीकरणहरू पनि आयोजना गरिनेछन्।

यस संस्करणमा फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनरहरू समेतको उल्लेखनीय सहभागिता हुनेछ।

यस प्रदर्शनीमा इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ र नेपाल प्लाइउड उत्पादक संघ सहकार्य गर्नेछन्।

प्रदर्शनीले नेपालको काष्ठ, फर्निचर र होम टेक्सटायल क्षेत्रको विकास र आधुनिकीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने छ। यसले घर निर्माण गर्न चाहने व्यक्तिहरू, सर्वसाधारण तथा आर्किटेक्ट, इन्जिनियर र इन्टेरियर डिजाइनरहरूलाई नयाँ प्रविधिहरूको जानकारी प्रदान गर्नेछ।

साथै, यो प्रदर्शनीले अन्तर्राष्ट्रिय बजारमा सफल भएका प्रविधिहरूलाई नेपालमा सजिलै उपलब्ध गराउन र काष्ठ उत्पादन कार्यलाई उन्नत बनाउन सहयोग पुर्‍याउनेछ।

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४५

  काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा...