CG Electronics
IME Life
Ncell NPL

लर्ड बुद्धमा ह्याकाथन आयोजना हुने

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले पुष २७ देखि २९ गते सम्म ४८ घण्टा लामो ह्याकाथन ‘ह्याक एक्स एलबीईएफ’ आयोजना गर्ने भएको छ। विद्यार्थी नेतृत्वमा आधारित प्रतियोगिता एलबीईएफ फाउण्डेशन मैतिदेविमा हुनेछ।

संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य सम्बोधन गर्न नयाँ समाधानहरू विकास गर्नका लागि १३ विद्यार्थी समूहले प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रमको विद्यार्थीहरू आफैँले आयोजना, व्यवस्थापन र सञ्चालन गर्नेछन्।

कार्यक्रमका दौरान विभिन्न अनुभवी परामर्शदाताहरूले सहभागी विद्यार्थीलाई मार्गदर्शन गर्नेछन्। सहभागी टिमहरूले आफ्नो प्रोजेक्ट जुरी सामु प्रस्तुत गर्नेछन्। नयाँ प्रोजेक्ट, त्यसको सम्भाव्यता, प्रभाव र एस.डी.जी.सँगको सम्बन्धका आधारमा प्रोजेक्ट मुल्यांकन हुनेछ ।

फाउण्डेशनका अध्यक्ष इन्जिनियर पङ्कज जालानले ह्याकाथन विद्यार्थीहरूको नेतृत्व विकासका लागि उत्कृष्ट अवसर भएको बताउनुभयो। कार्यकारी निर्देशक इन्जिनियर प्रकाश कुमार केजरीवालले विद्यार्थीहरूले प्रतिस्पर्धा मार्फत नवप्रवर्तनात्मक समाधान विकास गर्नुका साथै जीवन उपयोगी सीप सिक्ने उल्लेख गर्नुभयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले पुरस्कार समेत पाउने छन् ।

ह्याक भनेको क्र्याक र म्याराथन भनेको दौडनु हो । ह्याक र म्याराथन मिलेर ह्याकाथन बनेको हो । मानिसको दैनिक जीवनमा अनेकन समस्या आउँछन् । कसरी समस्या समाधान गर्ने भन्ने चिन्ता मानिसलाई हुन्छ । ती समस्यालाई कम्प्युटरमा एप बनाएर वा सफ्टवेयरको माध्यमबाट दैनिक जीवनलाई सहज बनाउनेलाई ह्याकाथन भनिन्छ ।

कम्प्युटर, एप, सफ्टवेयरको माध्यमबाट मानिसको समस्यालाई समाधान गर्नु हो । मानिसको समस्यालाई ह्याक गरेर निश्चित समयमा समाधान निकाल्नु हो । ह्याकाथन भनेको कम्प्युटरले ब्रेनको काम गर्नु हो ।

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक

उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री र उच्च...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:५६

काठमाडौं । Realme ले उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता...

प्यान र इमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको ग्राहकलाई आग्रह

प्यान र इमेल अद्यावधिक गर्न एन आई...

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०९

  काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई...

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग, काठमाडौंमा अध्ययनको व्यवस्था

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका सन्देश बुढा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:४१

  काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत...

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण कायम गर्न नाडाको सरकारलाई आग्रह

निजी क्षेत्रको मनोबल जोगाउन र लगानीमैत्री वातावरण...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२४

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, वैदेशिक रोजगारीमा...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:०३

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित कोष र बढ्दो बेरुजुले अर्थतन्त्र संकटोन्मुख

बजेट कार्यान्वयनमा गम्भीर चुनौती : ऋणात्मक सञ्चित...

वि.सं.२०८३ वैशाख १६ बुधवार ०८:४५

  काठमाडौं । नेपाल सरकारको बजेट विनियोजन यथार्थपरक हुन नसक्दा...