Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

लर्ड बुद्धमा ह्याकाथन आयोजना हुने

Machhapuchchhre Bank Limited

 

काठमाडौं । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले पुष २७ देखि २९ गते सम्म ४८ घण्टा लामो ह्याकाथन ‘ह्याक एक्स एलबीईएफ’ आयोजना गर्ने भएको छ। विद्यार्थी नेतृत्वमा आधारित प्रतियोगिता एलबीईएफ फाउण्डेशन मैतिदेविमा हुनेछ।

संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य सम्बोधन गर्न नयाँ समाधानहरू विकास गर्नका लागि १३ विद्यार्थी समूहले प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रमको विद्यार्थीहरू आफैँले आयोजना, व्यवस्थापन र सञ्चालन गर्नेछन्।

कार्यक्रमका दौरान विभिन्न अनुभवी परामर्शदाताहरूले सहभागी विद्यार्थीलाई मार्गदर्शन गर्नेछन्। सहभागी टिमहरूले आफ्नो प्रोजेक्ट जुरी सामु प्रस्तुत गर्नेछन्। नयाँ प्रोजेक्ट, त्यसको सम्भाव्यता, प्रभाव र एस.डी.जी.सँगको सम्बन्धका आधारमा प्रोजेक्ट मुल्यांकन हुनेछ ।

फाउण्डेशनका अध्यक्ष इन्जिनियर पङ्कज जालानले ह्याकाथन विद्यार्थीहरूको नेतृत्व विकासका लागि उत्कृष्ट अवसर भएको बताउनुभयो। कार्यकारी निर्देशक इन्जिनियर प्रकाश कुमार केजरीवालले विद्यार्थीहरूले प्रतिस्पर्धा मार्फत नवप्रवर्तनात्मक समाधान विकास गर्नुका साथै जीवन उपयोगी सीप सिक्ने उल्लेख गर्नुभयो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीले पुरस्कार समेत पाउने छन् ।

ह्याक भनेको क्र्याक र म्याराथन भनेको दौडनु हो । ह्याक र म्याराथन मिलेर ह्याकाथन बनेको हो । मानिसको दैनिक जीवनमा अनेकन समस्या आउँछन् । कसरी समस्या समाधान गर्ने भन्ने चिन्ता मानिसलाई हुन्छ । ती समस्यालाई कम्प्युटरमा एप बनाएर वा सफ्टवेयरको माध्यमबाट दैनिक जीवनलाई सहज बनाउनेलाई ह्याकाथन भनिन्छ ।

कम्प्युटर, एप, सफ्टवेयरको माध्यमबाट मानिसको समस्यालाई समाधान गर्नु हो । मानिसको समस्यालाई ह्याक गरेर निश्चित समयमा समाधान निकाल्नु हो । ह्याकाथन भनेको कम्प्युटरले ब्रेनको काम गर्नु हो ।

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन...

वि.सं.२०८२ वैशाख १० बुधवार २३:४३

  काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल...

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय बने बरिष्ठ नायव सीईओ

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:०९

    काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा सीमा ८० बाट ६० प्रतिशतमा घटाएपछि व्यवसायी चिन्तित

ईभी बजारमा झट्का : राष्ट्र बैंकले कर्जा...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:३०

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को प्रयोग प्रारम्भ ट्रली बसमार्फत...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय...

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको...

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार ०९:२३

  काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल...