Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नरहेको बताएका छ्न ।

बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा ब्रिफिङ गर्दै उनले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको बताएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका हुन् ।


उनले भने,सभापतिको भनाई यही हो । एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने हो । मुलुकमा सुशासन र मूलुकमा आर्थिक समृद्धि गर्ने हो यसै विषयमा केन्द्रित भएर तपाईहरु काम गर्नुस् । हामी दुई दलबीचमा कुनै समस्या छैन भन्ने नै आजको निश्कर्ष हो ।’

उनले बैठकमा मन्त्रीहरुसँग सेवा प्रवाहको कुरामा नागरिकलाई बढि भन्दा बढि सेवा राम्रो ढंगले प्रवाह गर्ने र मूलुकमा आर्थिक समृद्धि गर्ने सुशासन कायम गर्ने कुरामा केन्द्रीत रहेर काम गर्ने कुरामा छलफल भएको बताए ।

त्यस्तै उनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको घटना दुःखद भएको भन्दै घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने पनि बताए ।

उनले भने,‘यो देशमा लोकतन्त्र छ । व्यवसायिक स्वतन्त्र छ । मानिसले आफ्नो व्यवसाय गर्न पाउँछ । त्यसमा बाधा व्यवधान गर्ने र अराजकता गर्ने कानुन विपरीत काम गर्ने जो सुकैलाई पनि दण्डित हुन्छ । जुन दिनेश त्रिपाठीमाथि घट्ना भएको छ यो अत्यन्तै निन्दनीय र गलत काम भएको छ । यस्तो अराजकता गर्ने जुनसुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ ।’

धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर र वडा...

वि.सं.२०८२ असार ३१ मंगलवार १०:२२

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन...

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा गरे, रूस विरुद्ध कर लगाउने धम्की दिए

ट्रम्पले युक्रेनलाई हतियार दिएर समर्थन गर्ने वाचा...

वि.सं.२०८२ असार ३१ मंगलवार १०:१४

  काठमााडौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिएर...

केही पाइन्छ कि भनेर १० करोडको भवन हस्तान्तरण गरेको होइन : मीन बहादुर गुरुङ

केही पाइन्छ कि भनेर १० करोडको भवन...

वि.सं.२०८२ असार ३१ मंगलवार ०८:२०

  काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम उद्योगी मीन...

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको आग्रह

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्य बनाउन राष्ट्रपतिको...

वि.सं.२०८२ असार ३० सोमवार १८:४७

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक...

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै : मन्त्री पाण्डे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :...

वि.सं.२०८२ असार ३० सोमवार १७:१८

  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले...

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको उत्साह

शेयर बजारमा एक दिनपनि टिकेन मौद्रिक नितीको...

वि.सं.२०८२ असार ३० सोमवार १७:१५

काठमाडौं । मौद्रिक नीतिको उत्साह एक दिन पनि टिक्न नसकेपछि...