CG Electronics
IME Life
NIMB

कजारिया रमेश टायल्स लिमिटेड द्वारा पार्टनर्स मिट आयोजना

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं ।  कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौँ म्यारियट होटलमा आफ्नो डिलर्स मीट आयोजना गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। यस विशेष कार्यक्रममा नेपालभरिबाट १०० भन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कजारिया सिरेमिक्स लिमिटेड इंडियाका संयुक्त प्रबन्ध निर्देशक श्री चेतन कजारिया र श्री ऋषि कजारियाले उपस्थित भएर सम्बोधन गरी कार्यक्रममा डिलरहरूसँग सक्रिय रुपमा सम्वाद गर्नुभयो। साथै डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउन भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने योजना व्यक्त गर्नुभएको छ।

कार्यक्रमको प्रमुख आकर्षण कजारिया रमेश टायल्स लिमिटेडको नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३०ह६० सिएम सिरेमिक वाल टायलको भव्य सार्वजनिक प्रदर्शन थियो। आधुनिक प्रविधिले बनेको यस टायलले उत्कृष्ट डिजाइन र मजबुतिको उदाहरण प्रस्तुत गरेको छ। नेपालमा पहिलो पटक यसलाई प्रस्तुत गर्दै, कजारिया रमेश टायल्स लिमिटेडले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिश डिजाइनहरू ल्याउँदै छ।

कजारिया रमेश टायल्स लिमिटेडले डिलरहरूका लागि अर्डर बुकिङ्ग योजना सुरू गरेको छ, जसमा अर्डर गर्ने डिलरहरूलाई सुन र चाँदीका पुरस्कार दिइनेछ। कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विदेश यात्रा योजनाका विजेता पनि घोषणा गरेको छ, जसमा उत्कृष्ट प्रदर्शन र योगदान देखाएका २५ जना डिलरलाई जापानको, १३ जना डिलरलाई थाइल्याण्डको र ६ जना डिलरलाई सिंगापुरको लागि टिकट वितरण गरिएको छ । यस कार्यक्रमले कजारिया रमेश टायल्स लिमिटेडका लागि डिलर नेटवर्कलाई अझ मजबुत बनाउन र नेपालमा गुणस्तरीय उत्पादन ल्याउने प्रतिबद्धतालाई बलियो बनाउने नयाँ अध्यायको सुरुवात गरेको छ।

कजारिया रमेश टायल्स लिमिटेड, रमेश कर्प र कजारिया सिरेमिक्सको संयुक्त उपक्रमले, नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल फ्याक्ट्री निर्माण गर्दैछ जसमा रु.४०० करोडको लगानी गरिएको छ। यो फ्याक्ट्रीमा स्थानीय सामग्रीहरुको प्रयोग गरी वार्षिक ८० लाख वर्ग मिटर टायल उत्पादन गरिनेछ । यसले नेपाललाई टायल्समा आत्मनिर्भर बनाउने, अर्थतन्त्रलाई विकास गर्ने, हजारौं रोजगारको अवसर सिर्जना गर्ने र विश्वस्तरीय टायल्स उपलब्ध गराउने लक्ष्य राखेको छ।

 

 

 

मोबाइल नम्बर परिवर्तन हुँदा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन राष्ट्र बैंकको आग्रह

मोबाइल नम्बर परिवर्तन हुँदा वित्तीय सेवा प्रदायकलाई...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:०९

  काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल नम्बर वा इमेल...

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

सर्वोत्तम पेन्ट्सले जेठ २८ देखि सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ १९ मंगलवार १०:०६

  काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो’ प्रचार गरियो

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४८

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि...

‘इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी

‘इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:४०

  चितवन, सौराहा । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी...

कजारिया रमेश टायल्सद्वारा रणवीर र रश्मिकासँग ’घरमा कजारिया…’ अभियान सार्वजनिक

कजारिया रमेश टायल्सद्वारा रणवीर र रश्मिकासँग ’घरमा...

वि.सं.२०८३ जेठ १८ सोमवार २२:३७

  काठमाडौं, नेपाल – २०८३ जेठ १० – प्रिमियम होम...

हिमालय एयरलाइन्सद्वारा ऐतिहासिक काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सुरु

हिमालय एयरलाइन्सद्वारा ऐतिहासिक काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सुरु

वि.सं.२०८३ जेठ १८ सोमवार २२:३०

  नेपालको प्रमुख अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्स (IATA: H9)...