Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

Machhapuchchhre Bank Limited

 

काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता अभिबृद्धिका लागि स्थान्तरण प्रक्रिया अघि बढाएको छ ।

बुधबार निगमले पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपोको स्थानान्तरण, भण्डारण क्षमता अभिवृद्धि एवं नयाँ स्मार्ट डिपो निर्माण सम्बन्धी निर्देशन भए बमोजिम डिपो स्थान्तरण प्रक्रिया अघि बढाईएको जानकारी दिएको हो ।

‘सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको पायक पर्ने स्थान अतरिया चोकबाट नजिकको स्थानमा जग्गा प्राप्तीका लागि निर्देशन भए बमोजिम साबिक श्रीपुर गाविस वडा नम्बर ७, हाल कैलाली जिल्ला गोदावरी नगरपालिका ८ मा पर्ने अतरिया चोकबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा रहेको पूर्वपश्चिम राजमार्गलाई छुने २० बिघा १६ कट्ठा ८ धुर जग्गा डिपो स्थान्तरणका लागि उपयुक्त देखिएको छ । तसर्थ उपरोक्त जग्गा प्राप्ति ऐन २०३४ अनुसार प्राप्तिको प्रक्रिया अगाडि बढाउन सिफारिस समेत गरिसकिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल आयल निगम लिमिटेडले वि सं २०३७ सालमा तत्कालीन पेट्रोलियम पदार्थको मागलाई दृष्टिगत गरी निर्माण गरिएको धनगढी डिपोको भण्डारण क्षमता हालको बजार मागलाई अपुग हुनुको साथै डिपोको भौतिक पूर्वाधार जीर्ण भइरहेको समेत जानकारी दिएको छ ।

यसैगरी आयल निगमले एक विघा ८ कठ्ठामा संचालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेको हुनाले स्थान्तरण अनिवार्य भएको जनाएको छ ।

यसै सन्दर्भमा निगमको आर्थिक वर्ष २०८१–८२ को बजेटमा संचालक समितिद्वारा ‘सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने नीति अनुरुप कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइने जानकारी निगमले गराएको छ ।

यसैगरी निगमको विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, काठमाडौ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा इन्धन भण्डारण गृह रहेका छन् । हाल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता ७९ हजार ९ सय ९० किलोलिटर रहेको छ भने करिब ६ सय कर्मचारी निगममा कार्यरत छन् ।

वर्तमान समयमा नेपालमा पेट्रोलियम पदार्थको माग १.९ मिलियन टन रहेको छ र वार्षिक १० प्रतिशतका दरले मागमा वृद्धि भइरहेको छ । हाल देशमा हुने कुल ऊर्जा खपतमध्ये १५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थको रहेको छ र मुलुकभर पेट्रोलियम पदार्थको माग निरन्तर बढिरहेको छ । यस तथ्यलाई मध्यनजर गर्दै निगमले आफ्ना डिपोहरुको समयानुकुल स्तरउन्नती गर्दै जानुपर्ने भएकाले नै धनगढी डिपोको स्थान्तरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू, सयौं पदमा आवेदन खुला

बुढानिलकण्ठमा चौथो रोजगार तथा वृत्ति मेला शुरू,...

वि.सं.२०८१ फागुन २ शुक्रवार २०:१४

  काठमाडौं, फागुन २ गते। बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा चौथो रोजगार...

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा रहेका परिवारलाई फाइदा

चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०७

  काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल...

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको माध्यम अपनाउनुपर्छ : मन्त्री अधिकारी

गोरु पालेर र जोतेर मात्रै हुँदैन्, यान्त्रिकरणको...

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:०२

  यान्त्रिकरणको माध्यमबाट अगाडि जान सके कृषि नै व्यवसायीक समृद्धिको...

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

मन्त्रालयले नसर्ने रोगहरूका बारेमा अभियान संचालन गर्दै

वि.सं.२०८१ फागुन १ बिहीवार १४:२८

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगहरूको रोकथाम,...

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को मधेश प्रदेश स्तरीय कमिटी गठन

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन (NNETA) को...

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३६

धनुषा, २०७८ पौष ७ – नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन...

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध छ : मन्त्री शाही

निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि...

वि.सं.२०८१ माघ ३० बुधवार २३:२३

    काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर...