Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

Machhapuchchhre Bank Limited

 

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न तथा स्मार्ट बनाउने गरि स्थानान्तरण गर्ने तयारी गरेको छ ।

२०८४ बैशाख भित्र निर्माण सक्ने लक्ष्य लिइएको डीपोको कुल अनुमानित लागत साढें ३ अर्ब हुनेछ।
हाल घना बस्तीका बिचमा रहेको सुदूरपश्चिम प्रादेशिक कार्यालय असुरक्षित भएको र साँघुरो भएको भन्दै स्थानान्तरण गर्न लागिएको हो। हाल रहेको डीपो कुल १ बिगाहा ८ कट्ठा क्षेत्रफलमा रहेको छ। अब निर्माण हुने डीपोका लागि हाल २० बिगाहा १६ कट्ठा ८ धुर क्षेत्रफल जग्गा प्राप्त भएको छ ।

आयल निगमको हवाइ इन्धन डीपो सिनामंगलका प्रमुख ईन्जिनियर प्रदीप यादवले सुदुरपश्चिमका नौ जिल्लाको मागलाई धान्ने गरेर नयाँ डीपो निर्माणका लागि जग्गा प्राप्त भइसकेको बताए।

२०३७ सालमा स्थापना भएको डीपो जीर्ण भइसकेको र त्यसबेला दैनिक ४ ट्यांकर मात्र माग हुने अवस्थामा निर्माण भएकाले हालको माग सो डीपोले धान्न नसक्ने अवस्था रहेको तथा सुरक्षाका हिसाबबाट पनि असुरक्षित भएको बताए।
’धनगढी डीपो २०३७ सालमा स्थापना भएको हो, त्यसबेला दैनिक ४ ट्यांकर इन्धनको माग धान्ने गरेर निर्माण भएको थियो, अहिले ९ जिल्लाको माग धान्न सक्ने अवस्थामा सो डीपो छैन, त्यसकारण स्थानान्तरण गरेर सुरक्षित र सुविधा सम्पन्न बनाइने गरेर तयारी अघि बढाइएको हो, यादवले भने।

यादवले नयाँ बन्ने डीपो पुर्णरुपमा अटोमेसनमा आधारित र डीजीटल हुने बताए। २०८२ बैशाख पहिलो हप्ता डीपो निर्माणको शिलान्यास गरिने र नयाँ बन्ने डीपोको डीपीआर काठमाडौ विश्वविद्यालयले बनाउने उनले जानकारी दिए। काठमाडौं विश्वविद्यालयका ई विवेक बरालले तोकिएकै समयमा काम सक्नेगरी आफुहरूले काम गर्ने बताए ।

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण, दैनिक १० लाखको कारोवार

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण,...

वि.सं.२०८१ माघ २७ आइतवार १६:२५

  काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार...

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

वि.सं.२०८१ माघ २७ आइतवार १५:०३

  काठमाडौं। अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

वि.सं.२०८१ माघ २७ आइतवार १४:२३

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ...

वि.सं.२०८१ माघ २७ आइतवार १४:१४

  काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय...

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०६

  जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड...

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ : मन्त्री गुरूङ

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आदिवासी...