NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

NIMB
leapmotornepal (citroen)

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को डिनमा निर्विरोध निर्वाचित भएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा फिलिपिन्सका लागि नेपालका मानार्थ वाणिज्यदूत रहेका वैद्यलाई काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले सर्वसम्मत रूपमा नयाँ डिन चयन गरेको हो। यसअघि बुल्गेरियाका लागि नेपालस्थित मानार्थ वाणिज्यदूत भोला थापा डिन थिए भने पासाङ दावा शेर्पा भाइस डिनमा चयन भएका छन्।

नेपालको औद्योगिक क्षेत्रमा लामो अनुभव बटुलेका वैद्यको नेतृत्वमा रहेको वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउस छ दशकभन्दा पुरानो व्यावसायिक समूह हो। समूहले टोयोटा गाडीको आधिकारिक वितरकका रूपमा लामो समयदेखि काम गर्दै आएको छ भने सिमेन्ट, अटोमोबाइल र हस्पिटालिटी क्षेत्रमा पनि लगानी विस्तार गरिरहेको छ।

डिनमा निर्वाचित भएपछि बिहीबार जारी प्रेस वक्तव्यमा वैद्यले नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) आकर्षित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा आर्थिक कूटनीतिलाई थप सुदृढ बनाउने कार्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताएका छन्। उनले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै आर्थिक सहकार्य विस्तार गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

वैद्यका अनुसार एचसीसीएनले हाल विश्वका ६४ भन्दा बढी मुलुकको प्रतिनिधित्व गरिरहेको छ। ती मुलुकसँगको सहकार्यले नेपालमा विदेशी लगानी, अन्तर्राष्ट्रिय व्यापार, प्रविधि, नवप्रवर्तन तथा पर्यटन प्रवर्द्धनका नयाँ अवसर सिर्जना हुने विश्वास उनले व्यक्त गरे। पाँच अर्बभन्दा बढी जनसंख्या र १०० ट्रिलियन अमेरिकी डलरभन्दा बढी संयुक्त आर्थिक आकार भएका ती मुलुकसँग सम्बन्ध विस्तार गर्नु नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण अवसर भएको उनको भनाइ छ।

उनले नेपालले लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटन विस्तार गर्ने र अन्तर्राष्ट्रिय व्यापार बढाउने लक्ष्य लिएको वर्तमान अवस्थामा आर्थिक कूटनीतिको महत्व झन् बढेको उल्लेख गरे। मानार्थ वाणिज्यदूतहरूले सरकार–सरकारबीच मात्र नभई निजी क्षेत्र, लगानीकर्ता, उद्यमी, शैक्षिक संस्था र समुदायबीच सहकार्य विस्तार गर्ने सेतुको भूमिका निर्वाह गर्ने उनले बताए।

वैद्यले आफ्नो कार्यकालमा एचसीसीएनले नेपाल सरकार, सम्बन्धित मन्त्रालय, संवैधानिक निकाय तथा निजी क्षेत्रसँग सहकार्य गर्दै सदस्यहरूले प्रतिनिधित्व गर्ने मुलुकसँगको सम्बन्ध अझ गहिरो बनाउने जानकारी दिए। त्यसमार्फत गुणस्तरीय विदेशी लगानी भित्र्याउने, पर्यटन प्रवर्द्धन गर्ने, प्रविधि तथा ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्ने, व्यापार तथा बजार पहुँच विस्तार गर्ने र शैक्षिक एवं सांस्कृतिक आदान–प्रदानलाई थप सशक्त बनाउने लक्ष्य लिइने उनले बताए।

उनले नेपालको दिगो विकासका लागि सरकार, निजी क्षेत्र, कूटनीतिक समुदाय र नागरिक समाजबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै एचसीसीएनले आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल, अनुभव र सद्भावलाई नेपालको दीर्घकालीन विकास प्राथमिकताका पक्षमा परिचालन गर्ने बताए। साथै, नेपालस्थित कूटनीतिक समुदाय, विकास साझेदार, व्यावसायिक नेतृत्व तथा अन्य सरोकारवालासँग मिलेर नेपालको अन्तर्राष्ट्रिय छवि थप सुदृढ बनाउने, नयाँ आर्थिक सहकार्यका अवसर सिर्जना गर्ने र समृद्ध नेपालको निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

वैद्यले आफूलाई डिनको जिम्मेवारीमा चयन गरेकोमा एचसीसीएनका सदस्यहरूप्रति आभार व्यक्त गर्दै संस्थालाई वर्तमान अवस्थासम्म पुर्‍याउन योगदान दिएका निवर्तमान डिन तथा पूर्व नेतृत्वप्रति पनि कृतज्ञता व्यक्त गरेका छन्।

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता, एकमाथिको आक्रमण सबैमाथिको आक्रमण मानिने

साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता,...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:४८

  काठमाडौं । साउदी अरब, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...