Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको र्मक्युर होटेलको आज उद्घाटन गरेका छन् । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक र्मक्युर होटेल सञ्चालनमा आएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायकामा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने जनाए ।

 

देशबन्धु बस्नेतले तीन अर्ब रुपैयाँ लगानी गरेर होटेल निर्माण गरेका हुन् । जसको व्यवस्थापनमा फ्रान्सेली एक्कोर समूहको मर्क्योर ब्रान्डलाई भित्रिएको छ ।

विश्वभर होटेल व्यवस्थापन गर्दै आएको एक्योर समूह पहिलो पटक नेपाल भित्रिएको हो । प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन मर्क्योर होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली पर्यटनमा फ्रान्सेली पर्यटकको योगदान पनि स्मरण गरेका थिए । ‘फ्रान्सेली आरोही मौरिस हर्जोगको टोलीले पहिलो पटक आठ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण हिमाल सफल आरोहण गरेपछि नेपाली पर्यटनको ढोका खुलेको थियो’ उनले भने, ‘नेपालको पर्यटन विकासमा फ्रान्सेली नागरिकको ठूलो योगदान छ ।’

सुकेधारा हाइटमा ठडिएको १२ तले होटेलमा १०४ कोठाहरु छन् । बाह्रौं तलामा अकर्षक इन्फिनिटी स्विमिङ पुल छ, जहाँबाट काठमाडौं उपत्यका र आसपासका हरियाली डाँडाहरु अवलोकन गर्न सकिन्छ ।

 

पाँच रोपनी क्षेत्रफलमा बनेको होटेलमा ११औं तलामा इन्डियन र भुइँ तलामा इटालियन रेष्टुराँ रहेको छ । यस्तै, चार सय जना अटाउने ब्यांक्वेट हल पनि छ । होटेलले दुई सयभन्दा बढीलाई रोजगारी दिएको छ ।

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जना...

वि.सं.२०८२ असार ८ आइतवार २३:४६

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास...

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने

विकास र सम्मृद्धिका लागि अवैतनिक वाणिज्यदूतहरूको उचित...

वि.सं.२०८२ असार ८ आइतवार १९:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको स्ववियु वैधानिक, दुवै रिट खारेज

अदालतको फैसला : लोकेश र शैलेन्द्र नेतृत्वको...

वि.सं.२०८२ असार ७ शनिवार २२:५४

  काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी...

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा सुरु

वि.सं.२०८२ असार ७ शनिवार २२:३८

  चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले...

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

सुनकाण्डकी फरार अभियुक्त अमला रोका टोखाबाट पक्राउ

वि.सं.२०८२ असार ७ शनिवार २०:३५

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा...