CG Electronics
Ncell NPL
NIMB

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको र्मक्युर होटेलको आज उद्घाटन गरेका छन् । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनीको मातहतमा नेपालमा पहिलो पटक र्मक्युर होटेल सञ्चालनमा आएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायकामा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने जनाए ।

 

देशबन्धु बस्नेतले तीन अर्ब रुपैयाँ लगानी गरेर होटेल निर्माण गरेका हुन् । जसको व्यवस्थापनमा फ्रान्सेली एक्कोर समूहको मर्क्योर ब्रान्डलाई भित्रिएको छ ।

विश्वभर होटेल व्यवस्थापन गर्दै आएको एक्योर समूह पहिलो पटक नेपाल भित्रिएको हो । प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन मर्क्योर होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली पर्यटनमा फ्रान्सेली पर्यटकको योगदान पनि स्मरण गरेका थिए । ‘फ्रान्सेली आरोही मौरिस हर्जोगको टोलीले पहिलो पटक आठ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण हिमाल सफल आरोहण गरेपछि नेपाली पर्यटनको ढोका खुलेको थियो’ उनले भने, ‘नेपालको पर्यटन विकासमा फ्रान्सेली नागरिकको ठूलो योगदान छ ।’

सुकेधारा हाइटमा ठडिएको १२ तले होटेलमा १०४ कोठाहरु छन् । बाह्रौं तलामा अकर्षक इन्फिनिटी स्विमिङ पुल छ, जहाँबाट काठमाडौं उपत्यका र आसपासका हरियाली डाँडाहरु अवलोकन गर्न सकिन्छ ।

 

पाँच रोपनी क्षेत्रफलमा बनेको होटेलमा ११औं तलामा इन्डियन र भुइँ तलामा इटालियन रेष्टुराँ रहेको छ । यस्तै, चार सय जना अटाउने ब्यांक्वेट हल पनि छ । होटेलले दुई सयभन्दा बढीलाई रोजगारी दिएको छ ।

CG Electronics
रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:५३

  काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को...

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल...

वि.सं.२०८२ माघ २२ बिहीवार २१:१६

  काठमाडौं । पछिल्लो समय डेटा साइन्स, मसिन लर्निङ, एआई...

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद चौधरी

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १७:३०

  आगामी फागुन २१ को आम निर्वाचनको सन्दर्भमा नवलपरासी–१ अन्तर्गत...

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस कटिबद्ध: विनोद चौधरी

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस...

वि.सं.२०८२ माघ २१ बुधवार १६:१४

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली...

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद चौधरी

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १६:११

  काठमाडौ । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १...

नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” सार्वजनिक

नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ...

वि.सं.२०८२ माघ २१ बुधवार १२:१४

  काठमाडौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल...