Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक : अध्यक्ष ढकाल

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताउनु भएको छ ।

“ग्रामिण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस महोत्सव”को नारा सहित कास्की जिल्लाको म्याग्दी गाउँपालिका १ स्थित सिक्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको धारणा राख्नु भयो ।

नेपालमा पर्यटनको अथाह सम्भावना रहेको बताउँदै उहाँले पर्यटनबाट देशको समग्र अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्न सकिने बताउनु भयो । उहाँले सिक्लेसमा नयाँ केवलकार निर्माणको चरणमा रहेको र केवलकार निर्माणसंगै त्यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिने समेत बताउनु भयो ।

“सिक्लेस एउटा आर्कषक पर्यटकीय गन्व्यका रुपमा देश तथा विदेशमा प्रख्यात नै छ । केवलकार निर्माणले सिक्लेसमा नयाँ पर्यटकीय पूर्वाधार थपिनेछ । केवलकारले यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवद्र्धन, आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्ने छ । ” उहाँले भन्नु भयो ।

सिक्लेस देखि कोरीसम्म बन्ने नयाँ केवुलकारको लागि प्रकृयागत कामहरु सकिईसकेको जानकारी दिँदै उहाँले केवलकार निर्माणले सो क्षेत्रको सााजिक तथा आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

यस्तै उहाँले पर्यटनको लागि स्थानीय कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लवले निर्वाह गरेको भूमिकाको सर्हना गर्नुभयो ।

मेलाको उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पर्यटन आर्थिक विकासको आधार रहेको उल्लेख गर्दै पूर्वाधार विकास तथा अन्य सहजीकरणका लागि सरकार सधैं तयार रहेको बताउनु भयो ।

गुरुङ जातीको बाहुल्यता रहेको सिक्लेस गाउँ कास्कीको मादी गाउँपालिका–१ मा पर्दछ । पर्यटकीय गाउँ सिक्लेसबाट नजिकै अन्नपूर्ण र लमजुङ हिमश्रृंखला देख्न सकिन्छ । कास्की जिल्लाको उत्तरपूर्वी भागमा रहेको सिक्लेस पोखराबाट करिब ४० किमिको दूरीमा पर्दछ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे :...

वि.सं.२०८२ मंसिर १ सोमवार १९:४९

  काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार...