Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेपाल लाइफद्वारा एक दिवसीय बिक्री रूपान्तरण सत्र सम्पन्न

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं। नेपालकाे अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा एक दिवसीय बिक्री रूपान्तरण सत्र सम्पन्न गरेको छ। कार्यक्रममा चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक व्यापार समीक्षासँगै बाँकी अवधिका लागि नयाँ सेल्स रणनीति तर्जुमा गरिएको थियो।

कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (CEO) प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेलसहित उच्च व्यवस्थापन टोली र प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो।

अग्रवालले कम्पनीले प्रतिकूल आर्थिक अवस्थाका बाबजुद प्राप्त गरेको सफलतामा समर्पित नेपाल लाइफ टिमलाई धन्यवाद व्यक्त गर्दै कम्पनी अझ ठूलो उपलब्धि हासिल गर्न सक्षम रहेको बताए। उनले ग्राहकमैत्री सेवा विस्तारका लागि संचालक समिति सधैं प्रतिबद्ध रहने जनाए।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गर्दै बीमा बजारको विस्तार र सचेतना अभिवृद्धिमा थप योगदान दिनुपर्नेमा जोड दिए। उनले बीमा क्षेत्रमा अझै ठूलो सम्भावना रहेको भन्दै नयाँ इनोभेटिभ प्रोडक्टमार्फत बजार विस्तार गर्न योजना बनाइएको जानकारी गराए।

कार्यक्रममा सेल्स विभाग प्रमुख र प्रादेशिक प्रमुखहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गरे। नेशनल सेल्स हेड उमापति पोखरेलले बीमा बजारको विस्तार र कम्पनीको व्यवसायिक उचाइमा पुर्याउन नेपाल लाइफको सेल्स टिम पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

कम्पनीले आगामी दिनमा लगानी विविधिकरण, डिजिटल सेवा विस्तार, र कर्मचारी दक्षता विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति विवादमा

क्यान अध्यक्ष पाण्डेको विधान विपरित कार्यबाहक नियुक्ति...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:३९

  काठमाडौं — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघकी अध्यक्ष...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट पार्टनर घोषणा

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपाल प्रिमियर...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:२८

  काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको...

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:११

  काठमाडौँ। रेमिटेन्स तथा मनि ट्रान्सफर व्यवसाय सञ्चालन गर्ने कम्पनीहरू...