Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको एलिट अचिभर्स नाइट सम्पन्न

 

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि एमडिआरटी, सीओटी र टटमा योग्य भएका एजेन्सी म्यानेजरहरूको सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रमको आयोजना राजधानीस्थित एक रिसोर्टमा गरिएको थियो। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरूको उपस्थिति थियो।

२०२५ का लागि कम्पनीले १ जना टट, २ जना सिओटी र २४ जना एमडिआरटीका सदस्यहरूलाई योग्य ठहर गरेको छ। यसै अवसरमा, टटको लागि योग्य भएका नमिता न्यौपाने, सिओटीका लागि रण बहादुर तामाङ र नारायण बहादुर गुरुङलाई सम्मान गरिएको थियो।

सैनिमा रिलायन्स लाइफ इन्स्योरेन्सका अनुसार, विश्वभरिका अभिकर्ताहरूका लागि मिलियन डलर राउन्ड टेबल (एमडिआरटी) अत्यन्त प्रतिष्ठित मञ्च हो। यसमा सहभागी हुन कडा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। २०२५ का लागि एमडिआरटीको लक्ष्य ४६ लाख ९२ हजार ९००, सिओटीको लागि १ करोड ४० लाख ७८ हजार ७०० र टटको लागि २ करोड ८१ लाख ५७ हजार ४०० तोकिएको थियो।

कार्यक्रमका दौरान, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले समर्पित एजेन्सी म्यानेजरहरूलाई बधाई दिँदै, आगामी अन्तर्राष्ट्रिय मञ्चहरूमा अझ बढी सहभागिता सुनिश्चित गर्नका लागि कम्पनीले आवश्यक सहयोग र प्रोत्साहन दिने प्रतिबद्धता व्यक्त गरे। उनले कम्पनीको व्यवसाय विस्तारमा अभिकर्ताहरूको भूमिकालाई महत्वपूर्ण मान्दै धन्यवाद पनि प्रदान गरे।

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...