हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा आशिष ढकाल नियुक्त

Monday Feb 17, 2025
वि.सं.२०८१ फागुन ५ सोमवार ०८:३१

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सञ्चालक समितिमा आशिष ढकाललाई नियुक्त गरेको छ। सर्वसाधारण समूह तर्फबाट रिक्त रहेको सञ्चालक पदमा ढकालको नियुक्ति गरिएको कम्पनीले जनाएको छ।
कम्पनीको केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौँमा शुक्रबार (फागुन २ गते) दिउँसो २ बजे बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। कम्पनी सचिव ईश्वर कुमार सेडाईले ढकालको नियुक्तिको जानकारी दिएका छन्।
यसअघि ढकालले विभिन्न संस्था र कम्पनीहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनको नेतृत्व र अनुभवलाई हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत विकासमा उपयोगी मानेको देखिन्छ।
कम्पनीले ढकालको नियुक्तिलाई संस्थाको रणनीतिक योजना र विकासका लागि महत्वपूर्ण कदम मानेको छ। उनको नेतृत्वमा कम्पनीले अगाडि बढ्ने अपेक्षा गरिएको छ।