CG Electronics
IME Life
NIMB

ओ.पी. जिंदल विश्वविद्यालय र लिंक वेभ ग्लोबल स्टडीबीिच समझदारी पत्रमा हस्ताक्षर

NIMB
Himalayan Bank

 

काठमाडौं, फेब्रुअरी 21, 2025 – ओ.पी. जिंदल विश्वविद्यालय (OPJU) र लिंक वेभ ग्लोबल स्टडीबीच नेपालमा उच्च शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यसहित समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ।

ओ.पी. जिंदल विश्वविद्यालयका उपकुलपति डा. आर.डी. पाटीदारले MoU हस्ताक्षर समारोहमा बोल्दै विश्वविद्यालयले गुणस्तरीय शिक्षामा केन्द्रित रही अन्तर्राष्ट्रिय विद्यार्थीहरूको उच्चतम हेरचाह एवं आफ्नै उद्योगमा रोजगारीको अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले OPJU ले औद्योगिक सम्बन्ध मजबुत बनाउँदै विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरिरहेको उल्लेख गर्नुभयो।

लिंक वेभ ग्लोबल स्टडीका कार्यक्रम निर्देशक कपुर थापाले OPJU लाई नेपालमा सशक्त रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “लिंक वेभ OPJU को नेपाल बजारमा सशक्त रूपमा उपस्थिति बनाउनेछ। दुबै संस्थाले एक-अर्कालाई परिपूरक बनाउँदै नेपाली विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक तथा औद्योगिक अवसरहरू उपलब्ध गराउनेछन्।”

ओ.पी. जिंदल विश्वविद्यालय इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान तथा टेक्नोलोजी जस्ता लोकप्रिय पाठ्यक्रमहरूका लागि प्रख्यात छ। साथै, विश्वविद्यालयको आफ्नै उद्योगहरूसँग प्रत्यक्ष सम्बन्ध रहेकोले विद्यार्थीहरूले अध्ययनकै क्रममा व्यावहारिक तालिम तथा रोजगारीको अवसर पाउनेछन्।

यस समझदारीले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा, गुणस्तरीय प्रशिक्षण, तथा रोजगारीका अवसरहरूमा सहज पहुँच पुर्‍याउने विश्वास गरिएको छ।

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...