CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय हो : राष्ट्रपति

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताएका छन् ।

राष्ट्रपति पौडेलले महाशिवरात्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गरेका छन् ।

‘वैदिक परम्परामा शिवलाई मूलतःः संहारका शक्ति मानिएको भए तापनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सृजनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन्’, उनले भने, ‘सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यं शिवं सुन्दरम्‌’ प्राचीन लोकोक्तिका रूपमा छ ।

महाशिवरात्रिको यस पावन अवसरमा हामीले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवद्र्धन गर्न प्रण गर्नुपर्छ, हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्ता समक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।

काठमाडौं उपत्यकाको जलाधारका रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राख्नु हामी सबैको दायित्व हो ।’उनले नेपालका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको उल्लेख गर्दै आराध्यदेव श्री पशुपतिनाथ एवं किराँतेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको उल्लेख गरेका छन् ।

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:५५

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक काठमाडौं । सञ्चालनमा रहेका २०...