CG Electronics
Ncell NPL
NIMB

प्रधानमन्त्रीको पानीजहाज सपना : मेरो प्रेरणाको स्रोत

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

नेपालमा धेरैले खिसिट्युरी गरेको विषय हो– नेपालको आफ्नै पानीजहाज चलाउने विषय । माननीय श्री केपी शर्मा ओलीज्यू पहिलोपटक प्रधानमन्त्री हुँदा महत्वाकांक्षी योजना अगाडि सार्दै भन्नुभएको थियो– ‘नेपालको राष्ट्रिय झण्डा फहराउँदै पानीजहाज समुद्रमा अब छिट्टै चल्नेछन् !’ प्रधानमन्त्रीको यो भनाइलाई धेरैले व्यंग्य गरे, बाल्टीमा पानी राखेर कागजको पानीजहाज चलाए र, सामाजिक सञ्जालमा मिम र ट्रोल बनाए ।

सम्माननीय प्रधानमन्त्री ओलीले नेपाली राष्ट्रिय झण्डा फहराएर समुद्रमाथिको मुलुकको अधिकारको प्रयोगमा पानी जहाज चलाउने कुरा गरिरहँदा एमालेका कतिपय नेताले समेत पत्याएको जस्तो पाइएन । तर, मेरो दिमागमा ‘क्लीक’ भयो । प्रधानमन्त्रीको पानीजहाज सञ्चालन गर्ने भाषण नै मेरो लागि प्रेरणाको स्रोत बन्यो । यस विषयमा मैले बुझ्ने प्रयास गर्न थालेँ ।

प्रधानमन्त्रीले नेपालको झण्डा फहराउँदै समुद्रमा नेपालको आफ्नै पानी जहाज सञ्चालन गर्ने योजनाले हामीलाई यस व्यवसायमा हात हाल्न आँखा खोल्यो । प्रधानमन्त्रीले बोलीसकेपछि यो काम अगाडि बढ्छ जस्तो पनि लाग्यो । प्रधानमन्त्रीसँग भेट्न गयौं । पानी जहाज सञ्चालनको विधेयक २०२७÷२८ सालमै आएको रहेछ । राजा महेन्द्रले पनि पानी जहाज चलाउने सोच बनाउनुभएको रहेछ । तर, ५०–५५ वर्षसम्म ओलीबाहेक यो सोच कुनै नेतालाई आएन ।

पानीजहाज सञ्चालनका लागि तत्कालिन उद्योगमन्त्री नवराज सुवेदीलाई जिम्मेवारी दिइएको रहेछ । मैले उहाँसँग पनि भेटेर यस विषयमा बुझें । अहिले सुवेदी ८८ वर्षको हुनुहुन्छ । तत्काल पानीजहाज दर्ता गर्ने प्राधिकरण चाहियो, पानी जहाजका लागि छुट्टै नियमनकारी निकाय हुनुपर्छ भन्ने कुरा उहाँले राख्नुभयो । आजभन्दा करीब ५० वर्ष अगाडी भारतीय बन्दरगाहमा २ वटा नेपाली झन्डा अंकित मालबाहक पानीजहाज पनि संचालन भएको थियो ।

यसैक्रममा मेरो एक भारतीय नागरिकसँग भेट भयो । उहाँले पानीजहाज र कन्टेनर व्यापार बारे बेलीविस्तार सुनाउनुभयो । उहाँसँग १०औं वर्षदेखि भारत, चीन र बंगलादेशका विभिन्न सिपिङ कम्पनीमा काम गरेको अनुभव थियो । उहाँलाई नै कम्पनीको प्रबन्ध निर्देशक बनाएर हामीले २०७५ भदौ ८ गते ‘नेपाल सिपिङ लाइन्स’ नामक कम्पनी दर्ता ग¥यौं । त्यसको छ महिनामै काम पनि सुरु भयो । अहिले सामान ओसारपसार गर्नका लागि नेपालको झण्डा फरफराउँदै समुद्रमा मालबाहक पानीजहाजमा नेपाली झन्डाबाहक ‘सिपिङ कन्टेनर’ चलिरहेको छ ।

२०७५ सालको फागुनमा सम्माननीय प्रधानमन्त्री ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभयो । ‘फास्ट ट्रयाक’मा काम अगाडि बढ्यो । विधेयक संशोधन गरी अगाडि बढाउनुपर्ने अवस्था थियो । अन्ततः ५२ बर्षअघिको विधेयक संशोधन प्रक्रियामा अगाडि बढ्यो । यो भौतिक मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगेको थियो । शिवमाया तुम्बाहाम्फे कानुन मन्त्री हुनुहुन्थ्यो । यसले गति लिएकै बेला नेकपा विभाजनको असर यता पनि देखियो । संशोधन कार्य अलपत्र भयो । त्यसपछिको सरकारले यो केपी शर्मा ओलीको सोच भनेर अगाडि बढाएन ।

फेरि सम्माननीय प्रधानमन्त्री ओलीले जिम्मेवारी सम्हाल्नुभएको छ । अहिले नयाँ सरकार बनेपछि केही कुरा अगाडि बढेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक २०७६÷०९÷२१ को निर्णय अनुसार पानीजहाज दर्ता, संचालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयकलाई सैदान्तिक स्वीकृति दिएपछि पानीजहाज (संचालन तथा व्यवस्थापन) ऐन २०८१ संघीय संसदमा विधेयक दर्ता भई राष्ट्रिय सभामा छलफल हुने प्रकृयामा छ ।

नेपालका लागि अवसर
विश्व बैंकले गरेको विभिन्न सर्वेक्षण अनुसार नेपाल जस्ता भुपरिवेष्ठित राष्ट्रहरुमा कुल आयातको १५ देखि २५ प्रतिशतसम्म ढुवानी खर्च हुने निचोड रहेको छ । यसलाई आधार लिदा नेपालले बर्षेनी ३ खर्ब भन्दा बढी दुवानी खर्च बिदेशी मुद्रामा भुक्तानी गरिएको पाहिन्छ । हामीले सिपिङ कार्गो सुरु नगर्दासम्म नेपालमा विदेशी कम्पनीको माध्यमबाट सामान आयात गर्नुपथ्र्यो । हामीले कार्गो सुरु गरेपछि ठूलो मात्रामा नेपाली रकम विदेश जानबाट रोकिन थालेको मात्र हैन्, विदेशी मुद्रा पनि आर्जन हुन थालेको छ । किनकी हाम्रो कम्पनीले विदेशबाट नेपालमा मात्रै सामान ल्याउँदैन, यसले विश्वका विभिन्न देशमा सामान ओसारपोसार पनि गर्छ ।

नेपालमा वार्षिक एक लाख कन्टेनर आउँछ । नेपालबाट कारोबार हुने कुल सिपिङ कार्गोको ५ प्रतिशतसम्म बजार हिस्सा ओगट्ने हाम्रो लक्ष्य छ । हामीसँग अहिले करिब पाँच सय वटा आफ्नै कन्टेनर छन् । १ हजार वटा विदेशी कन्टेनर भाडामा ल्याउन सम्झौता पनि गरिसकेका छौं ।

सामुद्रिक कानून सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको धारा ९० ले भूपरिव्येष्ठित
राष्ट्रहरुलाई पनि समुद्रमा आफ्नै ध्वजावाहक पानीजहाज चलाउने अधिकार सुनिश्चित गरेको छ । अष्ट्रिया, अजरबैजान, बोलिभिया, इथियोपिया, हंगेरी, लक्जम्बर्ग, मंगोलिया, पाराग्वे, स्वीजरल्याण्ड जस्ता भुपेरिवेष्टिक राष्ट्रहरुहरुले आफ्नै ध्वजावाहक पानीजहाज संचालन गर्दै आएका छन् । भूपरिव्येष्ठित देश स्वीटजरल्यान्ड अहिले सिपिङ कार्गो सञ्चालन गर्ने विश्वमै दोस्रो नम्बरमा पर्छ । इथियोपिया, मंगोलिया जस्ता देशले ल्याण्डलक भएर पनि विश्वकै ठूला सिपिङ कम्पनी सञ्चालन गरिरहेका छन् ।

समुन्द्रमा चल्ने ठूला कन्टेनर राख्ने क्षमता भएका पानीजहाज सिंगापुर, मलेसिया र दुबईमा आउँछन् । अमेरिका, न्युजिल्यान्ड लगायतबाट आउने त्यस्ता पानीजहाजले २४ हजार ३ सय वटासम्म कन्टेनर बोक्छन् । त्यहाँबाट हाम्रो छिमेकी देश भारतको कलकत्ता पोर्ट, विशाखापट्नमसम्म आउने पानीजहाजले ८०० कन्टेनर जति बोक्छन् । भारतको पटना र कालुघाट हुँदै नेपालको त्रिवेणी र कोशी नदीसम्म चल्ने पानीजहाजले ५० देखि ८० कन्टेनर बोक्न सक्छन् । ५० वटामात्रै कन्टेनर सानो पानीजहाजबाट नेपाल ल्याउन सकियो भने ५० वटा ट्रक कम हुनु हो । यसले ढुवानी लागत धेरै नै सस्तो पर्छ ।

नेपालीहरुले आफ्नै देशको कन्टेनरबाट सामान आयात तथा निर्यात गर्दा सस्तो हुनुत छँदैछ, छिटो सेवा पाउन पनि सम्भव भएको छ । अन्य देशको कन्टेनरले ४५ दिनसम्म लगाउने सामान नेपाल सिपिंगको कन्टेनरबाट १५ देखि २५ दिनभित्र नेपाल आइपुग्छ । हामीले नेपालको ढुवानी खर्चको जम्मा ५ प्रतिशतमात्रै बजार हिस्सा ओगट्न सफल भयौ भने पनि नेपालकोे व्यापार घाटा बर्षेनी १० अर्बले कम गराउन सकिन्छ । नेपाल सिपिंगले बंगालको खाडीमा आफ्नै पानीजहाज सञ्चालन गर्ने लक्ष्य राखेको छ । उक्त पानिजहाजले मलेसिया, सिंगापुर, बंगलादेश र भारतको कोलकत्तामा सेवा दिनेछ । अहिले हामीले मलेसिया, सिंगापुर, बंगलादेश, कोरिया, म्यानमार, थाइल्याण्ड, श्रींलका र अन्य देशहरुका १४० बन्दरगाहमा सेवा दिइरहेका छौं । हाम्रा कन्टेनर मलेसिया र सिंगापुरमा हुन्छन् ।
त्यहाँबाट सामान लोड भएर नेपाल आउँछ । नेपालको व्यापार क्षमता अभिवृद्धि गर्ने फराकिलो लक्ष्य हामीले लिएका छौं ।

भारतको इन्ल्यांद वाटरवेय लगायत कोलकत्तादेखि नेपालसम्मको पानीजहाज रुट बनाउन अहिले विश्व बैंकले ५०० मिलियन डलर खर्च गरिरहेको छ । यो रुट बनेमा नेपालले निकै फाइदा लिन सक्छ । यो सफल भए हामी पनि दुई वटा पानी जहाज किन्ने योजनामा छौँ । हामीले यहाँदेखि सिंगापुर, मलेसियासम्म पानीजहाज चलाउन सक्छौं । लगानी जुटाउन धेरै मोडलमा पनि जान सकिन्छ । विदेशमा बीमा कम्पनीले लगानी गर्दा रहेछन् । १.६ अर्ब जति लगानीमा एउटा सानो पानी जहाज आउँछ । पानीजहाज सञ्चालनसम्बन्धी विधेयक अगाडि बढ्नासाथ विभिन्न लगानीकर्ता र वाणिज्य बैंकहरुको ऋण लगानि मार्फत पानीजहाज किन्ने हाम्रो योजना छ ।

धेरैले यसलाई अहिले सम्भव छैन भन्छन् तर यो सम्भव छ । स्वीटजरल्यान्डले सक्छ भने हामीले पनि सक्छौं । कलकत्तासम्म आएको कन्टेनर त्रिवेणी, कोशीसम्म आउने दिन अब धेरै छैन् । यसो त सम्माननीय प्रधानमन्त्री ओलीले सम्भावना देखाएपछि अहिले मोटरबोट र साना पानीजहाज नेपालका विभिन्न नदीमा चलेका छन् । नारायणी अनि कोशीमा व्यापारिक हिसाबले नै चलेको छ । मलाई लाग्छ, फेवा, रारा र से फोक्सुन्डो, नारायणी, कुलेखानी तालमा पर्यटकका लागि पनि चलाउन सकिन्छ ।

हामीले काम सुरु गर्दा प्रधानमन्त्रीका नजिकका नेताहरुले पनि हुनै नसक्ने काम जस्तो भन्ने गर्दथे । हामीलाई प्रोत्साहन गर्ने त प्रधानमन्त्रीबाहेक त दुई चार जना मात्र थिए । उनीहरुको भनाई ‘नेपालमा कहाँबाट आउन सक्छ र !’ भन्ने थियो । मलाई लाग्छ, भारततिर बग्ने नदीमा पानीजहाज चलाउन भारत पनि सकारात्मक भइसकेको छ । सानो पानीजहाज नेपालको सीमासम्म ल्याउन नीति बनिरहेको मैले बुझेको छु । अब पोर्ट बनाउनुपर्छ । अब हामीले पूर्वाधार निर्माण गर्दा पानीजहाजलाई पनि सोचेर बनाउनु पर्छ । किनकी अहिले जति पनि पुल बनेका छन्, ती सडकका लागि मात्र बनेको हो, अब पानीजहाजलाई केन्द्रित गरेर पनि बनाउनुपर्छ ।

एक जना दुराद्र्शी नेताले आँखा मात्र खोलीदिँदा पनि कति फरक पर्दोरहेछ । देशको नेतृत्वकर्ता भिजनरी नभएका कारण पनि हामीले विकासका यस्ता सम्भावनालाई नदेखेका रहेछौं । राजा महेन्द्रपछि यो सोच केपी शर्मा ओलीलाई मात्र आयो । दुराद्र्शी नेता भएका कारण नै प्रधानमन्त्री ओलीले यो सपना देख्नुभयो ।
नेपालको झण्डा फरफराउँदै समुन्द्रमा नेपालको आफ्नै पानीजहाज सञ्चालन गर्ने प्रधानमन्त्री ओलीको भाषणले नै हामीलाई यो व्यवसाय विस्तार गर्ने सोचतर्फ डोहो¥यायो । नेपाल पानीजहाज कार्यालयमा बिभिन्न कम्पनीहरुबाट पानीजहाज सन्चालनको लागि निबेदनहरुसमेत पेश भएका छन ।

यसैगरी, धेरै बर्षदेखि हजारौ नेपालीहरु समुन्द्रमा काम गरी नेपालमा रेमिट्यान्स भित्र्याईरहेका छन । समुन्द्रमा काम गर्न अत्यावश्यक हुने नाविक परिचयपत्र नेपालले प्राप्त गर्नको लागि कानूनी ब्यवस्था पनि नभएको र क्ष्ःइ का सम्वन्धित महासन्धीहरु नेपालले अनुमोदन नगरेको हुँदा छिमेकी देशहरु लगायत अन्य देशहरुबाट नाविक परिचयपत्र लिई काम गरिरहेको देखिन्छ । अन्य देशहरुबाट नेपालीहरुले परिचयपत्र लिन कठिनाई भएको हुँदा रोजगारीको संरक्षण र बिस्तार गर्न नसकिएको साथै नेपालका नागरिकहरुले अन्य देशको नाविक परिचयपत्रका साथ पानीजहाजमा काम गर्दा देशको प्रतिष्ठामा समेत आँच पुगेको देखिन्छ ।

छिमेकी मुलुक भारतले आन्तरिक जलमार्गको बिकासलाई अत्यन्त महत्व दिई भारत भरी १११ वटा आन्तरिक जलमार्ग बिकास भईरहेको देखिन्छ । उदाहरणको रुपमा ल्ध्(घठ ले नेपालको गण्डक ब्यारेज नजिकबाट सुरुभई हाजीपुर सम्म पुगी त्यहाबाट गंगा हुदै कोलकत्तासम्म पुग्न सकिन्छ । जसअनुसार कोलकत्ताबाट १००० टनसम्मको पानीजहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुदै देवघाट सम्म पु¥याउन प्राविधिक रुपमा सम्भाब्य देखिन्छ र सो गर्न सकेको खण्डमा नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोशे ढुङ्गा सावित हुनेछ । यसै प्रकृतिका पानीजहाजहरु कोशी र कर्णाली नदिबाट समेत नेपाल भित्र्याउन सकिने देखिन्छ । यस सम्बन्ध्मा नेपाल र भारत बीच सहमति समेत भएको छ ।

यसैगरी नेपाल भित्र पनि आन्तरिक जलमार्गहरुमा पानीजहाज चलाउन सम्भाब्य नदिहरु रहेका छन । एक अनुमान अनुसार नेपालमा ६००–८०० किलोमीटर सम्म जलमार्ग बिस्तार गरी पानीजहाज सन्चालन गरी यात्रु र मालसामान ओसार पसार गर्न सकिन्छ । उदाहरणको रुपमा कोशी चतरा देखि भोजपुरको कोप्चेसम्म स्थलमार्गमा जाँदा घण्टौ लाग्नेमा जलमार्गमा १५–२० मिनेटको समयमा पुग्न सकिन्छ । जुन हाल पनि सन्चालनमा रहेको छ । यसैगरी नारायणी नदिमा त्रिबेणीधाम, देबघाट जस्ता कयौ जलमार्गहरु नेपालमा बिकास गरी यातायात, रोजगारी श्रृजना, आर्थिक बिकास लगायतका फाईदाहरु लिन सकिन्छ ।

तर हालसम्म पनि माथिका सम्भावित श्रोतहरु अत्यन्तै परम्परागत रुपमा केही ठाउमा मात्रै प्रयो भैराखेको छ । कोशी, भरत ताल, नारायणी, बुलबुल ताल लगायतमा जम्मा जम्मी अन्दाजी १५० वटा सानो पानीजहाजहरु सन्चालनमा रहेको भएतापनि ऐन, नियमावली, मापदण्डको अभावमा नेपाल पानीजहाजको कार्यालयले जलमार्ग पहिचान र बिस्तार, पानीजहाजको प्राविधिक नियमन, पानीजहाज चालकहरुको अनुमतिपत्र, पानीजहाज निर्माण गर्ने कम्पनीहरुको दर्ता, नियमन लगायतका कार्यहरु गर्न नसकी सेवा असुरक्षित रहेको र करोडौ राजश्व गुमीरहेको अवस्था भएकोले प्रस्तुत बिधेयकलाई शिघ्रताका साथ एैन बनाई नियमावलीहरु तयार गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

CG Electronics
आदिवासी पहिचान संरक्षणका लागि राष्ट्रिय प्रतिष्ठान गठन, २५औँ रजत जयन्तीमा तीनदिने आदिवासी ज्ञान महोत्सव–२०८२ सुरु

आदिवासी पहिचान संरक्षणका लागि राष्ट्रिय प्रतिष्ठान गठन,...

वि.सं.२०८२ माघ २५ आइतवार २१:५०

  काठमाडौं । काठमाडौंको राष्ट्रिय सभा गृहमा राष्ट्रिय आदिवासी जनजाति...

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त

रीना डंगोल नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशक...

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:५३

  काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को...

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल राख्नुपर्नेमा जोड

इन्जिनियरहरुले डेटा साइन्स, मसिन लर्निङ, एआईमा दख्खल...

वि.सं.२०८२ माघ २२ बिहीवार २१:१६

  काठमाडौं । पछिल्लो समय डेटा साइन्स, मसिन लर्निङ, एआई...

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद चौधरी

कांग्रेस रुपान्तरणमा नवलपरासी–१ को महत्वपूर्ण भूमिका: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १७:३०

  आगामी फागुन २१ को आम निर्वाचनको सन्दर्भमा नवलपरासी–१ अन्तर्गत...

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस कटिबद्ध: विनोद चौधरी

नागरिकता र लालपुर्जाविहीन समस्या समाधान गर्न कांग्रेस...

वि.सं.२०८२ माघ २१ बुधवार १६:१४

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली...

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद चौधरी

कांग्रेसमा गुठको राजनीतिको अन्त्य भएको छ: विनोद...

वि.सं.२०८२ माघ २१ बुधवार १६:११

  काठमाडौ । नेपाली कांग्रेसका तर्फबाट नवलपरासी क्षेत्र नं. १...