CG Electronics
Ncell NPL
NIMB

ग्लोबल आइएमई बैंकको ग्लोबल म उद्यमी कर्जा सार्वजनीक

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनीक गरेको छ । महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरुमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो ।

यस योजनाले महिलाहरुलाई उद्यमी भई व्यवसाय संचालन गर्न प्रोत्साहित गर्नेछ । महिलाहरुले नेतृत्व गरेको कृषि, उत्पादन, प्रसोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्रथमिकता दिइ कर्जा प्रदान गर्नेछ । यस योजनाअन्तर्गत आकर्षक सुबिधाहरु सहित न्यूनतम् ब्याजदरमा महिला उद्यमीहरुलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दछ ।

महिलाहरुको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उहाँहरुकै नेतृत्वमा व्यवसाय संचालन भएका व्यवसायहरु मात्र यस कर्जाका लागी योग्य हुनेछ । यो कर्जा योजनाअन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिंदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स परिवारलाई विशेष लाभ घोषणा

सामसंग नेपालको “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक, रेमिटेन्स...

वि.सं.२०८३ वैशाख ६ आइतवार १८:१६

  काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक शोरुम

कजारिया रमेश टायल्सको नयाँ कदम: इमाडोलमा अत्याधुनिक...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:२९

  ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा...

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि निःशुल्क...

वि.सं.२०८३ वैशाख ६ आइतवार १५:१५

  काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका...

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया; मे २०२६ डेलिभरीका लागि बुकिङ खुला

सीएफ मोटो २५० डुअलमा अत्यधिक बजार प्रतिक्रिया;...

वि.सं.२०८३ वैशाख ६ आइतवार १३:१२

काठमाडौं, नेपाल — नेपालका लागि CFMOTO मोटरसाइकलको आधिकारिक वितरक रिशी...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...