Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

लक्ष्मी सनराइज बैंकको अगुवाईमा १८० मेगावाट कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी सम्झौता

 

काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाहरुले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि.सँग १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेका छन्। यो आयोजना मुस्ताङ्ग र म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण हुनेछ। आयोजनाको कुल लागत रु. ३९ अर्ब ५० करोड २४ लाख रहेको छ। यसले नेपालको नविकरणीय उर्जा क्षेत्रमा ठूलो योगदान दिने अपेक्षा छ।

कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले विद्युत उत्पादनको अनुमति विद्युत विकास विभागबाट फागुण २७, २०७५ मा प्राप्त गरिसकेको छ भने नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता फागुण १७, २०७९ मा गरिसकेको छ। यस आयोजनाको मुख्य प्रवद्र्धकको रूपमा संघई ग्रुप, विशाल ग्रुप र ज्ञानेन्द्र लाल प्रधान रहेका छन्।

लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन्। बाँकी २५ प्रतिशत रकम कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी गरिनेछ। लक्ष्मी सन्राइज बैंकले रु. ९ अर्ब, ग्लोबल आइएमई बैंकले रु. ७ अर्ब १२ करोड ६० लाख, सिद्धार्थ बैंकले रु. ५ अर्ब, हिमालयन बैंकले रु. ३ अर्ब, नेपाल एस.बि.आई. बैंकले रु. ३ अर्ब र एभरेष्ट बैंकले रु. २ अर्ब ५० करोड लगानी गर्नेछन्। कुल प्रोजेक्ट फाइनान्स रु. २९ अर्ब ६२ करोड ६० लाख रहेको छ।

यो आयोजना जुन २०२९ भित्र पूरा गरी विद्युत उत्पादन सुरु गरिनेछ। आयोजनाले वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरिनेछ। यसले नेपालको ठूला स्वतन्त्र उर्जा उत्पादकहरु मध्ये एकको रूपमा स्थापित हुनेछ।

 

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

वि.सं.२०८२ असार १० मंगलवार १६:३४

काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा...

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा सुरु

महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स...

वि.सं.२०८२ असार ९ सोमवार २२:४८

  काठमाडौं । महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एप मार्फत...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन...

वि.सं.२०८२ असार ९ सोमवार २२:४२

  मुस्ताङ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

वि.सं.२०८२ असार ९ सोमवार २२:३३

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत...

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लि. बीच विशेष छुट सम्झौता

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक...

वि.सं.२०८२ असार ९ सोमवार २२:२६

काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित...

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा सुरु

मन्जुश्री फाइनान्सद्वारा निशुल्क इन्स्टा कोष स्थानान्तरण सेवा...

वि.सं.२०८२ असार ९ सोमवार २२:२४

  काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूको डिजिटल बैंकिङ्ग...