CG Electronics
IME Life
NIMB

लक्ष्मी सनराइज बैंकको अगुवाईमा १८० मेगावाट कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडको नेतृत्वमा बैंक तथा वित्तीय संस्थाहरुले कालीगण्डकी गर्ज हाइड्रोपावर प्रा.लि.सँग १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेका छन्। यो आयोजना मुस्ताङ्ग र म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण हुनेछ। आयोजनाको कुल लागत रु. ३९ अर्ब ५० करोड २४ लाख रहेको छ। यसले नेपालको नविकरणीय उर्जा क्षेत्रमा ठूलो योगदान दिने अपेक्षा छ।

कालीगण्डकी गर्ज जलविद्युत आयोजनाले विद्युत उत्पादनको अनुमति विद्युत विकास विभागबाट फागुण २७, २०७५ मा प्राप्त गरिसकेको छ भने नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता फागुण १७, २०७९ मा गरिसकेको छ। यस आयोजनाको मुख्य प्रवद्र्धकको रूपमा संघई ग्रुप, विशाल ग्रुप र ज्ञानेन्द्र लाल प्रधान रहेका छन्।

लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन्। बाँकी २५ प्रतिशत रकम कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी गरिनेछ। लक्ष्मी सन्राइज बैंकले रु. ९ अर्ब, ग्लोबल आइएमई बैंकले रु. ७ अर्ब १२ करोड ६० लाख, सिद्धार्थ बैंकले रु. ५ अर्ब, हिमालयन बैंकले रु. ३ अर्ब, नेपाल एस.बि.आई. बैंकले रु. ३ अर्ब र एभरेष्ट बैंकले रु. २ अर्ब ५० करोड लगानी गर्नेछन्। कुल प्रोजेक्ट फाइनान्स रु. २९ अर्ब ६२ करोड ६० लाख रहेको छ।

यो आयोजना जुन २०२९ भित्र पूरा गरी विद्युत उत्पादन सुरु गरिनेछ। आयोजनाले वार्षिक करिब १०५६ गिगावाट आवर इनर्जी उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरिनेछ। यसले नेपालको ठूला स्वतन्त्र उर्जा उत्पादकहरु मध्ये एकको रूपमा स्थापित हुनेछ।

 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि,...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:५५

  काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:०४

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक...

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

एनएमबि बैंकद्वारा ४० जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री...

वि.सं.२०८३ जेठ ११ सोमवार २२:००

  काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)...

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

  काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा...

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता,...

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३८

  काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको...

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

वि.सं.२०८३ जेठ ११ सोमवार २१:३१

  पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना...