CG Electronics
IME Life
NIMB

टेलि डिजिटलद्वारा ‘द कनभरफरेन्स’ आयोजना, नेपालमा ह्वाट्सएप बिजनेस एपीआई विस्तारमा जोड

NIMB
Himalayan Bank

 

काठमाडौँ । टेलि डिजिटल सर्भिसेस प्रालि ले मेटासँगको सहकार्यमा नेपालमा ह्वाट्सएप बिजनेस एपीआई तथा संवादात्मक व्यापारको सम्भावना विस्तार गर्ने उद्देश्यले ‘द कनभरफरेन्स’ नामक विशेष उद्योगस्तरीय कार्यक्रम आयोजना गरेको छ ।

रमेश कर्प अन्तर्गत रहेको टेलि डिजिटलले आयोजना गरेको कार्यक्रममा विभिन्न कर्पोरेट क्षेत्रका व्यावसायिक नेतृत्वकर्ता, ब्रान्ड मार्केटर तथा डिजिटल निर्णयकर्ताहरूको सहभागिता रहेको थियो ।

कम्पनीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपाली व्यवसायहरूलाई संवादात्मक व्यापार, ग्राहक केन्द्रित डिजिटल सेवा तथा ह्वाट्सएप बिजनेस एपीआईको प्रभावकारी प्रयोगबारे जानकारी गराउनु रहेको थियो ।

कार्यक्रममा मेटाका एपीएसी क्षेत्रीय साझेदारी प्रबन्धक अल्बर्ट टियोंग ले मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो । उहाँको उपस्थितिले नेपाललाई संवादात्मक व्यापारका लागि उदाउँदो तथा रणनीतिक रूपमा महत्वपूर्ण बजारका रूपमा मेटाले हेरेको संकेत गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा ह्वाट्सएप बिजनेस एपीआईमार्फत ग्राहक सेवा, लिड जेनेरेसन, बिक्री रूपान्तरण, ग्राहक टिकाइ रणनीति तथा व्यक्तिगत स्तरको संवादलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमका क्रममा मेटाका म्यासेजिङ प्लेटफर्ममार्फत प्रत्येक साता एक अर्बभन्दा बढी मानिस व्यवसायसँग जोडिने तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

नेपालमा ह्वाट्सएपको व्यापक प्रयोग भइरहेकाले नेपाली व्यवसायहरूले एसएमएस र इमेलजस्ता परम्परागत माध्यमभन्दा बाहिर गएर प्रत्यक्ष, विश्वासिलो तथा मापनयोग्य ग्राहक संवाद विस्तार गर्न सक्ने विषयमा पनि विशेष जोड दिइएको थियो ।

कार्यक्रममा बोल्दै अल्बर्ट टियोंगले नेपाल व्यवसायिक म्यासेजिङका लागि उत्साहजनक चरणमा पुगेको बताउनुभयो । उहाँले ह्वाट्सएप बिजनेस प्लेटफर्म साना पारिवारिक पसलदेखि राष्ट्रिय बैंकसम्म सबै प्रकारका व्यवसायका लागि उपयुक्त रहेको उल्लेख गर्दै नेपाली ब्रान्डहरूले तत्काल यसको उपयोग सुरु गर्न सक्ने अवस्था बनेको धारणा राख्नुभयो ।

रमेश कर्प का कार्यकारी निर्देशक सञ्जय अग्रवाल ले पाँच दशकभन्दा बढी समयदेखि रमेश कर्प नेपाली व्यवसायहरूको वृद्धि र प्रगतिमा साझेदार रहँदै आएको बताउनुभयो ।

उहाँले नेपाली व्यवसायहरूले स्थानीय सहयोग, स्थानीय भुक्तानी सुविधा तथा पूर्ण प्लेटफर्म पहुँचसहित विश्वस्तरीय डिजिटल प्लेटफर्ममा प्रत्यक्ष पहुँच पाउन सकून् भन्ने उद्देश्यले टेलि डिजिटलमार्फत सेवा विस्तार गरिएको जानकारी दिनुभयो ।

टेलि डिजिटल सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत नवांकुर सुद ले ग्राहक–केन्द्रित डिजिटल इकोसिस्टम निर्माणमा कम्पनी केन्द्रित रहेको बताउनुभयो ।

उहाँका अनुसार ह्वाट्सएप बिजनेस एपीआईले नेपाली व्यवसायलाई ग्राहक जहाँ छन्, त्यहीँ पुगेर व्यक्तिगत अनुभवसहित संवाद गर्न सक्षम बनाउँछ । ‘द कनभरफरेन्स’ नेपाली बजारलाई आधारबाट निर्माण गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धताको हिस्सा रहेको उहाँले उल्लेख गर्नुभयो ।

टेलि डिजिटल सर्भिसेस प्रालिले गुगल, मेटा तथा ह्वाट्सएपको आधिकारिक साझेदारका रूपमा नेपाली व्यवसायलाई गुगल एड्स, मेटा एड्स, गुगल वर्कस्पेस तथा ह्वाट्सएप बिजनेस एपीआई सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

कम्पनीका अनुसार स्थानीय भुक्तानी सुविधा, स्थानीय विशेषज्ञता तथा नेपालमै उपलब्ध समर्पित सेवामार्फत नेपाली व्यवसायलाई विश्वस्तरीय डिजिटल प्रविधिमा सहज पहुँच दिलाउने काम भइरहेको छ ।

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...