CG Electronics
IME Life
NIMB

पाल्पामा सहकारी सञ्चालकलाई निर्जीवन बीमासम्बन्धी सचेतना

NIMB
Himalayan Bank

 

पाल्पा । सहकारी संस्थाको संस्थागत संरक्षण, निर्जीवन बीमा सचेतना तथा सुशासनसम्बन्धी कार्यक्रम पाल्पाको तानसेनमा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ पाल्पाको आयोजना तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स को सहकार्यमा आयोजित कार्यक्रममा जिल्लाभरिका सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री ले सहकारीका शेयर सदस्यको बचत सुरक्षणका लागि बीमा आवश्यक रहेको बताउनुभयो ।

उहाँले सहकारी परिसर, बजारबाट संकलन गरिएको रकम तथा सहकारी कार्यालयबाट बैंकसम्म रकम लैजाँदा हुने लुटपाट वा हराउने जोखिमलाई ध्यानमा राखेर बीमा गर्न सकिने जानकारी दिनुभयो ।

कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लुम्बिनी प्रमुख विश्वदीप नेपाल ले सहकारीको रकम संरक्षणका उपायबारे सहजीकरण गर्नुभएको थियो । उहाँले रात्रिबासका क्रममा हुने जोखिम, कार्यालय तोडफोड गरेर नगद चोरी गर्ने, धम्की दिएर रकम कब्जा गर्ने लगायतका घटनाबाट हुन सक्ने क्षतिको सुरक्षणका लागि बीमा आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स तानसेन शाखा प्रमुख करुणा काफ्ले तथा रामपुर शाखा प्रमुख डोल प्रसाद श्रेष्ठ ले कृषि, पशुपन्छी तथा जडीबुटी बीमासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।

भूपति पाण्डे को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापकहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा संघका उपाध्यक्ष कृष्णप्रसाद भुसाल ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव कृष्ण भट्टराईले गर्नुभएको थियो ।

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...