CG Electronics
IME Life
NIMB

महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता, स्वास्थ्य शिविरदेखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड ले ३२औँ वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले वार्षिकोत्सव सप्ताह मनाउँदै वित्तीय साक्षरता, स्वास्थ्य सेवा, रक्तदान, सरसफाइ तथा सांस्कृतिक प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रम आयोजना गरेको जनाएको छ ।

वार्षिकोत्सव कार्यक्रमअन्तर्गत बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरतासहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । विभिन्न स्थानमा सम्पन्न कार्यक्रममार्फत मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण लगायत बैंकिङ सेवाबारे जानकारी प्रदान गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, जेठ ४ गते बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क बृहत् स्वास्थ्य शिविर तथा जेठ ५ गते निःशुल्क दन्त तथा आँखा शिविर सञ्चालन गरिएको थियो । बैंकका अनुसार ती शिविरमार्फत करिब २०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा जेठ ६ गते बैंकको केन्द्रीय कार्यालय तथा देशभरका विभिन्न प्रादेशिक कार्यालयहरूमा बृहत् रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममार्फत करिब २०० पिन्ट रगत संकलन गरिएको बैंकले जनाएको छ । रक्त व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ ।

सोही अवसरमा बैंकले विभिन्न स्थानमा रहेका महालक्ष्मी मन्दिरहरूमा सरसफाइ सामग्री हस्तान्तरण गर्नुका साथै संस्कृति संरक्षण तथा मन्दिर सरसफाइ अभियानलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

ललितपुरको महालक्ष्मीस्थानस्थित महालक्ष्मी मन्दिर मा बगैंचा प्रवर्द्धन, मर्मतसम्भार तथा डिजिटल दक्षिणा भुक्तानी प्रवर्द्धनका लागि समेत बैंकले सहयोग गरेको छ । जेठ ७ गते बैंकका केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयहरूमा कर्मचारीहरूले स्थानीय भेषभूषामा उपस्थित भई नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता झल्काउने कार्यक्रमसमेत आयोजना गरेका थिए ।

यसैक्रममा श्री नारायणहिटी नारायणस्थान गुठी व्यवस्थापन समिति लाई खानेपानी व्यवस्थापनका लागि पानी ट्यांकी हस्तान्तरण गरिएको बैंकले जनाएको छ । विश्व फोटोग्राफी दिवसको अवसरमा प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता’ अन्तर्गत संकलित तस्वीरहरू पनि बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शनी गरिएको थियो । बैंकले उक्त प्रतियोगितामार्फत स्थानीय साना तथा मझौला व्यवसायको प्रवर्द्धन तथा प्रचारप्रसार गर्दै आएको जनाएको छ ।

यसैबीच, बैंकले विगत चार वर्षदेखि सञ्चालन गर्दै आएको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट’ प्रतियोगिताको पाँचौँ संस्करण पनि यही जेठ महिनाभित्र आयोजना गर्ने जनाएको छ ।

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...