CG Electronics
IME Life
NIMB

एथरको बिर्तामोडमा नयाँ एक्सपिरियन्स सेन्टर, प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारमा जोड

NIMB
Himalayan Bank

 

बिर्तामोड । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्राण्ड एथर नेपाल ले बिर्तामोडमा नयाँ ‘एथर एक्सपिरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ ।

कम्पनीले आइतबार जेठ १० गते झापाको बिर्तामोडमा नयाँ केन्द्रको औपचारिक उद्घाटन गर्दै नेपालमा विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्ने आफ्नो प्रतिबद्धतालाई थप सशक्त बनाएको जनाएको छ ।

नयाँ एक्सपिरियन्स सेन्टर भुर्तेल इनर्जी प्रालिको डिलर व्यवस्थापनअन्तर्गत सञ्चालनमा आएको हो । कम्पनीका अनुसार यो केन्द्र आधुनिक, स्मार्ट तथा उच्च प्रदर्शनयुक्त विद्युतीय दुईपांग्रे सवारी ग्राहकसम्म पुर्‍याउने यात्राको अर्को महत्वपूर्ण उपलब्धि हो ।

बिर्तामोड केन्द्र सञ्चालनमा आएसँगै एथर नेपालका देशभर ११ वटा एक्सपिरियन्स सेन्टर पुगेका छन् । काठमाडौं उपत्यकामा पाँच वटा केन्द्र सञ्चालनमा रहेका छन् भने पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र अब बिर्तामोडमा पनि कम्पनीको उपस्थिति विस्तार भएको छ ।

ग्राहकलाई सहज तथा भरपर्दो बिक्रीपछिको सेवा उपलब्ध गराउने उद्देश्यले देशभर १० वटा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । साथै, कम्पनीले दुईपांग्रे विद्युतीय सवारी सेग्मेन्टमै सबैभन्दा लामो आठ वर्षसम्मको एक्सटेन्डेड ब्याट्री वारेन्टी उपलब्ध गराउँदै आएको छ ।

नयाँ एक्सपिरियन्स सेन्टरमा एथरका सम्पूर्ण उत्पादन लाइनअप उपलब्ध हुनेछन् । यसअन्तर्गत उच्च प्रदर्शनका लागि परिचित ‘एथर ४५० सिरिज’ तथा पारिवारिक प्रयोगलाई लक्षित ‘एथर रिज्टा’ स्कुटर समावेश रहेका छन् ।

कम्पनीका अनुसार एथर ४५० सिरिज विशेषगरी उच्च प्रदर्शन, स्मार्ट प्रविधि तथा उत्कृष्ट राइडिङ अनुभव खोज्ने ग्राहकलाई लक्षित गरी डिजाइन गरिएको हो । यसमा शक्तिशाली एक्सेलेरेशन, गुगल म्याप्समा आधारित नेभिगेसन, अटो होल्ड, फल सेफ, रिभर्स मोड, विभिन्न राइड मोड तथा रिस्पोन्सिभ टचस्क्रिन ड्यासबोर्ड जस्ता अत्याधुनिक सुविधा समावेश छन् ।

त्यसैगरी, एथर रिज्टा आधुनिक परिवार तथा दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटर हो । विशाल सिट, ठूलो स्टोरेज क्षमता, ट्र्याक्सन कन्ट्रोल, टो तथा थेफ्ट अलर्ट, ड्यासबोर्डमा ह्वाट्सएप नोटिफिकेसन तथा आरामदायी राइडिङ पोस्चर जस्ता सुविधाले यसलाई दैनिक यात्राका लागि उपयुक्त बनाएको कम्पनीले जनाएको छ ।

नयाँ एक्सपिरियन्स सेन्टरमा ग्राहकहरूले स्कुटरहरूको प्रत्यक्ष अवलोकन, उत्पादन प्रदर्शन तथा टेस्ट राइडको सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, स्मार्ट फिचर, कनेक्टेड प्रविधि, फाइनान्सिङ, एक्सचेन्ज सुविधा, इभी स्वामित्व तथा चार्जिङ सम्बन्धी परामर्शसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बिर्तामोडमै आफ्नै सर्भिस सेन्टर सञ्चालनमा आएसँगै ग्राहकहरूले सहज आफ्टर सेल्स सेवा प्राप्त गर्नेछन् । आवश्यक स्पेयर पार्ट्स उपलब्धतासहित ग्राहकलाई थप विश्वसनीय सेवा दिने लक्ष्य कम्पनीको रहेको छ ।

वैद्य इनर्जी प्रालि ले नेपालमा एथर विद्युतीय दुईपांग्रे सवारीको आधिकारिक तथा एकमात्र वितरकको रूपमा काम गर्दै आएको छ । कम्पनीले नेपालमा स्वच्छ, दिगो तथा वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने उद्देश्यसहित आधुनिक तथा ग्राहक केन्द्रित विद्युतीय सवारी समाधान उपलब्ध गराउँदै आएको जनाएको छ ।

एथर नेपालले देशभर आफ्नो फास्ट चार्जिङ नेटवर्क पनि विस्तार गर्दै आएको छ । हाल देशभर ४० भन्दा बढी ‘एथर ग्रिड’ फास्ट चार्जिङ स्टेशन सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।

प्रदेश १ मा बढ्दो एथर प्रयोगकर्तालाई लक्षित गर्दै बिर्तामोडस्थित थ्री डिग्री क्याफे, धरानस्थित सीएसई अफिस अटोमेसन तथा इटहरीको खेती खोलास्थित एथर एक्सपिरियन्स सेन्टरमा फास्ट चार्जिङ सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । निकट भविष्यमा थप चार्जिङ स्टेशन विस्तार गर्ने योजना पनि कम्पनीको छ ।

कम्पनीले बिर्तामोड एक्सपिरियन्स सेन्टर उद्घाटनको अवसरमा जेठ १७ गतेसम्म विशेष अफर पनि ल्याएको छ । यसअन्तर्गत एक्सटेन्डेड ब्याट्री वारेन्टी, शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा तथा आकर्षक एक्सचेन्ज बेनिफिट उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...