CG Electronics
IME Life
NIMB

कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण

NIMB
Himalayan Bank

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मोरङ जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ। रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब र विपन्न वर्गका बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले देशका विभिन्न स्थानमा गरिने रक्तदान कार्यक्रमहरूलाई थप व्यवस्थित र सुरक्षित बनाउन बैंकको विराटनगर शाखा कार्यालयमार्फत उक्त सहयोग प्रदान गरिएको हो।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति सुख्देवप्रसाद मण्डललाई एक विशेष कार्यक्रमका बीच ती डोनर बेडहरू हस्तान्तरण गर्नुभएको थियो। रेडक्रस सोसाइटीका सभापति मण्डलले बैंकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यस सहयोगले रक्तदान कार्यक्रमहरू सञ्चालन गर्न तथा स्वयंसेवी रक्तदाताहरूलाई सहज र अनुकूल वातावरण उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै बैंकका प्रदेश प्रमुख भुसालले मानव जीवन रक्षासँग प्रत्यक्ष जोडिएको रक्तदान तथा रक्तसञ्चार सेवा जस्तो पवित्र कार्यमा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले देशैभरि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको जानकारी समेत दिनुभयो।

 

रक्त संकलन सेवा सञ्चालन गर्ने क्रममा डोनर बेड अत्यावश्यक साधन रहने भएकोले बैंकबाट प्राप्त यो सहयोगले रेडक्रसको सेवा प्रवाहलाई थप सहज, गुणस्तरीय र प्रभावकारी बनाउन ठुलो मद्दत पुग्ने विश्वास लिइएको छ। उक्त हस्तान्तरण कार्यक्रममा कामना सेवा विकास बैंकका स्थानीय कर्मचारीहरू तथा नेपाल रेडक्रस सोसाइटीका अधिकृत एवं सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। बैंकले आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यहरूलाई उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...