CG Electronics
IME Life
NIMB

इनड्राइभको महिलाउद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँगजोड्ने योजना

NIMB
Himalayan Bank

 

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले ‘अरोरा भेन्चर्स’ नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ । महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ ।

यो घोषणा चिलीको स्यान्टियागोमा सम्पन्न “अरोरा टेक अवार्ड २०२६” को समापनसँगै गरिएको हो । यस वर्षको अवार्डमा उदीयमान बजारबाट ३ हजार ४ सय आवेदन परेको थियो, जसमध्ये उत्कृष्ट १० महिला संस्थापक छनोट भएका छन् । सन् २०२१ माभने उक्त अवार्डमा केवल ११६ आवेदन परेको थियो ।

सन् २०२६ को अरोरा टेक अवार्ड अन्तर्गत उत्कृष्ट १० महिला संस्थापकहरूमा नाइजेरियाकी अडेओला आयोओला–फामासी, पनामाकी एड्रियाना गोन्जालेज–टिजो, कोलम्बियाकी एन्जेला अकोस्टा–मोराडो, क्याटालिना इसाजा–इनमेटेक, एस्टेफानिया अबेलो–मुटा, चिलीकी मारिया कावास–डोमेस्टिकको, ब्राजिलकी मारिया नाजुलियानी–ओन्कोएआई, कोलम्बियाकी मर्सिडिज बिडार्ट–क्विपु, मेक्सिकोकी प्याट्रिसिया फ्लोरेन्सिया–पिलौ तथा केन्याकी पेनी मुसेंगी–पेसिरा टेक्नोलोजिज रहेका छन् ।

कम्पनीकाअनुसार ‘अरोरा भेन्चर्स’ प्रारम्भिक चरणका महिला नेतृत्वभएका स्टार्टअपहरूलाई सहयोग गर्ने उद्देश्यले सुरु गरिएको लगानी कार्यक्रमहो । “अरोरा टेक अवार्ड” मार्फत पछिल्लो पाँच वर्षमा संकलन गरिएको तथ्यांक तथा अनुसन्धानका आधारमा कार्यक्रम तयार गरिएको जनाएको छ ।

सन् २०२१ यताआवेदन संख्या करिब ३० गुणाले बढेपछि अरोराले मध्यपूर्व तथाउत्तर अफ्रिका, अफ्रिका, ल्याटिन अमेरिका तथा उदीयमान एशियाली बजारहरूमा महिला नेतृत्व भएका धेरै व्यवसायहरूले अझै पनि पारम्परिक भेन्चर क्यापिटलबाट पर्याप्त अवसर नपाइरहेको निष्कर्ष निकालेको जनाएको छ ।

अरोराले गरेको पछिल्लो अध्ययनमा १२७ देशका ९ सयभन्दा बढी महिला संस्थापक सहभागी थिए । अध्ययनले महिला उद्यमीहरूले लगानी जुटाउने क्रममाअझ धेरै प्रमाण र उपलब्धि प्रस्तुत गर्नुपर्ने अवस्था रहेको तथा उनीहरूको क्षमतामाथि शंका गर्ने प्रवृत्तिअझै कायम रहेको देखाएको छ । एशिया–प्रशान्तक्षेत्र पनि यस्तो असमान मूल्याङ्कनबाट प्रभावित क्षेत्रमध्ये एक रहेको अध्ययनले उल्लेख गरेको छ ।

अरोरा भेन्चर्सले प्रि–सिड तथा सिड चरणका व्यवसायहरूमा १ लाख ८० हजारदेखि २ लाख ५० हजार अमेरिकी डलरसम्म लगानीगर्ने लक्ष्य राखेको जनाएको छ । कम्पनीका अनुसार अरोरा टेक अवार्डको नेटवर्कमार्फत उच्च सम्भावना भएका स्टार्टअपहरूलाई प्रारम्भिक चरणमै पहिचान गरी लगानी गरिनेछ ।

अरोरा भेन्चर्सकी हेड इजाबेला घास्सेमी–स्मिथले महिला संस्थापकहरूलाई भेन्चर क्यापिटल क्षेत्रमा अझै पर्याप्त अवसर उपलब्ध नभएकाले यस्तो पहल आवश्यक भएको बताइन् ।
उनले भनिन्, “पछिल्ला पाँचवर्षमा हामीले एउटै अवस्था दोहोरिएको देख्यौं । धेरै महिला उद्यमीहरूले बलियो व्यवसाय निर्माण गरिरहेका छन्, तर उनीहरूले आफ्नो कामअनुसारको लगानी समयमै पाउन सकेका छैनन् ।उनले अरोरा टेक अवार्ड अन्तर्गत छनोट भएका उत्कृष्ट १० महिला संस्थापकहरूको सफलता कथाले कार्यक्रमले सहयोग गर्न खोजेका स्टार्टअपहरूको स्तर स्पष्ट रूपमा देखाएको पनिबताइन् ।”

इनड्राइभका चीफ ग्रोथ बिजनेसेस अफिसर एन्ड्रिज स्मिटले कम्पनीले सुरुवाती चरणमा भोगेको संघर्ष अहिले महिला उद्यमीहरूले पनि सामना गरिरहेको बताए । उनले भने, “इनड्राइभले सीमित स्रोत साधनका बीच ठूला प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै आफ्नो यात्रा सुरु गरेको थियो । अहिले उदीयमान बजारका महिला संस्थापकहरूले पनि यस्तै चुनौती सामना गरिरहेका छन् । अरोरा भेन्चर्सलाई सहयोग गर्नु परोपकार मात्र होइन, यो हामीले आफ्नै यात्राबाट सिकेको विश्वासको निरन्तरताहो ।”

कम्पनीका अनुसार सन् २०२६ को पाइलट कार्यक्रममार्फत प्रारम्भिक लगानी पोर्टफोलियो निर्माण गरिनेछ । अरोरा भेन्चर्सले पूँजी, नेटवर्क पहुँच तथा व्यवसाय सञ्चालनसम्बन्धी सहयोगमार्फत महिला उद्यमीहरूलाई आगामी लगानी चरणसम्म पुग्न सहयोग गर्ने लक्ष्य राखेको छ ।

नेपालजस्ता उदीयमान डिजिटल बजारका लागि पनि अरोरा भेन्चर्स जस्ता कार्यक्रमले महिला उद्यमशीलता तथा स्टार्टअप संस्कृतिलाई थपप्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । विशेषगरी प्रविधि क्षेत्रमा कार्यरत नेपाली महिला उद्यमीहरूले अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेटवर्कसँग जोडिने अवसर पाउने विश्वास गरिएको छ ।

अरोरा टेक अवार्ड बारे
इनड्राइभद्वारा सञ्चालित अरोरा टेक अवार्डले उदीयमान बजारका महिला प्रविधि उद्यमीहरूलाई प्रोत्साहन गर्दै आएको छ । यस कार्यक्रममार्फत महिला संस्थापकहरूलाई लगानीकर्ता, उद्योग विज्ञ तथा अन्तर्राष्ट्रिय नेटवर्कसँग जोडिने अवसर प्रदान गरिन्छ । सन् २०२१ देखि सञ्चालनमा रहेको यस पहलले हालसम्म १२७ देशकामहिला उद्यमीहरूलाई विश्वस्तरका कम्पनी निर्माणतर्फ अघि बढ्न सहयोग गर्दै आएको जनाएको छ ।

अरोरा भेन्चर्स बारे
अरोरा भेन्चर्स उदीयमान बजारका महिला संस्थापकहरूलाई लक्षित प्रारम्भिक चरणको लगानी कार्यक्रमहो । विशेषगरी उच्च सम्भावना भएका तथा पूँजीको प्रभावकारी प्रयोग गरिरहेका व्यवसायहरूलाई प्राथमिकतामा राखेर यो कार्यक्रम सञ्चालन गरिएको हो । सन् २०२६ मा इनड्राइभको सहयोगमा सुरु गरिएको यस कार्यक्रमले मध्यपूर्व तथाउत्तर अफ्रिका, अफ्रिका तथा ल्याटिन अमेरिकी बजारका प्रि–सिड र सिड चरणका स्टार्टअपहरूमा लगानी गर्ने जनाएको छ ।

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता र सरकारी संरक्षण आवश्यक

घरेलु तथा साना उद्योगलाई सहुलियत, नीतिगत स्थिरता...

वि.सं.२०८३ असार २१ आइतवार १८:११

  ललितपुर । आर्थिक मन्दी, लगानी संकुचन र बजार सुस्ताएका...

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का लागि स्टल बाँडफाँट सम्पन्न

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ का...

वि.सं.२०८३ असार २१ आइतवार १८:०५

  काठमाडौं, असार २१ – आगामी भदौ ९ देखि १४...

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक

नेपाली उपभोक्ताका लागि एलजीको ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २१ आइतवार १८:००

  बुटवल, असार २१ – एलजीले नेपाली उपभोक्ताको आवश्यकता र...

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७००० एमएएच ब्याट्रीसहित ओप्पो ए सिक्स एस प्रो नेपालमा सार्वजनिक

५० एमपी अल्ट्रा–वाइड सेल्फी क्यामेरा र ७०००...

वि.सं.२०८३ असार २१ आइतवार १०:०८

  काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओप्पो ए...

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक...

वि.सं.२०८३ असार २१ आइतवार ०९:५९

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...