CG Electronics
IME Life
NIMB

रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्ने : अध्यक्ष ढकाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरुमा कोषहरुको उपयोग हुन नसकेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नागरिक लगानी कोषको ३५औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउन आम जनतालाई सन्देश दिन खाँचो रहेको भन्दै कोषहरुको उपयोग गर्न नसकिएको बताए ।

उनले भने,‘रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरु आम जनतालाई सन्देश दिनुपर्ने त्यतिकै खाँचो छ । तर हामीसँग भएको कोषहरुको उपयोग गर्न सकिएको छैन् ।’

साथै उनले कोषहरुलाई विकास निर्माण, उत्पादनशिल क्षेत्र र रोजगारी सृजना गर्ने क्षेत्रमा जाने हिसाबले अगाडि जान आग्रह गरे ।

त्यस्तै नागरिक लगानी कोषका अध्यक्ष सूर्य बहादुर थापाले देशमा आर्थिक क्षेत्रमा टेवा पुर्याउने एवम् रोजगारी सृजना गर्न कृषि, पर्यटन, उर्जा र भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने आवश्यक देखिएको बताए ।

उनले भने,‘भोलिका दिनमा देशमा आर्थिक क्षेत्रमा टेवा पुर्याउने एवम् रोजगारी सृजना गर्न कृषि पर्यटन उर्जा, भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने देखिएको छ ।’

कोष स्थापना देखिनै निरन्तर नाफामा सञ्चालन भइरहनु प्रत्येक वर्ष सहभागी सङख्या वृद्धि हुनु नै कोषको सफलताको अधार भएको उनको भनाइ छ ।

सोही कार्यक्रममा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले कोषको लगानीलाई उत्पादनशिल क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘नागरिकको बचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउनमा कोषको प्राथमिकता र यसको लगानीलाई उत्पादनशिल क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन थप मार्गनिर्देश एवम प्रेरणा दिनेमा विश्वास व्यक्त गर्न चाहन्छु ।’

यसका साथै, नागरिक लगानी कोषले नागरिकको हितमा बढी काम गर्नुपर्ने भएकाले गम्भीर हुनुपर्ने बताए ।

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल महर्जनको प्रेरणादायी जीवनयात्रा

उपभोक्ता अधिकार आन्दोलनका अथक योद्धा : प्रेमलाल...

वि.सं.२०८३ जेठ १० आइतवार २३:०१

काठमाडौँ । नेपालमा उपभोक्ता अधिकारको आवाज बुलन्द गर्ने अग्रणी व्यक्तित्वमध्ये एक...

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव

सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार...

वि.सं.२०८३ जेठ १० आइतवार १६:३१

  काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड...

वि.सं.२०८३ जेठ १० आइतवार १६:२३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन फर्किएन बजारको आत्मविश्वास ?

अर्थतन्त्रमा ‘स्वर्णिम’ संकेत : तर अझै किन...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:२१

काठमाडौं । डा.स्वर्णिम वाग्लेले २०८२ चैत १३ गते अर्थमन्त्रीको सपथ...

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ : सभापति बुढाथोकी

पत्रकारले जनता र जनप्रतिनिधिलाई बाटो देखाउनुपर्छ :...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:०८

रामेछाप । प्रतिनिधिसभाको अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले पत्रकारले...