Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्ने : अध्यक्ष ढकाल

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरुमा कोषहरुको उपयोग हुन नसकेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित नागरिक लगानी कोषको ३५औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउन आम जनतालाई सन्देश दिन खाँचो रहेको भन्दै कोषहरुको उपयोग गर्न नसकिएको बताए ।

उनले भने,‘रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरु आम जनतालाई सन्देश दिनुपर्ने त्यतिकै खाँचो छ । तर हामीसँग भएको कोषहरुको उपयोग गर्न सकिएको छैन् ।’

साथै उनले कोषहरुलाई विकास निर्माण, उत्पादनशिल क्षेत्र र रोजगारी सृजना गर्ने क्षेत्रमा जाने हिसाबले अगाडि जान आग्रह गरे ।

त्यस्तै नागरिक लगानी कोषका अध्यक्ष सूर्य बहादुर थापाले देशमा आर्थिक क्षेत्रमा टेवा पुर्याउने एवम् रोजगारी सृजना गर्न कृषि, पर्यटन, उर्जा र भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने आवश्यक देखिएको बताए ।

उनले भने,‘भोलिका दिनमा देशमा आर्थिक क्षेत्रमा टेवा पुर्याउने एवम् रोजगारी सृजना गर्न कृषि पर्यटन उर्जा, भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने देखिएको छ ।’

कोष स्थापना देखिनै निरन्तर नाफामा सञ्चालन भइरहनु प्रत्येक वर्ष सहभागी सङख्या वृद्धि हुनु नै कोषको सफलताको अधार भएको उनको भनाइ छ ।

सोही कार्यक्रममा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले कोषको लगानीलाई उत्पादनशिल क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘नागरिकको बचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउनमा कोषको प्राथमिकता र यसको लगानीलाई उत्पादनशिल क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन थप मार्गनिर्देश एवम प्रेरणा दिनेमा विश्वास व्यक्त गर्न चाहन्छु ।’

यसका साथै, नागरिक लगानी कोषले नागरिकको हितमा बढी काम गर्नुपर्ने भएकाले गम्भीर हुनुपर्ने बताए ।

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ...

वि.सं.२०८२ मंसिर ३ बुधवार १५:०९

  चितवन । लायन्स क्लब अफ काठमाडौं पद्मपानीको टोलीले दूरदराज...

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:०५

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक उत्कृष्ट करदाता सम्मानित

वि.सं.२०८२ मंसिर १ सोमवार २३:२२

  काठमाडौं । बैंक, वित्तीय संस्था र बीमा क्षेत्रमा उत्कृष्ट...

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...