CG Electronics
IME Life
NIMB

जेडटीई पुनः नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी जेइटिई कर्पोरेशनले नेपालमा पुनः आगमन गरेको छ । आइतबार एक विशेष कार्यक्रमकाबिच जेइटिई कर्पोरेशनले नेपालमा पुनः आगमन गरेको हो ।

उक्त आगमन पछि शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जातिया ले भने, ‘हामी जेइटिइलाई पुनः नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौं। नेपाली उपभोक्ताहरूलाई उच्च गुणस्तरयुक्त, नवीन स्मार्टफोनहरू उपलब्ध गराउँदै, उत्कृष्ट प्रदर्शन प्रदान गर्ने हाम्रो लक्ष्य छ ।

जेइटिइसँगको हाम्रो साझेदारीले नेपालको मोबाइल उद्योगमा नयाँ अध्याय सुरु गरेको छ, र हामी आधुनिक प्रविधिहरू उपलब्ध गराउन प्रतिबद्ध छौं, जसले डिजिटल अनुभवलाई अझ उत्कृष्ट बनाउनेछ।’
कम्पनीले आफ्नो नयाँ राष्ट्रिय वितरक शंकर ग्रुप मार्फत ब्लेड ए र नुबिया सिरिजका अत्याधुनिक तथा किफायती स्मार्टफोनहरू सार्वजनिक गरेको हो ।

यी स्मार्टफोनहरू नवप्रवर्तन, उत्कृष्ट प्रदर्शन, र किफायती मूल्य संयोजन गर्दै नेपाली उपभोक्ताहरूका लागि उपलब्ध गराइने छन् ।
जेडटिइ नेपालका लागि कुनै नौलो नाम होइन ।

कम्पनीले सन् २००५ मा नेपाल टेलिकमसँग मिलेर नेपालमा नै पहिलो पटक मोबाइल डाटा सेवा ल्याई इतिहास रचिसकेको कम्पनीले सन् २०१६मा ब्लेड एस् सिक्स, ब्लेड डि टु र ब्लेड डि थ्री जस्ता बजेट–फ्रेन्डली स्मार्टफोनहरूमार्फत नेपाली टेक प्रेमीहरूको मन जित्न सफल भएको थियो ।

यस पटक जेडटिइ ब्लेड ए र जेडटिइ नुबिया सिरिजअन्तर्गत ५ वटा स्मार्टफोनहरू नेपाली बजारमा ल्याएको हो । जसअन्तर्गत जेडटिइ ब्लेड ए ७५ ले ९० हर्जको डिस्प्ले र एआइ क्यामराको साथ उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।

त्यस्तै, हाई–स्पीड, दमदार ब्याट्री र प्रो–लेभल फोटोग्राफी सहित नुबिया भि७० म्याक्स ल्याएको छ । साथै जेडटिइ ब्लेड ए३५इ, जेडटिइ ब्लेड ए५५, र नुबिया भि७०डिजाइन जस्ता शक्तिशाली स्मार्टफोनहरू पनि आकर्षक विशेषतासहित नेपाली बजारमा प्रवेश गराएको छ ।

यी नयाँ स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ, र एआइ फिचरहरू समावेश छन् । उत्कृष्ट फोटोग्राफी, सहज मल्टिटास्किङ, र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताहरूका लागि जेडटिइका यी नयाँ स्मार्टफोनहरू उपयुक्त विकल्प बन्नेछन् ।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...