Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

महिला सशक्तिकरणबिना खानेपानी र सरसफाइको क्षेत्रको विकास असम्भव

 

काठमाडौं । खानेपानीमन्त्री प्रदिप यादवले महिला सशक्तिकरणबिना खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकास सम्भव नभएको बताएका छन् ।

सोमबार ‘खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्वः चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठी कार्यक्रममा उनले महिलाहरु कसरी अघि बढ्न सक्छ भन्ने विषयमा गहिरो विचार गर्न जरुरी रहेको भन्दै महिला सशक्तिकरणबिना खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सम्भव नभएको बताए ।

उनले भने, ‘नीति निर्माणदेखि कार्यान्वयन तहसम्म महिलाको प्रभावकारी सहभागिता अझै पनि महत्वपूर्ण छ र चुनौतीपूर्ण पनि छ । वर्तमान समयमा महिलाको नेतृत्व तहलाई प्रवद्र्धन गर्न सरकार र समुदायले अनेक प्रयासहरु गरिरहेको छ ।

आजको गोष्ठीको उद्देश्य पनि त्यही नै हो र महिलाहरु कसरी अघि बढ्न सक्छ भन्ने विषयमा गहिरो विचार गर्न जरुरी छ । महिला सशक्तिकरणबिना खानेपानी र सरसफाइको क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सक्दैनौ र सम्भव पनि छैन् ।’

यसको साथै, उनले आजको गोष्ठीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले भने, ‘आजको गोष्ठीको केही न केही परिणाम आउनु पर्छ । गोष्ठी धेरै हुन्छ, कार्यान्वयन कम हुन्छ । भाषण गरियो, बलियो, सुनियो सक्यो ।

वास्तवमा कुनै पनि गोष्ठीको दिर्घकालिन योजना हुनुपर्छ । त्यो योजना अनुसार आजको गोष्ठीले जुन निर्णय गर्छ, त्यो निर्णय कार्यान्वयन पनि हुन्छ भन्ने मैले विश्वास लिएको छु र त्यो निर्णय कार्यान्वयन गर्न मन्त्रालयको तर्फबाट जे सहयोग गर्न सकिन्छ त्यो गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहान्छु ।’

उनले देशको आधा हिस्सा ओगटेको महिलाहरुको भूमिका घर व्यवस्थापनदेखि समाज रुपान्तरणसम्म एकदमै महत्वपूर्ण रहेको भएपनि महिलाहरु उपभोक्ता संस्थाहरूमा नेतृत्वदाही भूमिकामा कम देखिनु दुखद कुरा रहेको पनि उल्लेख गरेका छन् ।

उनले भने, ‘खानेपानी र सरसफाइको क्षेत्रमा महलिाको भूमिका धेरै महत्वपूर्ण हुन्छ किनभने घरपरिवारमा पानीको व्यवस्थापन, सरसफाईको अभ्यास गर्ने प्रमुख जिम्मेवारी प्राय महिलाहरुको नै काँधमा नै हुने गर्दछ ।

देशको आधा हिस्सा ओगटेको महिलाहरुको भूमिका खानेपानी र सरसफाई प्रणालीको प्रत्यक्ष उपभोक्ता मात्र होईन घर व्यवस्थापनदेखि समाज रुपान्तरणसम्म एकदमै महत्वपूर्ण छ । तर महिलाहरु उपभोक्ता संस्थाहरूमा नेतृत्वदाही भूमिकामा कम देखिन्छन् ।’

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:३४

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा...

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

बीमा व्यवसायीको प्रभावकारी नियमन गरिने

वि.सं.२०८२ असार २४ मंगलवार २०:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी वर्ष बीमा प्रणाली तथा...

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित छ : उद्धव अधिकारी

कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन्, कागजमा सिमित...

वि.सं.२०८२ असार २४ मंगलवार २०:२९

    काठमाडौं । बजेट हेर्दाखेरी र शब्द उल्लेख गर्ने...

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

फरवार्डबाट बिपन्न बेरोजगारहरुलाई सफारी हस्तान्तरण

वि.सं.२०८२ असार २३ सोमवार २३:५३

  काठमाडौं । गरिवी तथा विपन्न समुदायमा काम गर्दै आई...

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै...

वि.सं.२०८२ असार २३ सोमवार २२:४३

  काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा...

वि.सं.२०८२ असार २३ सोमवार २२:४०

  काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको...