Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

कुमारी बैंकद्वारा ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले देशभर विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ। “Protect Your Money, Secure Your Future” भन्ने नारालाई आत्मसात् गर्दै, बैंकले वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो।

वर्तमान समयमा डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, ग्लोबलाइजेसनको प्रभाव तथा केन्द्रीय बैंकका नयाँ नीतिहरूको प्रभावका कारण वित्तीय निर्णय लिन अझ जटिल बन्दै गएको छ। विशेष गरी युवाहरूलाई सही वित्तीय जानकारी प्रदान गरी सचेत र जिम्मेवार वित्तीय निर्णय गर्न अभिप्रेरित गर्ने उद्देश्यका साथ बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ।

यस अभियान अन्तर्गत सहभागीहरूलाई बैंकिङ्ग प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिंदैछ। कुमारी बैंकले युवाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न मद्दत गर्ने अपेक्षा गरेको छ।

बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। विगत २३ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गरिरहेको कुमारी बैंकले आफ्ना ३०२ शाखा, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकलाई आधुनिक तथा प्रभावकारी सेवा प्रदान गरिरहेको छ। आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवा उपलब्ध गराउने लक्ष्यसहित बैंकले निरन्तर वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ।

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक सेवा सुविधा बोनस

एनसेलले ल्यायो एनपीएल फ्यान प्याक, ग्राहकलाई आकर्षक...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २२:३३

  काठमाडौं। एनसेलले यही सोमबारबाट सुरु हुन गईरहेको ‘सिद्धार्थ बैंक...

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय, एकल हक इन्टरनेशनल ग्रीन डेभलपर्सलाई

इको प्यानल ट्रेडमार्कमा उद्योग विभागको महत्वपूर्ण निर्णय,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४७

  काठमाडौँ। इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि.को एकाधिकारमा रहेको "ECOPANEL"...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाईफमा

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौँ । क्रिकेट असोसिएसन अफ नेपाल (CAN )द्वारा आयोजित नेपाल...

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस १६.२७ रुपैयाँ

३८.६७ प्रतिशतले बढ्यो माउन्टेन इनर्जीको खुदनाफा, ईपीएस...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५२

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

डाबर नेपाल सुदूरपश्चिम रोयल्सको ‘एसोसियट’ पार्टनर

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार ०९:५०

काठमाडौँ । डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)...