CG Electronics
IME Life
NIMB

नेपाल उद्योग व्यवसायी संघको मन्त्री भण्डारीसँग आग्रह: उद्योग प्रवर्द्धनका लागि अनुकूल वातावरण आवश्यक

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल उद्योग व्यवसायी संघ (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरी उद्योग व्यवसाय प्रवर्द्धनका लागि आवश्यक नीति तथा सहजीकरणका विषयमा छलफल गरेको छ।

भेटघाटका क्रममा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरूको निर्वाध प्रवेशले नेपाली व्यवसायीहरूलाई असर गरेको बताउँदै नेपालमै उत्पादन भएका सामानलाई बजार पहुँच सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे। साथै, लुब्रिकेन्ट्स उद्योगको नाममा फिनिस्ड गुड्स नेपालमा भित्र्याएर बिक्री वितरण भइरहेको भन्दै यस्तो कार्य रोक्न सरकारसँग माग गरे।

नेपालमा टायर उद्योग खोलिए तापनि आवश्यक मापदण्ड नबन्दा व्यवसाय प्रवर्द्धनमा समस्या देखिएको भन्दै चौधरीले बुट मोडेलमा बाह्य लगानी भित्र्याउन सकिने सम्भावना औंल्याए। नेपालका उद्योगी व्यवसायीहरूले देशमै उद्योग स्थापनाका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने भन्दै नाडाले सरकारलाई ६ बुँदे सुझावसमेत पेश गरेको थियो।

यस्तै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्ता सम्बन्धी ऐन हालसम्म पारित नभएकाले सवारी साधन आयातकर्ताहरूलाई समस्या भइरहेको बताए। उनले उक्त ऐन यथाशीघ्र पारित गर्न आग्रह गरे। महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालका ब्याट्री उद्योगको वर्तमान अवस्थाबारे जानकारी गराउँदै बन्द रहेको गोरखकाली रबर उद्योगलाई स्थानान्तरण गरी पुनः सञ्चालन गर्न तथा उक्त स्थानलाई विशेष आर्थिक क्षेत्र (SEZ) को रूपमा प्रयोग गर्न सकिने सुझाव दिए।

छलफलको क्रममा मन्त्री भण्डारीले नेपालमा उद्योग व्यवसायको अवस्थाबारे यथार्थ जानकारीबिना संसद्मा प्रश्न उठ्ने गरेको गुनासो गर्दै सरकारले खुला बजार अर्थनीति अवलम्बन गरिरहेको उल्लेख गरे। उनले खुला बजार अर्थतन्त्रमा उद्योग व्यवसायीहरूले ७०० प्रतिशतसम्म नाफा गर्न सक्ने अवसर रहेको बताए।

मन्त्री भण्डारीले नाडाका सुझावहरू राजस्व परामर्श समितिमा पठाउने आश्वासन दिँदै एजेन्सी दर्ता ऐन छिट्टै पारित गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, नेपालमा उद्योग व्यवसायको समुचित उत्थानका लागि उपयुक्त वातावरण सिर्जना गर्न सरकार कटिबद्ध रहेको पनि बताए।

छलफल कार्यक्रममा वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णबहादुर रावत, मन्त्रीका निजी सचिव सुमन धिताल, स्वकीय सचिव आनन्दप्रसाद भट्ट तथा नाडाका सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानको उपस्थिति थियो।

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

बालकुमारीमा एमएडब्लु वृद्धिको अत्याधुनिक इभी वर्कसपको उद्घाटन

वि.सं.२०८३ असार ११ बिहीवार १२:१८

  काठमाडौं।नेपालका सर्वाधिक रुचाइएका इभी ब्रान्ड दिपल, नामी र सेरेसका...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी कोशिश श्रेष्ठले प्रतिस्पर्धा गर्ने

अन्तर्राष्ट्रिय फाइट लिगमा दिल्लीको टिमबाट नेपाली खेलाडी...

वि.सं.२०८३ असार ६ शनिवार १६:१२

  काठमाडौं, नेपाल । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) खेलाडी...

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...