Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

नेपाल उद्योग व्यवसायी संघको मन्त्री भण्डारीसँग आग्रह: उद्योग प्रवर्द्धनका लागि अनुकूल वातावरण आवश्यक

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

काठमाडौं । नेपाल उद्योग व्यवसायी संघ (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग भेट गरी उद्योग व्यवसाय प्रवर्द्धनका लागि आवश्यक नीति तथा सहजीकरणका विषयमा छलफल गरेको छ।

भेटघाटका क्रममा अध्यक्ष चौधरीले भारतीय मालवाहक साधनहरूको निर्वाध प्रवेशले नेपाली व्यवसायीहरूलाई असर गरेको बताउँदै नेपालमै उत्पादन भएका सामानलाई बजार पहुँच सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे। साथै, लुब्रिकेन्ट्स उद्योगको नाममा फिनिस्ड गुड्स नेपालमा भित्र्याएर बिक्री वितरण भइरहेको भन्दै यस्तो कार्य रोक्न सरकारसँग माग गरे।

नेपालमा टायर उद्योग खोलिए तापनि आवश्यक मापदण्ड नबन्दा व्यवसाय प्रवर्द्धनमा समस्या देखिएको भन्दै चौधरीले बुट मोडेलमा बाह्य लगानी भित्र्याउन सकिने सम्भावना औंल्याए। नेपालका उद्योगी व्यवसायीहरूले देशमै उद्योग स्थापनाका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने भन्दै नाडाले सरकारलाई ६ बुँदे सुझावसमेत पेश गरेको थियो।

यस्तै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्ता सम्बन्धी ऐन हालसम्म पारित नभएकाले सवारी साधन आयातकर्ताहरूलाई समस्या भइरहेको बताए। उनले उक्त ऐन यथाशीघ्र पारित गर्न आग्रह गरे। महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालका ब्याट्री उद्योगको वर्तमान अवस्थाबारे जानकारी गराउँदै बन्द रहेको गोरखकाली रबर उद्योगलाई स्थानान्तरण गरी पुनः सञ्चालन गर्न तथा उक्त स्थानलाई विशेष आर्थिक क्षेत्र (SEZ) को रूपमा प्रयोग गर्न सकिने सुझाव दिए।

छलफलको क्रममा मन्त्री भण्डारीले नेपालमा उद्योग व्यवसायको अवस्थाबारे यथार्थ जानकारीबिना संसद्मा प्रश्न उठ्ने गरेको गुनासो गर्दै सरकारले खुला बजार अर्थनीति अवलम्बन गरिरहेको उल्लेख गरे। उनले खुला बजार अर्थतन्त्रमा उद्योग व्यवसायीहरूले ७०० प्रतिशतसम्म नाफा गर्न सक्ने अवसर रहेको बताए।

मन्त्री भण्डारीले नाडाका सुझावहरू राजस्व परामर्श समितिमा पठाउने आश्वासन दिँदै एजेन्सी दर्ता ऐन छिट्टै पारित गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, नेपालमा उद्योग व्यवसायको समुचित उत्थानका लागि उपयुक्त वातावरण सिर्जना गर्न सरकार कटिबद्ध रहेको पनि बताए।

छलफल कार्यक्रममा वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णबहादुर रावत, मन्त्रीका निजी सचिव सुमन धिताल, स्वकीय सचिव आनन्दप्रसाद भट्ट तथा नाडाका सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधानको उपस्थिति थियो।

टाटा नेक्सन अक्टोबर २०२५ मा भारतको सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट एसयूभी

टाटा नेक्सन अक्टोबर २०२५ मा भारतको सबैभन्दा...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:४१

  काठमाडौँ। अक्टोबर २०२५ मा टाटा मोटर्सको नेक्सन सबैभन्दा बढी...

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उद्घाटन, पूर्वी नेपालमा पनि बलियो उपस्थिति

विराटनगरमा प्रोटोन ईमासको भव्य शोरुम उद्घाटन, पूर्वी...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २१:१७

विराटनगर, नोभेम्बर १४, २०२५, जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गतको नेपालकै अग्रणी...

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न, रोबोट डग ‘चंखे’ नाम सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा एनपीएल ट्रफी टुर सम्पन्न,...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार २०:१८

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन...

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ सुशुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:१६

  विर्तामोड । नेपालकालागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको...

रोयल इनफिल्डले नेपालमा नयाँ 2025 मेटियर 350 सार्वजनिक, मूल्य ५ लाख ७७ हजारदेखि

रोयल इनफिल्डले नेपालमा नयाँ 2025 मेटियर 350...

वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:१०

  काठमाडौं । रोयल इनफिल्डले नेपालमा परिमार्जित सुविधासहितको नयाँ 2025...

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने अभियान सुरु

होण्डाले २००१–२०१४ का मोडेलका गाडीमा निःशुल्क एयरब्याग...

वि.सं.२०८२ कात्तिक २७ बिहीवार २१:४९

काठमाडौं। नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी...