Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

ग्लोबल मनी वीक २०२५ का अवसरमा कामना सेवाको विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२५ (Global Money Week 2025) को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारे जागरूकता ल्याउने उद्देश्यले Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च महिनामा यो सप्ताह मनाइन्छ। यस वर्ष उक्त सप्ताह मार्च १७ मा सुरु भई मार्च २३ मा सम्पन्न भएको थियो।

बैंकले Global Money Week-2025 को अवसरमा विद्यार्थीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्देश्यले सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। साथै, प्रभातफेरी कार्यक्रमको आयोजना गर्नुका साथै सामाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक सामग्रीहरू प्रसारण गरेको छ। बैंकका सातै प्रदेशमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त प्रशिक्षकहरूद्वारा देशका विभिन्न विद्यालयहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी २५०० भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान गरिएको छ।

कार्यक्रमहरूमा वित्तीय साक्षरताको महत्त्वबारे विभिन्न छलफल भएका थिए। स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरी पुँजी निर्माण गर्न सकिने, बचतको विकासले दैनिक जीवनयापन सहज बनाउने, व्यक्तिगत बजेट निर्माण गरी खर्च गर्ने बानीको थालनी गर्नुपर्ने तथा डिजिटल कारोबारका अवसर र चुनौतीहरूबारे विद्यार्थीहरूलाई जानकारी प्रदान गरिएको थियो।

त्यसैगरी, बैंकले उक्त सप्ताहको अवसरमा विभिन्न स्थानहरूमा वित्तीय साक्षरतासम्बन्धी जानकारीसहित प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले आफ्नो सामाजिक सञ्जालमार्फत ‘सुरक्षित भविष्यको लागि बचत’, ‘सामाजिक सञ्जाल र क्षणिक प्रभावबाट प्रभावित नभई वित्तीय निर्णय गर्न’, ‘कालो सूचीमा पर्न सक्ने सम्भावना’, ‘सुरक्षित इन्टरनेट प्रयोग’, ‘कर्जाको जिम्मेवारपूर्ण उपयोग र व्यवस्थापन’ सम्बन्धी जानकारीमूलक सामग्रीहरू प्रस्तुत गर्दै Global Money Week 2025 लाई सफलतापूर्वक सम्पन्न गरेको छ।

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

कालो ब्यानरमा ’टेक एण्ड पे फिर्ता गर’...

वि.सं.२०८२ असार ८ आइतवार १७:२३

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ’टेक एण्डे पे’...

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता छन् विशेषता

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक, यस्ता...

वि.सं.२०८२ असार ८ आइतवार १७:१६

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक...

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा...

वि.सं.२०८२ असार ७ शनिवार २२:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण...

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई आमा हस्पिटलमा ५०% सम्म छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता र कर्मचारीलाई...

वि.सं.२०८२ असार ७ शनिवार २२:२५

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले...

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड तथा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच नेपालपे कार्ड...

वि.सं.२०८२ असार ७ शनिवार २१:५३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड...

सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र फिटनेस सेवामा छुट

सानिमा बैंकका ग्राहकलाई गोरखामा मेडिकल चेकअप र...

वि.सं.२०८२ असार ७ शनिवार २१:४५

  काठमाडौं । सानिमा बैंकका ग्राहक र कर्मचारीका लागि गोरखामा...