CG Electronics
IME Life
Ncell NPL

ग्लोबल मनी वीक २०२५ का अवसरमा कामना सेवाको विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२५ (Global Money Week 2025) को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारे जागरूकता ल्याउने उद्देश्यले Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च महिनामा यो सप्ताह मनाइन्छ। यस वर्ष उक्त सप्ताह मार्च १७ मा सुरु भई मार्च २३ मा सम्पन्न भएको थियो।

बैंकले Global Money Week-2025 को अवसरमा विद्यार्थीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान तथा सीप विकास गराउने उद्देश्यले सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। साथै, प्रभातफेरी कार्यक्रमको आयोजना गर्नुका साथै सामाजिक सञ्जाल मार्फत विभिन्न सचेतनामूलक सामग्रीहरू प्रसारण गरेको छ। बैंकका सातै प्रदेशमा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त प्रशिक्षकहरूद्वारा देशका विभिन्न विद्यालयहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी २५०० भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरता प्रदान गरिएको छ।

कार्यक्रमहरूमा वित्तीय साक्षरताको महत्त्वबारे विभिन्न छलफल भएका थिए। स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरी पुँजी निर्माण गर्न सकिने, बचतको विकासले दैनिक जीवनयापन सहज बनाउने, व्यक्तिगत बजेट निर्माण गरी खर्च गर्ने बानीको थालनी गर्नुपर्ने तथा डिजिटल कारोबारका अवसर र चुनौतीहरूबारे विद्यार्थीहरूलाई जानकारी प्रदान गरिएको थियो।

त्यसैगरी, बैंकले उक्त सप्ताहको अवसरमा विभिन्न स्थानहरूमा वित्तीय साक्षरतासम्बन्धी जानकारीसहित प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले आफ्नो सामाजिक सञ्जालमार्फत ‘सुरक्षित भविष्यको लागि बचत’, ‘सामाजिक सञ्जाल र क्षणिक प्रभावबाट प्रभावित नभई वित्तीय निर्णय गर्न’, ‘कालो सूचीमा पर्न सक्ने सम्भावना’, ‘सुरक्षित इन्टरनेट प्रयोग’, ‘कर्जाको जिम्मेवारपूर्ण उपयोग र व्यवस्थापन’ सम्बन्धी जानकारीमूलक सामग्रीहरू प्रस्तुत गर्दै Global Money Week 2025 लाई सफलतापूर्वक सम्पन्न गरेको छ।

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा सार्वजनिक

लामिनारको ‘जर्मसेफ®’ एन्टिब्याक्टेरियल टायल नेपाल मेडिकल शोमा...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१५

  काठमाडौं, वैशाख — नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने...